
भारतले ७६औँ गणतन्त्र दिवस भव्यताका साथ मनायो । शुभकामना । यो दौरान भारत केन्द्रशासित प्रदेश र प्रदेशहरूले बिभिन्न कार्यक्रमहरूको प्रदर्शन गरेर मनाउने चलन छ । त्यही अनुसार मनाएका छन् ।
देखावÞटी रूपमा भएपनि राज्यहरूले स्थानिय भाषाहरूलाई मौका दिएका हुन्छन् । त्यही द्वौरानमा अहिले प्रवाशी नेपालीहरूलाई पनि हिमाचल राज्यले सम्बोदन गरेको छ । रक्तिम परिवारको गीत र नृत्यलाई पनि सम्मान गरेको खबर छन् । लामो संघर्ष पछि नेपाली भाषालाई भारतमा मान्यता दिएको छ ।
खास गरेर नयाँ नयाँ टेक्नोलोजी, हात हतियार र आफुले गरेका नौलो आविस्कार प्रदर्शन गर्ने, कला र राज्यहरूका प्रतिभा र आफ्नो शक्ति दुनियाँलाई देखाउने उनिहरूको उदेश्य पनि रहँदै आएको छ ।
आफ्नो देशलाई अखण्ड राख्नु राम्रो हो । भारत आजद भएपनि भारतिय श्रमजिवि वर्गहरूले आजादिको अनुभव गर्न पाएका छैनन् भने पनि फरक नपर्ला । आजपनि भारतमा अंग्रेजहरूको हातबाट भारतिय धनीहरूको हातमा शक्ति केन्द्रीत छ । हिजोका दिनहरूमा अंग्रेजले शासन चलाएका थिए र धनीहरू उनैका दलाली गरेर बाँचेका थिए । आज धनाड्यहरूले राज गरेका छन् । गरिबहरूको अबस्था उस्तै छ ।
देश पुँजिले धनी छ, अन्नको भण्डार छ, उत्पादनमा बृद्धी भएको छ । तर सामाजिक चिन्तनमा खासै परिवर्तन आएको देखिदैन । देशका अनेकौँ सहरहरूमा गास बास कपासका लागि देह व्यापारमा होमिएका लाखौँ महिंलाहरू असहाय अबस्थामा छन् । रूढीवादीलाई प्रचुर प्राथमिकता दिने गरिन्छ ।
प्रत्येक सहरहरूमा लाखौँ लाख भिख मागेर जिवन यापन गरेका छन् । तेस्रो लिङ्गियहरूको अबस्था उस्तै जटिल छ । उनिहरू आजपनि सडकमै छन् ।
देशका ठुला–ठुला सहरहरूमा बिना छानोका फुटफाटमा रात गुजारनेहरूको भारतमा कमि छैन । यद्यपि देशले पुँजिमा फट्को मारेको छ । श्रमजीवी जनताहरूको अबस्थामा खासै सुधार देखिदैन ।ठुलाठुला धनीहरू सँग देशको अधिकाँश जमिन छ । जसले दिन रात पसिना बगाएर अन्न उब्जाएका छन् । उनिहरूको भागमा उत्पादनको आधालाई सय प्रतिशत मानेर पाँचौँ हिस्सा पनि मुस्किलले पर्छ । उनिहरू सपरिवार खेत बारीमा काम गर्दा खान र लगाउन पनि मुस्किल पर्छ । खास गरेर बिहार, बंगाल, आसाम, मेघालय, मणिपुर, त्रिपुरा आदि जस्ता राज्यहरूमा अहिले पनि लाखौँ किसानको अबस्था दयनीय छ । उत्तराञ्चल, झारखण्ड जस्ता राज्यहरू गरिबीको चपेटमा छन् । जातिय बिभेद अहिले पनि प्रशस्त मात्रामा देखिन्छ ।
भारतमा सुरूसुरूमा विदेशी व्यापारीहरूको आवत जावत सुरूभयो । विस्तारै कुनै न कुनै कम्पनीले भारतका राज्यहरूमा आ आफ्नो प्रभूत्व जमाउन थाले । विदेशी कम्पनिहरूको कुनै जमानामा होडनै थियो । भारत लामू समयसम्म अंग्रेजको अधिनस्त रह्यो । करिब एक सय वर्षसम्म त अंग्रेजकै बिरूद्धको बलिदानीपूर्ण शंघर्ष पछि भारत सन् १९४७ मा आजद भएको थियो । त्यो वेला भारत अंग्रेजहरूको बिचमा कतिपय सम्झौता अनुसार नै भारतले आजादी पाएको थियो । शुभाषचन्द्र बोश, चन्द्रशेखर आजाद, सुखदेब, राजगुरू मङ्गल पाण्डे लगायतका क्रान्तिकारीहरूको रगतले सिंचेर भारतले आजादी पाएको हो । आजद हिंद फौज, स्वराज आन्दोलनको हुँकारले सुतेका जनतालाई जगायो ।
कयौँ नेताहरूले अंग्रेजकै रोहबरमा संम्विधान मसौदा कमिटि गठन गरेका थिए । त्यो सम्विधान सभा भित्र नै जातिय बिभेदलाई मलजल दिनेकाम गरियो ।
जो भारतको आजादी सँगै पाकिस्तान् टुक्रियो । मोहमद अलि जिन्नाले पाकिस्तान अलग गराउनमा ठुलो भूमिका खेले । परिणाम १५ अगस्त १९४७ मा भारत र १४ अगस्त १९४७ मा पाकिस्तान छुट्टा छुट्टै देश बने । जातीय बिभेदकै कारण भारत टुक्रा भएको हो ।
नेहरू, क्रमचन्द गान्धी, बल्लभभाइ पटेल, राममनोहर लोहिया आदि नेताहरूले पनि देशको आजादीमा आ आफ्नो भूमिका निर्वाह गरेका थिए । कसले कुन रूपमा गर्यो त्यो छुट्टै बिषय हो ।
भारतको सम्विधान् तैयार पार्न डा.भिमराव अंबेड्करको महत्वपूर्ण योगदान रह्यो । जसले कुल २ वर्ष ११ महिना र १८ दिनमा अर्थात ९दिसम्वर सन् १९४६ बाट २६ नोभेम्वर सन् १९४९ मै सम्विधान् तैयार पारेका थिए । त्यो वेला भारत अर्ध सङ्घीय साशन प्रणालिमा आधारित कुल १३ राज्यहरूमा बिभाजित थियो । भारत स्वतन्त्र हुनुभन्दा पहिले कैबिनेट मिशन १९४६ को स्थापना गरियो । जसले भारतको लागि निम्न लिखित योजना तैयार पारेको थियो ।
(१) ब्रिटिश भारत र प्रान्तहरूलाई मिलाएर भारतको एउटा सँघ हुनुपर्दछ, र केही राष्ट्रिय हितका बिषयलाई छाडेर सबै प्रान्तिय अधिकार भित्र हुनुपर्छ ।
(२) भारतमा ब्रिटिश सरकारको प्रभुसत्तालाई समाप्त गर्दिनुपर्छ ।
(३) भारतिय रियासतहरूलाई यसको छुट हुनुपर्छ, यिनिहरू यो संघमा सामिल हौन वा स्वतन्त्र रहुन् । त्यसबारेमा त्यो वेला स्वतन्त्र रहन मिल्ने सङ्घीय व्यवस्था तैयार पारेपनि पछि त्यसलाई अघोषितरूपमा खारिज गरियो ।
(४) एउटा अन्तरिम सरकारको तत्काल स्थापना गर्नुपर्दछ, जसलाई भारतका सबै दलको समर्थन प्राप्त होस् ।
(५) सम्विधान बनाउनका लागि सम्विधान् सभाको निर्वाचन तुरून्त हुनुपर्छ । कैविनेट मिसनको प्रस्ताव स्विकार गरियो । सम्विधान सभाको निर्वाचन पनि जुलाईमा सम्पन्न भयो । यसपछि भारतीय प्रान्त माथि रहेको ब्रिटिश हुकुमत समाप्त भयो । अगस्त १९४७ मा भारतिय स्वाधिनता अधिनियम १९४७ लागुभयो । यसरी भारतबाट करिब २०० वर्ष भन्दा पुरानो ब्रिटिश दासताको अन्त्य भयो । केबिनैट मिशन योजना अनुसार नवम्बर सन् १९४६को सम्बिधान सभाका सदस्यहरूको निर्वाचन गरियो । कुल २८६ सदस्यबाट २११ सदस्य काँग्रेसका र ७३ स्थानमा मुश्लिम लिगले प्राप्त गरेको थियो भने बाँकी स्थान रिक्त रहे । सम्विधान सभाको निर्वाचनपछि पहिलो बैठक ९ दिसम्बर १९४६ ई.मा बस्यो । त्यही बैठकमा जटिल समस्याहरू उत्पन्न भएका थिए ।
त्यो मध्य पहिलो सिमा निर्धारितको थियो भने आर्कोतिर मूश्लिम लीगले सम्विधानसभाको बैठकमा भाग नलिने निर्णय गरेको थियो । त्यसकारणले पनि उनिहरूमा ठुलो समस्या पैदा भयो । जुन ३ सन् १९४७ मा मूश्लिम लीगको स्थिती सम्पष्ट भयो, उनिहरूले देशलाई बिभाजन गराई अलग पाकिस्तान बनाउन चाहान्थे । यो उनिहरूको स्थिति सुस्पष्ट भैसकेपछि मोहमद अली जिन्नाको पार्टी मूश्लिम लिगका ७३ सदस्यहरूको भारतिय सम्विधानमा कुनै अस्तित्व र महत्व रहेन । जे गरे पनि बाँकी २२३ जना सदस्यिय कमेटिले गर्नुथियो । जस्मा २११ काँग्रेसका थिए । यसरी संम्विधान सभाकै दौरान भारत र पाकिस्तान दुइ देश बने । सम्विधान सभाका सदस्यहरूले सन् १९४७ को अधिनियमकै अनुरूप कार्यगर्न प्रारम्भ गरे । पाकिस्तान बटवारामा सहमती बनेपछि कैबिनेट १९४६ को बन्दीश समाप्त भयो । त्यसैले उनिहरूले डा.भिमराव अंबेड्करको अध्यक्षतामा प्रारूप समिति गठन गरियो । सम्विधान सभामा सम्विधान प्रारूप राखियो, सम्विधानसभाका ११ अधिवेशनहरू भए । तीन वर्ष नपुग्दै सम्विधान तैयार भयो । पछि २६ जनवरी सन् १९५० मा यसलाई पारित सम्विधानको दर्जा दिइयो ।
भारतिय समाजको रचना जातीवाद जाती भेदको आधारमा भएको पाइन्छ । भारतमा न केवल हिन्दू वल्की मूशलमान पनि अनेक जातीहरूमा विभाजीत छन् । प्रत्येक जातीभित्र उपजातहरू पनि भेटिन्छन् । भारतमा पनि हाम्रो देशमा जस्तै सामाजिक जातीवादको सबैभन्दा घिनलाग्दो रूप छुवाछुत नै हो । छुवाछुतको प्रथा हो जो समाजमा एउटा कलंक हो । यहाँ पनि राजनीतिक नेता सत्ता प्राप्त गर्नका लागि जातिय संगठनको प्रयोग गर्दै आएकाछन् ।
जतीवेला भारतको सम्विधान लागु भयो, त्यसको आर्को वर्षको सन् १९५१ जनगणनानुसार ७७१ भाषा एवÞ.कयौँ स्थानिय भाषा मौजुद थिए । अहिले त १६ सय भन्दा पनि बढी भाषाहरू बोलिन्छ । सम्विधानमा १८वÞटा भाषालाई मान्यता छ । सम्विधान लागु भएको केही समय पछि यसकुरालाई जोडदार रूपमा दवाब दिन थालियो की भारतका राज्यहरूको सिमाना भाषाको आधारमा बनाइयोस् । सन् १९५२ मै तेलगू भाषिहरूले आन्दोलन पनि गरे जस्को परिणाम स्वरूप सन् १९५३ मा भाषाकै आधारमा आन्द्रप्रदेश राज्यको स्थापना भएको हो । यसपछि देशका बिभिन्न भागहरूबाट पनि यस्ता प्रकारका मागहरू हुनथाले । त्यसलाई मध्यनजर राखेर भारत सरकारले सन् १९५३मै राज्य पूनर्गठन आयोगको गठन गर्यो । यही आयोगको सिवारिस अनुसार सन् १९५६मा संसद द्वारा राज्यपूनर्गठन बिध्यायक पास गरियो । जसको अनुसार भारमा १४राज्यहरू ६ सङ्घीय क्षेत्रको स्थापना गरिएको थियो । यसैको आधारमा सन् १९६० मा मूम्बै राज्यको बिभाजन महाराष्ट्र र गुजरात राज्यको स्थापना भयो । १९६२मा नागालैण्ड राज्यको स्थापना भयो । १९६६ मा पञ्जाबको बिभाजनपछि हरियाणा अलग राज्य बन्यो । १९७१ मा हिमाचलप्रदेशलाई पनि राज्यको दर्जा मिल्यो । मणिपुर त्रीपुरा, पनि छुट्टै राज्य बनाइयो । पछि मिजरम र अरूणाचल प्रदेश र गोवालाई राज्यको दर्जा दिइयो ।
सिक्किमको अलग्गै बिशेषता छ । सिक्किम सिधै कसैको उपनिवेश थिएन एउटा स्वतन्त्र राष्ट्र हो । जो सन् १८९० को सन्धिको अन्त्य चीनी सामन्ती सम्राटको साझेदारीमा अंग्रेज सिक्किमको प्रभूत्व स्थापित गर्न सफल भयो । भारत सरकारकै देख रेखमा सन् १९७४मा बिधानसभाको चुनाव भयो । बिधान सभाको ३१ जना सदस्य जो भारतकै द्वारा २० जुनमा बिल ल्याइयो जसलाई ४ सितम्वर सन् १९७४मा भारतिय २२औं राज्यको रूपमा सामिल गराइयो । त्यसमा जम्मा एकजनाले बिरोध गरेको इतिहास भेटिन्छ ।
यसरी सिक्किम एउटा स्वतन्त्र राष्ट्रबाट भारतको एउटा प्रान्तमा मर्ज हुनपुग्यो । भारतमा जातिय र भाषाको आन्दोलनलाई राजनीति दलहरूले उक्साउने र उनिहरूको मागलाई चुनावी मूद्दाको रूपमा लिने गर्दा अहिले १४राज्यबाट २९ राज्यमा बिभाजित भएकाछन् । जो केही वर्ष पहिले तेलङ्गाना राज्य बनेको थियो । सिक्किम सन् १९५०को सन्धि अनुसार भारतिय अधिकारीलाई हटाउँने अधिकार तत्कालिन राजा च्वगेलबाट खोसिएको थियो । बिस्तारै भारतियहरूको हालिमोहाली भयो । उनिहरूले जसरी भारतको आजादीमा बनाएको आयोग थियो त्यसलाई लत्ताएर उनिहरू सङ्घमा सामिल हुने वा नहुँने अधिकारका कुरा हात्तिका देखाउने दाँत भए । पछि कश्मिरबाट पनि अधिकार खोसियो ।
अहिले भारतको केन्द्रमा बिजेपीको सरकार छ । भारतमा २९ राज्य र सातवटा केन्द्र साशित प्रदेशहरू छन् । भारत वर्ग किलो मिटर ३२८७२६३ मा फैलिएको छ । नेपाललाई तिन तिरबाट घेरेको र साना ठुला १८÷२०नाकाहरू छन् । भारतको जनसंख्या लगभग १अरब ४२ करोड ५७ लाख ७५हजार ८५०जती पुगेको भनिन्छ ।
नेपाललाई अल्पमतमा पार्न भारतमा रहेका भिखारीहरू सबै आए पुग्छ । नेपाल जस्तो सानो र थोरै जनसङ्ख्या भएको देश अत्यन्तै सजग र सचेत भएर अखण्ड रहिरहनु पर्दछ । छिमेकी देशहरू सङ्ग सन्तुलन मिलाइ राख्नु नितान्त आबस्यक हुन्छ ।
भारतको आजादीमा नेपालीहरूको पनि महत्वपूर्ण योगदान थियो । अहिलेको भारतले नेपालीको त्यो अमूल्य योगदानलाई भुल्यो । नेपालीहरू जो जती भारतिय भूमिमा बसोबास गरेकाछन् । अप्रवाशी जमिन सँगै गएकाहरूपनि प्रवाशी सरह नै बनेर बस्नु परेको छ । टिष्टा देखुन सतलजसम्म नेपालको भूभाग अहिलेपनि भारतियहरूको कब्जामा छ । सुगौली सन्धिबाट नेपालको ठुलो भुभाग सँगै नेपालीका मूलबासीहरूसँग गरिने व्यवहार सौतेलो प्रकारको छ । आज भारतमा नेपालीहरू नेपाल र भारतको शान्ती तथा मैत्री सन्धिको तहत गएकाहरूको समेत उक्त सन्धिनुसारको व्यवहार हुनसकेको छैन । भारत जसले विश्वको सबैभन्दा शक्तिसाली गणतन्त्रको वÞकालत गर्दै हिंडेको छ उनिहरूको देशमा पनि हिन्दु बाहेकका अन्य जात धर्मावलम्बीहरू सँग बिभेद छ । छिमेकी मूललाई उनिहरूले सधै हेय दृष्टिकोण अप्नाउँदै आएकाछन् । जतिसुकै गणतन्त्रको वÞकालत गरे ता पनि उनिहरूको उदेश्य दक्षिण एसियामा आफ्नो हिन्दुत्व लाद्ने नै हो । नेपालले धर्म र जातिय आधारमा राजनीति गर्नु सबैभन्दा ठुलो आत्मघात हुने छ । कालापानी, लिपुलेख र लिम्पियाधुरालाई भारतले जसरी पनि नछाड्ने निति अप्नाउदै आएको छ । नेपालका शासकहरू उनिहरूकै गीतमा छम छम नाचेका छन् । केही देशभक्तहरू अहिलेपनि शंघर्षरत छन । गणतन्त्र कुण्ठित अबस्थामा छ ।