Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

कृषि अनुदानमा नेताहरूकै लामो हात

१० बिहिबार , माघ २०८१२० दिन अगाडि

कृषि अनुदानमा नेताहरूकै लामो हात

कृषि अनुदानमा नेताहरूकै लामो हात देखिएको छ । कृषि अनुदान कृषकलाई दिने भनिएकोमा पार्टीका नक्कली किसानहरूले अनुदान खाएका छन् । बिगत ५ वर्षको अवधिमा १ खर्ब, ७ अर्ब ६६ करोड, २७ लाख, ८९ हजार कृषि अनुदान बाँडिएको छ । यसमा खास किसान ५ प्रतिशतले पनि नपाएको र सबै रकम पार्टीका नेता र पार्टीले सिफारिस गरेका नक्कली किसानले लुड्याएका छन् । सरकारले कृषि अनुदान दिइएको र सरकार किसान मैत्री देखाउन गोरखापत्रमै कृषि अनुदान बाँडिएको सूचना छपाइयो । यो सबै पापकर्ममाथि मह लेपन गरिएको अर्थमा बुझिन्छ ।
सरकारले गाई भैंसी, बाख्रा बोका, कृषि उत्पादनका नाममा बाँडेको हो । कृषि मन्त्रालयका स्रोतका अनुसार करोडौंका दरले पार्टीमा संलग्न नेता र किसान नाममा नक्कलीहरूले नै यो रकम हसुरेका छन् । यसरी किसानका नाममा भएको भ्रष्टाचारको छानबिन गर्ने निकाय छैन । लोकतन्त्रमा लोक मरेको र मारिएको र ठगिएको दृश्य हो यो ।