Advertisement Banner
Advertisement Banner

१२ सोमबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

साहित्यकार हरिश कल्पितका दुई कृति बारे परिचर्चा सम्पन्न

२६ शनिबार , माघ २०८११६ दिन अगाडि

साहित्यकार हरिश कल्पितका दुई कृति बारे परिचर्चा सम्पन्न

जयराम बिडारी  -  -  -

माघ २५, काठमाण्डौ 
साहित्यिक पत्रकार संघको आयोजनामा कवि तथा कथाकार हरिश कल्पितको दुई कथा सङ्ग्रह ‘आस्था’ तथा ‘ग्याब्रियले’ बारे विशद परिचर्चा सम्पन्न गरिएको छ ।

अनामनगर स्थित डालो रेस्टुरेन्टमा संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा वरिष्ठ आख्यानकार पद्मावती सिंहको प्रमुख आतिथ्यमा समीक्षकद्वय डा।अम्बिका अर्याल तथा डा। शोभा ढुङ्गानाद्वारा कथा सङ्ग्रहका बारेमा विशद परिचर्चा गरिएको थियो ।

सो अवसरमा कल्पितद्वारा २४ वर्षअघि लेखिएको कथा सङ्ग्रह ‘आस्था’को विषयमा बोल्दै डा।अर्यालले प्रकृति सँगको सामिप्यता,सिर्जनामा मौलिक शिल्पगत विशेषता रहेका, सृजना शक्तिले कथाकारको क्षमतालाई  उजागर गर्ने ल्याकत राख्ने भएकोले त्यसतर्फको चिन्तन र प्रयोगको आवश्यकमा जोड दिंदै अधिकांश प्रेमिल भावहरू सहितको सामाजिक यथार्थवादको धरातलमा बुनिएकाा कथाहरु सुन्दर रहेको बताउँदै कृति सफलताको कामना गरिन् । यसैक्रममा डा। शोभा ढुङ्गानाले युरोपेली शब्द ‘ग्याब्रियले’को शाब्दिक अर्थ ‘ईश्वरनै मेरो आस्था हो’ भन्ने मूल मर्मबाट कृतिको नामाकरण गरिनु नौलो प्रयोग भए तापनि त्यस भित्र समेटिएका अधिकांश कथाहरुले नेपाली परिवेश,जनजीवन, र सामाजिक यथार्थवादको जगमा उभिएर बुनिएका कथाहरु रहेको बताइन् । उनले कथाकारले समसामयिक विषयवस्तुलाई सुन्दर बिम्बको प्रयोगले सहज रुपमा आकर्षक तरिकाले कथानकका रुपमा चित्रित गरेको बताउँदै भौतिक र आत्मिक जिजीविषाले आक्रान्त मनहरुलाई अस्वस्थ पार्न प्रस्तुत कथाहरु सक्षम रहेको बताइन् । उनले आगामी दिनमा कल्पितको सक्रिय लेखनकर्मको अपेक्षा गर्दै  निकट भविष्यमा नवीन कृति प्रकाशनका लागि शुभकामना  दिइन् ।

कार्यक्रममका प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै वरिष्ठ आख्यानकार पद्मावती सिंहले बहुमुखी प्रतिभाका धनि कवि,कलाकार तथा कथाकार हरिश कल्पित बहुमुखी प्रतिभाले सम्पन्न रहेको उल्लेख गरिन् ।कल्पितसंगको छोटो समयको मित्रतामा पनि लामो यात्राको सफर गरिसकेको प्रतित हुने स्वभाव रहेको उल्लेख गर्दै नेपाली पाठकहरुले उनीबाट अझै थप गहकिला साहित्यिक खुराकको अपेक्षा गरेको भन्दै 
समिक्षकद्वयबाट प्राप्त सुस्पष्ट सुझावलाई हृदयंगम गरी त्यस तर्फ ध्यान केन्द्रित गरी निकट भविष्यमा नवीन कृति प्रकाशित गर्नका लागि समेत शुभकामना दिएकी छिन् ।

उक्त अवसरमा कथाकार कल्पितले व्यस्तताको वावजूद पनि समय छुट्याएर कार्यक्रममा उपस्थित भइदिनु हुने समस्त अतिथिहलाई आभार आभार व्यक्त गर्दै कार्यक्रममा प्राप्त सुझावहरुलाई मनन् गरी आगामी दिनमा उपन्यास लिएर आउने तयारी गरिरहेको बताए । सभाध्यक्ष राधेश्याम लेकालीद्वारा अतिथिहरुको शिल्पगत विशेषता सहित परिचय गरिएको उक्त कार्यक्रममा सम्पूर्ण अभ्यागतहरुलाईी स्वागत अभ्यागतहरुलाई स्वागत  गरेका थिए ।

सो अवसरमा कमला रिसाल तथा मथुरा प्रधानले गीत सुनाएर माहौलमा रौनकता थपेका थिए भने समारोहमा पुनम घिमिरेद्वारा खादा मालाले सम्मान गरिएको थियो । सोही क्रममा कार्यक्रममा लेखककी माता प्रेम कुमारी सुवेदी तथा प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरी सुरु गरिएको कार्यक्रममा  पुनम घिमिरेद्वारा स्वस्ति वाचनका  साथै कार्यक्रमका अतिथिहरुमा खादा माला द्वारा सम्मानित गरिएको थियो । साथै प्रमुख अतिथि लगायत लेखकको मातालाई दोसल्ला तथा माला लगाएर सम्मान गरिएको उक्त कार्यक्रमको सहजीकरण अनेसास नेपाल च्यापटरकी उपाध्यक्ष तथा साहित्यकार मञ्जिला अनिलले कुशलतापूर्वक निभाएकी थिइन् । सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको उक्त कार्यक्रममा प्राज्ञ लक्ष्मी माली, स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, पत्रकार राजेश खनाल ,सुशिला ढकाल गङ्गाप्रसाद भेटवाल लगायत करिव चार दर्जनका हाराहारीमा साहित्यानुरागीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।