
प्रधानमन्त्री ओलीलाई भारतले निम्तो दिएन भनेर खिसिट्यूरी गर्नु बौद्धिक खालीपन हो । ओली भ्रष्ट होलान्, गफाडी होलान्, उखाने होलान्, तर नेपालका प्रधानमन्त्री हुन् ।
उनले भारत भ्रमण गर्न चाहे पनि भारतले निम्तो दिएन, उनी चीन गए । अझै पनि ओली भारत भ्रमण गर्ने तैयारीमै छन्, भारतले निम्तो दिने छेउछन्द देखाएको छैन । थिङ्क टेङ्क मानिएका बुद्धिजीवीहरूले प्रधानमन्त्रीलाई सुझाव दिनुपर्ने हो, भारतले बंगलादेश, श्रीलंका, पाकिस्तान भ्रमण गर्नुपर्छ । नेपाल सार्क अध्यक्ष पनि हो । भलै सार्क ब्रम्हनालमा भारतकै कारण पु¥याइएको होस्, अन्य सार्क मुलुकमा प्रधानमन्त्रीले भ्रमण रोक्नुहुन्न । दक्षिण एसिया, विश्वका अन्य मुलुकसँग नेपालको सम्बन्ध बढाउँदै लानुपर्छ । नेपालको बौध्दिक बृत्त, अनुभवी कूटनीतिज्ञहरू किन नेपालको हितमा सोच्दैनन्, बोल्दैनन् ? चिन्ताको विषय हो ।