Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

जीवन र जगतलाई कसरी बुझ्ने ?

१५ मंगलबार , माघ २०८११५ दिन अगाडि

जीवन र जगतलाई कसरी बुझ्ने ?

सुरेशकुमार पाण्डे  -  -  -
हाम्रो देशमा जन्मेका वैज्ञानिकले पनि भन्दा होलान हामी कुन मुलुकमा र कुन समाजमा जन्मलिएका रहेछौँ । हाम्रो समाजमा विज्ञान वैज्ञानिक बनेर बाँच्नका लागि निकै गाह्रो छ ।
आजको यो वैज्ञानिक युगमा जहाँ रोबटका फौज बोडरहरूमा लड्छन् । दुनियामा पुग्न मिन्ट लाग्दैन्, टेक्नोलोजिको बिकासले आकास छोएको छ । अन्तरिक्षामा जीवनको खोजि हुँदैछ । यस्तो भौतिक जगमा उभिएको मानिस स्वर्ग नर्क र पुनर्जनमका भ्रममा परेकाछन् । संसारको सबैभन्दा सचेत चेतनशील प्राणीको यस्तो दुर्गती छ ।
हाम्रै शरीरको सोधले पनि हामीलाई थुप्रै ज्ञान दिनसक्छ ।सरिरमा पाँचवÞटा ज्ञानिन्द्रीयहरू मौजुद छन् । आँखा, कान, नाक, जीब्रो, छाला जसले देख्छ, सुन्छ, तीतो मिठो आदी स्वाद पत्ता गराउँछ, चिसो तातो अनुभव गराउँछ । यसको अतिरिक्त पनि मन छ नियन्त्रण गर्ने मष्तिक छ ।
तर आज संसारभरीका मानिसहरूको एउटा स्वर्ग नर्क आर्को पूर्व जन्म र पूर्नजन्म, यिनै दुई बिचारहरूको भर्मले ठुलाठुला मेला पर्वहरू लगाएको हुन्छ ।  यो सबैजसो जात र धर्मवालम्बीहरू बिचको भ्रम वा आस्था भनौँ जे भनेपनि उनिहरूलाई खासै फरक नपर्ला ।
अहिले सानु उधारणका लागि भारतमा कुम्भ मेला सुरू भएको छ  । यसलाई प्राचिनकाल देखि मनाउँदै आएकाछन् । यो हीन्दुहरूको विश्वमा सबैभन्दा ठुलो मेला भनेर भनिन्छ । भारतको चार सहरहरूमा यो मेलाको आयोजना गरिन्छ । हरिद्वार, नासिक, प्रयागराज र उज्जैनमा यो मेला लाग्छ । नेपालको चतराधाम भन्ने ठाउँमा पनि करिब एक महिना यो मेला लाग्छ ।
हिन्दुहरूको लागि सबैभन्दा पवित्र तिर्थ स्थल मध्य एक प्रयागराज हो भन्निन्छ । यो मेला प्रत्येक बाह्र वर्षमा एक पटक लाग्छ । यहाँ गंगा र यमुना नदीको दोवान (संगमस्थल) मा लगाइन्छ । कुम्भको अर्थ घैंटो सूराई मेलाको अर्थ मानिसको जमघट नै हो । धेरैजसो मेला पर्वहरूको वैज्ञानिक अर्थ भेटिदैन शास्त्र नै आधिकारिक मानिन्छन् ।
कुम्भ मेला किन मनाइन्छ भन्नेबारे किम्दन्तीनुसार “देवता र दानवहरू मिलेर समुन्द्र मन्थनले अमृतको निर्माण भयो । सबै देवताहरूलाई थाहाथियो यदि दानवले अमृत पान गर्यो भने त्यो अंमर हुनेछ र अन्तिम सम्म स्वर्गमा राजगर्ने छ । त्यसैले जस्तै अमृतको निर्माण भयो देवताहरूले छल गरेर अमृतको कुम्भ 
(घैंटो) लिएर भागे । देवताहरूको छलले दानव यती क्रोधित भए की उनिहरूले देवताको पुरै १२ दिन र १२ रात खोज्न पछि गरे । जब देवता भागे अमृतको चारवÞटा थोप्ला खस्यो, एउटा प्रयागराज, हरिद्वार, उज्जेन र नाशिक ।
हरिद्वार छैठौं दिन,प्रयागराज ९वÞा दिन नाशिक र उज्वनमा १२ त्यसैले नाशिक र उज्वनमा एकै वर्ष ६ महिनाको अन्तरालमा मनाइन्छ । जब की हरिद्वार र प्रयोगराजमा ६ र तीन सालको अन्तरालमा मनाइन्छ । भनिन्छ देवताको गृहमा एक दिन मनुष्यको एक वर्ष हुन्छ अरे त्यो हिसावले १२दिन मनुष्यको लागि १२वर्ष भयो । त्यसैले कुम्भ मेला बाह्र वर्षमा एक पट मनाइन्छ । भनेर भनिन्छ ।यो मेलामा ४०करोड भन्दा पनि बढी जनमानसलाई सहभागि गराइन्छ ।
यहाँ नागा अघोरी लगायतका थुप्रै सन्यासीहरूले आ आफ्नो कला प्रतिभा प्रदर्शन गर्छन् । यस्ता मेलाहरूबाट आर्थिक उपार्जन पनि गरिन्छ । बाबाहरू मरेका मान्छेका कंकाल उठाएका अघोरी र अजगर साप उठाएका बाबाहरू र नाङ्गै हिंडेका नागाहरूको भिड नै हुन्छ । मानिसहरू त्यो कुम्भमा पुगेर स्नान गर्छन् र आ आफ्नो पाप धोएको महसूस् गर्छन्, स्वर्ग जाने बिश्वास लिएर फर्किन्छन् । बिगतका दिनहरूमा त्यहीँ भागदौडमा हजारौँले ज्यान गुमाएका पनि थिए ।
अन्धविश्वासलाई भारतमा बिजेपीको सरकारले दिल खोलेर सहयोग गर्दै आएको छ । उनिहरूको राजनीति धर्ममा आधारित नै छ । धर्म र राजनीति पर्याय बनाइएको छ । अन्धविश्वास होइन भनिन्छ ।
यस्तै प्रकारले नेपालको सुनसरी जिल्लामा पनि यो मेला लाग्द छ । हाम्रो छिमेकी देश भारतले जे गर्छ र गराउन लगाउँछ हाम्रो देशमा पनि त्यही अनुशरण हुँदै आएको देखिन्छ ।
आध्यात्मिकवादीहरूले भौतिक सम्रचनामा बसेर मिठा नुन् मसला लगाएर जाएकेदार आध्यात्मिक कथा हाल्छन्  । उनिहरूले जीवन र जगतलाई बुझ्ने बुझाउँने तरिका आत्यात्मक हो ।
जीवन र जगतको बारेमा खोज अनुसंधान गरिरहेका भूगर्वविध वा वैज्ञानिक हरू दिन रात नयाँ नयाँ खोज गरेका छन् ।उनिहरूलाई सहयोग गर्नुको सट्टा उनैको जगमा टेकेर उनैको छाँयामा बसेर उनैका जरा काट्नेहरूको पनि संसारमा कमि छैन । विश्वमा रहेका दुइटा बिचार भौतिक र आध्यात्मिक एक आर्कामा परसपर बिरोधी बिचारहरूको बिचमा सैद्धान्तिक छलफल हुनु र मैत्रिपूर्ण सङ्घर्ष हुनु नराम्रो होइन । दुबै पक्षबाट सर्वसाधारणमा लाध्न खोज्नु भने राम्रो व्यवहार भन्न सकिदैन ।
हामी सबैले देखेका भोगेका कुराहरूको अध्यायनले हामिलाई भौतिक बाटो सही र सत्यमा आधारित लाग्छ ।तर पनि गर्भै देखि कथित् शास्त्रहरूलाई अतिरञ्जित बनाएर समाजलाई आध्यात्मिकरण गर्ने प्रयात्न हुँदै आएको छ । हिन्दुमा मात्र होइन मूश्लिमहरू र इसाईहरूमा पनि यस्तै देखिन्छ ।
किन सत्यलाई सत्य भन्न डराउँने ? किन असत्यलाई सत्य भन्न लगाउँने ? यही भ्रमजालको सेरोफेरोमा हाम्रो बिचारहरू प्रतिभाहरू कुण्ठित हुँदै आएका देखिन्छन् । यस्ता भ्रामिक गतिबिधीलाई रोक लगाउनुको सट्टा समाजका सचेत वर्ग भनौदाहरूले यसैमा राजनीति गर्न थालेका छन्  ।
यस्तो विधिव्यवहारलाई देश र जनताको हितमा मान्न सकिदैन ।
हाम्रो देशमा सरकारी पाठशाला अथवा आधारभूत स्तरका विध्यालयहरू राजनीतिको अखडा र निजिकरण पछि जिर्ण बनेका । अथवा बन्द हुने कगारमा पुगेकालाई दुरूस्त गर्ने उदेश्यले आर्थिक उपार्जनका लागि महायज्ञ गराउँन थालियो । यसरी प्रतिकृयावादीहरूलाई एउटा बाणले दुइवटा सिकार गर्न मौका मिलेको छ  । भौतिकवादको छत्रछायाँमा रहेर उसैको जरा काट्न सजिलो हुन्छ । जसलाई स्वयम आधार तैयार पारिदिए ।
सरकार विदेशीको इसारामा नीजिकरणको बाटोलाई पछ्याउँदै आएको छ ।सरकारले विध्यालयबाट आफ्नो हात हटाएपछि कर्मचारीहरूको अगाडी दुइवÞटा बाटा छन् । या त जसरितसरी आर्थिक जुटाउँने वा स्कुलमा ताला लगाउँने । ताला लगाउँनु भन्दा महाँयँग्या गराएर भएपनि आर्थिक जुटाउन थालियो । यो नेपाली समाज जो भौतिकवादी बनिनसकेको र भौतिकवाद तिर झुक्न खोजेको वेला प्रतिकृयावादीहरूले गन्तब्यहिन बनाउने हतियारको रूपमा प्रयोग गरेको देखिन्छ ।
पहिले देशमा आमूल परिवर्तनको नाममा वुजुर्वा पढाइलाई ध्वस्त पार्ने वा पुराना पाठ्यपुस्तकहरू जलाउने, सम्रचनाहरू ध्वस्त पार्न उक्साइयो ।
त्यो वेला सबैभन्दा बढी सार्वजनिक संस्थान, बैंक र विध्यालयहरूमा क्षती पुराइयो । गणतन्त्र आएपछि धमाधम बोर्डिंगहरू सञ्चालनमा आए । उनै नेताहरूले वा उनैका आसेपासेहरूले नीजि विध्यालय सञ्चालन गरेपछि सरकारी विध्यालयहरू तहस नहस अबस्थामा पुगेकालाई पुरानै अबस्थामा पुराउँन सरकारले पहल गरेन । जुन विद्यालयमा शिक्षा हुँदैन त्यहाँ आफ्नो छोराछोरी कसैले पनि पठाउँदैनन् । पैसा ऋण काडेर वा जग्गा बेचेर भए पनि बाल बालिकाहरूलाई गरिबहरूले पनि बोडिङ्गमा पठाउने गरेका छन् ।
अनि अब पठाउँनै नसकेका मजदुर श्रमजीवीहरू जसले निमेक गरेर जीवन यापन गरेका छन् उनिहरूले मात्र सरकारी पाठशालामा विद्यार्थी पठाउनथाले । परिणाम गाउँका आधारभूत विद्यालय बिस्तारै बन्द हुनथाले । जब पाठशालामा विद्यार्थिनै छैनन् । त्यो विध्यालय कसरी सञ्चालित गर्ने ? यस्ता आधारभूत विध्यालयहरूलाई चुनौती बनेको छ ।एउटा शिक्षण संस्थालाई आध्यात्मिक प्रचारको केन्द्र बनाउँन थालियो । हुनुपर्ने कम्तिमा विध्यालयमा त ज्ञान प्रचार हुनुपर्ने केन्द्र हो । ज्ञानको नर्सरी भए त्यहाँ त्यसैको विकास हुनुपर्ने हुन्छ । हामीले आफ्ना छोरा छोरीलाई डाक्टर इञ्जिनियर बनाउने सपना देख्छौँ तर आध्यात्मिक शिक्षा पो लिएर आएका हुन्छन् ।
मानव समाजमा प्राचिनकाल देखि परसपरविरोधी यी दुई बिचारको बिच लगातार शङ्घर्ष चलिनै रहेको छ । यि बिचारहरू दुई बिषयमा केन्द्रीत् छन् । प्रथम आदित्व र दोस्रो बोद्धीत्व । आदित्व– मानव जीवनमा पहिलो लडाई पदार्थ र चेतना मध्य कुन पहिलो भन्ने हो । आध्यात्मकवादले चेतनालाई प्रथम तत्व मान्दछ । त्यही प्रकारले भौतिकवादले पदार्थलाई पहिलो मान्दछ । अर्को अर्थमा संसारको जुनसुकै चिजलाई जान्न, बुझ्न र गर्न सकिन्छ र सकिन्न भन्ने कुरा हो ।
आध्यात्मकवादले संसार अबोध गम्य छ,भन्ने सोंचाइ राख्दछ । त्यसको ठिक उल्टो भौतिकवादले संसार बोध गम्य छ,भन्नेकुरा दर्शायो । यसरी दुई छुट्टाछुट्टै धुर्व फर्किएका परस्पर बिरोधी बिचारलाई बुझ्नुको सट्टा अंधभक्त भएर प्रचार गर्नुलाई सही भन्न सकिदैन ।
आध्यात्मकवादले बिना प्रमाणको ब्राहमण्ड शक्ती (इश्वरीय शक्ति) पक्षमा कालपनिय बहस गर्दछन् । त्यसैले गर्दा समय–समयमा त्यसको पराजयपनि हुँदै आएको छ । भौतिकवादले तथ्य र प्रमाणको आधारमा पुष्टी गरिदिन्छ । त्यसैले यो बिचारधारा विजयको दिशामा अगाडी बढ्दै आएको छ । आज संसारमा विज्ञानले फट्को मारेको हामिले देखिरहेका छौँ । आध्यात्मकवादीहरू पनि दुई प्रकारका हुन्छन्  । प्रथम आत्मगत आध्यात्मकवादी जसले भौतिक बस्तुलाई चेतनाको खेल (भ्रम) मात्र मान्दछन् । दोस्रो बस्तुगत आध्यात्मकवादी । यिनिहरूले भौतिक बस्तुहरूको अस्तित्वलाई त स्वीकार गर्दछन् तर ब्राह्म शक्तिको मातहातमा चल्छन् भन्ने बिस्वास राख्दछन् । त्यसैगरी भौतिकवादी पनि मुख्य दुई प्रकारका हुन्छन् । प्रथम अति भौतिकवादी जसले कुनै घटनालाई वा बस्तुहरूलाई एकपक्षिय रूपमा मात्र हेर्छन् । उनिहरूले त्यो भित्रको सकारात्मक र नकारत्मक पक्षलाई हेर्ने वा तुलना गर्न सक्दैनन् भने दोस्रो द्वौन्दवादीहरू बिपक्षको अन्तरबिरोध र खोज, द्वीतीय खण्डन् गर्ने तृतिय सत्यकुरा पत्ता लगाउने । कुनैपनि घटना र बस्तु प्रती तुलनात्मक ब्याख्या र निस्कर्षमा पुग्ने बिधिनै द्वौन्दत्मक भौतिकवाद हो । यो मानव समाजको उत्पत्ति सँगै विस्तारै मानिसले आफ्नो आवस्याकता अनुसार खोज तलास यही धर्तिमा गर्यो । द्वन्दात्मक भौतिवादले बस्तुबाट मानव मष्तिकको बिकाश भएको यथार्थलाई चित्रण गर्द छ ।मानव समाजको उत्पती सँगै क्रमिक रूपमा बस्तुलाई हेरेर उनिहरूको दिमाखको बिकास भएको यथार्थलाई चित्रण गर्दछ । मानव समाजको उत्पत्ति सँगै यसबारेमा सोध हुँदै छ । वेला बेलामा मानव सृष्टीबारे पनि बिध्वानहरूले बिभिन्न तर्कहरू पनि आउन थाल्यो ।
भौतिकवादी बिचारक भन्दछन्, आगो, पानी, पृथ्वी र बतास यी चारनै आदि र मूल तत्व हो । यसबाहेका बेग्लै कुनैपनि शक्तिलाई स्वीकारदैन । यिनै चार तत्वबाट जीवन र जगतको श्रृष्ठी भयो । संसारमा सबै बस्तुहरू जीव जन्तु र मानिसहरू र उनिहरूको चेतना पनि यिनै भौतिक पदार्थबाट नै पैदा भएकाहुन्छन् भन्ने दृष्टिकोण नै भौतिकवाद हो । सरल भाषामा भन्नुपर्दा खोज गर्ने दर्शन नै भौतिकवादी दर्शन हो । भर्खरै पनि नाशाले सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन् जसले ७० करोड सूर्य बराबरको पिण्ड भएको  सुपरमासिभ ब्ल्याक होल पत्ता लगाएका छन् । यसरी दिनौँ नयाँ नयाँ जीज खोज कर्ताहरूले पत्ता लगाउँदै आएका छन ।
यो पृथ्वीको बारेमा खगोल शास्त्री निकोलस कोपर्नीकस १५००० वर्ष पुरानो टालमिको जटिल गलत बिचारलाई ओखल्न सफल भए ।उन्ले आकाशलाई गोलको पत्तालगाए । गैलिलियोले पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने कुरा पत्ता लगाए । तर चर्चका अधिकारीहरूले गैलिलियो एउटा ७० वर्षिय दार्शनिकलाई कारावासको सजाय दिईयो । त्यही जेलभित्र उनको मृत्यु भयो । तर ३ सय वर्षपछि अर्थात सन् १९९२ मा त्यो संस्थाले गैलिलियोको बारेमा गल्ती भएको स्विकार गरेको छ ।
२४–०१–२०२५ यो वेला गरेको गल्ती स्विकार गरेको थियो ।
उपरोक्त केही उधारणबाट पनि वैज्ञानिकहरूले गरेका कामहरू यथार्थमा आधारित हुन्छन् । भौतिकवादको बिरोध गर्ने कुनै पनि त्यस्तो हतियार छैन र हुनपनि सक्दैन । भौतिकवादले विज्ञान बस्तुको चिरफार गरेर बस्तुको जन्मदाता पत्ता गरेर प्रष्ट पार्छ भने आध्यात्मकवादले सधै कल्पनाका कुरागरेर समाजमा भ्रम छर्ने काम गर्दै आएको छ । डाल्विनले संसारमा निषेधको नेशेध नियम लागुहुने कुरा बताएका छन् । एउटा मकैको दाना रोपेपछि विरूवा बन्छ र त्यो दाना नष्ट हुन्छ, विरूवा बोटमा परिणित हुन्छ’ जब उसले घोँघा हाल्छ बोट सुकाइ दिन्छ । एउटा दानाले एकमाना मकै बनाउँदा सम्मको भुमिका बारेमा सोध गरेकाछन् । मानिस लगायत पशु पंक्षी सबैको त्यही रूपमा निषेधको निशेधबाट बिकाश भएको देखिन्छ । एउटा सेउको सोधबाट गुरूत्वकार्षणको सिद्दान्तको पत्ता लगाएका छन् । वैज्ञानिकहरूले जहाज बनाए भौतिकवादले नै आज यो सबै संसार सिंगारेको छ । धर्तिको आर्को कुनामा अमेरीका अष्ट्रेलिया लगायतका ठाउँमा पुगेका छन् । त्यहाँ पुग्न सकिन्छ यस्तो सहज भौतिक विज्ञानले नै बनाएको छ ।
सत्यकुरा पचाउन गाह्रो हुने अल्छिहरूले नै सबैथोक तेस्रो शक्तिको कृपयाले चमत्कार भएको बताउँछन् ।
आज संसारले यसरी फट्को मार्दै आएको अवस्थामा हाम्रो समाज झाँक्री र बोक्सीका कथा सुनाएर स्वर्ग र नर्कका कथा सुनाएर पूनर्जन्मको कल्पना गर्दैछ । कति दुःखलाग्दो विषय हो । कति अवैज्ञानिकता ?
हाम्रो देशमा कसरी बिकास हुनसक्छ यस्तो चालाले ? यही सर्व चिन्ताको बिषय हो । हुनुपर्छ । विकासका लागि आधुनिक ज्ञान र सोच जरूरी छ । पुरातन सोचमात्र राख्ने हो भने देशमा विकास सम्भव छैन ।
यसकारण त सभ्यताको महत्व छ । सभ्यता समयसँग मिलेर अघि बढ्ने खोज हो । अन्धविश्वासलाई विश्वास गर्ने मनस्थितिको परिवर्तन जरुरी छ । जे जति शिक्षानीति बनाइन्छ, त्यसमा आधुनिक ज्ञान हुनैपर्छ । अन्धकार हटाउने ज्ञानले हो । ज्ञानले विकास, शान्ति र समृद्धि प्राप्त हुनसक्छ ।