Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपति, उपराष्ट्रपतिपछि नेता बन्ने

१० बिहिबार , माघ २०८१२० दिन अगाडि

राष्ट्रपति, उपराष्ट्रपतिपछि नेता बन्ने

राष्ट्रपति, उपराष्ट्रपति बनेर पुगेन,पार्टीको नेता बन्ने रहर चलेको छ विद्यादेवी भण्डारी र नन्दकिशोर पुनलाई । देशको संरक्षक बनेका र बाँचुन्जेल संरक्षक बन्नुपर्नेलाई सकृय राजनीतिको चस्का पस्नु भनेको मन्त्री, प्रधानमन्त्री बन्ने रहर नै हो । यस्ता रहर हुनेले किन राष्ट्रपति, उपराष्ट्रपति बन्नु ? कतै व्यक्तिस्वार्थ र गल्ती ढाकछोप गर्ने कसरत त होइन ? तटस्थ बस्नुपर्नेले इमान र नैतिकता गुमायो भने देखिने इम्परर न्यूक्लोथ नै हो ।
राजनीतिमा मूल्य र मान्यता, नीति र सिद्धान्त सकिएको पछिल्लो उदाहरण हुन् विद्यादेवी भण्डारी र नन्दकिशोर पुन पासाङ । यिनलाई अझै गुट नै प्यारो छ । विद्यादेवी भण्डारी कोठे राजनीति र पासाङ् माओवादी बैठकमा सहभागी भएका छन् । यसका अर्थ विद्यादेवी एमाले र पासाङ् माओवादी नै देखिएका छन् ।
भारतमा जो राष्ट्रपति भए, तिनीहरूले पार्टी राजनीति गरेनन्, अन्यत्र मुलुकमा पनि राष्ट्राध्यक्ष पार्टी राजनीतिमा फर्कने गर्दैनन् । यतिखेर भारतमा द्रोपदी मुर्मु १५औँ राष्ट्रपति छिन् । राष्ट्रपति बन्नेहरू खुला राजनीतिमा आउने गर्दैनन् । विश्लेषकहरू भन्छन्, भण्डारी र पासाङ दलगत राजनीतिमा फर्कनु अशुभ हो ।
एमालेमा अध्यक्ष ओलीपछि को ? भन्ने प्रश्न होला । माओवादीमा प्रचण्डले कसलाई आफ्नो उत्तराधिकारी बनाउने अथवा पार्टीभित्र जनार्दन शर्माको आक्रोसलाइृ मत्थर पार्न पासाङलाई भित्र्याउनु परेको हतारो पनि होला । तर शिखर पदमा पुगेका व्यक्तिको यस्तो राजनीतिमा फर्कने हतारोले लोकतन्त्र घायल भएको छ ।