सुरेशकुमार पाण्डे - --- -
नेपालको राजनीतिमा सधैं भुइँचालो गइरहन्छ । नेपालको इतिहास नै ढाल तरवारको इतिहास हो, अहिले पनि भुइँचालोको तरङ्मा छ नेपाल । राजनीतिमात्र होइन, नेपालको भूबनोट नै यस्तो छ कि जहिले पनि प्राकृतिक भूइँचालो जानसक्छ ।
प्राकृतिक कम्पनका कुरा गर्दा नयाँ सन २०२५ को पहिलो सातामै भुकम्पको सुरूवात भएको छ । ७ जनवरी २०२५ मा तीन देशहरू हल्लाउने गरी तिब्बतलाई केन्द्ररबिन्दु बनाएर भूकम्प गयो । चीनको तिब्बतमा धेरै जन धनको नाश भयो । नेपालमा पनि कयौँ मानिस घायल भए ।भारतको सिक्किमा पनि नोक्सान् भयो । तीनवÞटा देशका कतिपय ठाउँमा एकै चोटी आएको भूमकम्पबाट तिब्बतमा ठूलो क्षती भयो र धेरै मानिसहरूले अकालमै ज्यान गुमाएका छन् ।
भूकम्प नामक प्रकृतिक घटना किन र कसरी हुन्छ ? यसबारेमा भूगर्वविद्हरूको खोजविन चलिरहेको छ बिना प्रमाण ठ्याक्कै भन्न गारै हुन्छ । प्याच्च भन्न सकिन्छ, यो त हुुनुनै थियो । संसारमा पाप पढेको छ त्यसैको परिणाम भूकम्पलाई ठान्छन् । उनिहरूले कोरोनाकालमा पनि पाप बढेर निम्तिएको बताउँथे । पाप र धर्मका कुरालाई जोडेर हामी सही ठाउँमा कहिल्यै पनि पुग्न सक्दैनौँ । वास्तबमा सामाजिक राजनीतिक खिचलो हेर्दा यस्तो हुनसक्छ भन्न सकिन्छ । भ्रष्टाचार चुलिएको छ, महंगी बढेको छ । अपराधहरू बढेकै छन् र भन्नेहरूले पनि मौका पाएकै छन् ।
तर वैज्ञानिक भूगर्वविधहरूलाई निद्रा लाग्दैन उनिीहरू यसबारेमा खोजविन गर्छन् । आखिर सही केहो त ? कसरी यस्तो बिनासकारी गतिबिधीलाई आंशिक भएपनि रोक्नसकिन्छ । उनिहरू चिन्तित् छन् । संसारका चेतनसिल प्राणिहरूको निन्द्रा हराएको हुन्छ । जतिवेला प्राकृतिक घटनाहरू आइपर्छन् । मानिस भएपछि कुनैपनि बिषयबस्तुको सतहसम्म पुगेर सत्य तथ्यको पत्ता लगाउने प्रयत्न गर्नैपर्छ । मानव जाती सचेत प्राणीहरू अन्धबिस्वास बन्नुभन्दा सही केहो त्यसबारेमा सचेत हुनुपर्ने हुन्छ । अनुसन्धान् गरेर आउने दिनमा क्षति रोक्ने प्रयत्न गर्नुपर्छ ।
आखिर यो विनासकारी भूकम्प केहो ? यो भूचाल एकप्रकारको जमिनको आन्तरिक तरङ्ग नै हो । पृथ्वीको सतह हल्लिनु नै भुकम्प आएको मानिन्छ । कतिपयले माछोले काँद फेर्दा यस्तो हुन्छ, कतिपयले इश्वरको देन हो आदि इत्यादी तर्कवितर्कहरू गरेर कर्तव्यबाट पञ्छिन खोज्छन् ।
वास्तबिकरूपमा भूकम्प शब्दको अर्थ हो पृथ्वीको कंपन अर्थात तरङ्ग । यो प्राकृतिक वा मानविय दुबै कारणबाट हुनसक्छ । कतिपय निम्न कारणहरू पनि हुनसक्छन् । ज्वालामुखी क्रिया, भू सन्तुलन् सम्बन्धि समायोजन, प्लेटोको गतिसिल्ता, तथा विनसन, भू पटलको संकूचित हुनु, अभ्यान्तारिक गैसको मात्रामा वृद्धी, जलिय भार, पृथ्वीको आफ्नो कक्षामा घूर्णन, परमाणु बमको परिक्षण÷बिस्फोट, उत्खनन्, फडानी आदी पनि यसका कारक हुनसक्छन् । भनिन्छ प्रशान्त महासागरको किनारामा दुनियाको ८१% भूकम्प हुन्छ । त्यस्तै भूमध्य सागर र अटालान्टिकमा फैलिएको एरियामा १७% भूकम्प आउँछ । पृथ्वी भित्रको जलवायूको परिणामबाट पनि जमिनमा बिस्फोट हुनु ग्यासहरू वा ज्वालामुखी फुटेर निक्लेको लेदोले भित्रभित्रै असंतुलित अवस्था सिर्जना हुनु पनि भूकम्पका श्रोतहरू हुनसक्छन् । यो पृथ्वीको स्थलमण्डल (लियोस्फीयर)मा ऊर्जा आकाश्मिक मुक्त भएपछि उत्पन्न हुनेवाला भूकम्पिय तरङ्गकै कारण हुन्छ । यस्को मापन यन्त्र सीस्मोग्राफद्वारा मापिन्छ ।
जापान पनि दुनियाको सबैभन्दा भूकम्पिय क्षेत्र मध्यको एक हो । पृथ्वीमा भूकम्प आइनै रहन्छ । तृवर्ताको हिसाबले चिलीमा सबैभन्दा शक्तिशाली भुकम्प सन् १९६०मा आएको थियो । रिएक्टर स्केलको हिसावले ९.५ मापन गरिएको थियो । जस्मा ६ हजार भन्दाबढी मानिसहरू मारिएका थिए । जो एक हजार एटम बमको बराबर शक्तिशाली थियो । त्यस्तै ३ अप्रेल २०२४ ताइबानमा २५ वर्ष यताको शक्तिशाली भूकम्प आएको थियो । यसरी पृथ्वीमा लगातार आइ रहने भुकम्पबाट ठूलो जन धनको क्षति हुँदै आएको छ । तरपनि यसलाई रोक्न सकिएको छैन ।
नेपालमा वि.स. १९९० माघ २ गते, २०४५साल भदौ ५ गते, २०७२ बैशाख १२ गते आएका भूकम्प ठूला थिए । यी भूकम्पहरूबाट धेरै क्षेति भएको देखिन्छ ।
इतिहाशमा भूकम्प विस.१२१८ बाट रिकार्ड गरिएको देखिन्छ । त्यो भन्दा पनि पहिले थुप्रै भूकम्पहरू आएकै होलान । रिकार्ड नभेट्टिएको हुनसक्छ । १२१८ असारमा ७.७ रेक्टर स्केलको भूकम्प गएको बताइन्छ । यो भूकम्पमा राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पबाट काठमाण्डौका एक तिहाई जनता प्रभाबित भएका थिए । भनिन्छ स्थानिय बासिन्दाले पन्द्र दिन देखि महिना सम्म सहर छाड्नु परेको थियो । वि.स.१३१६ मा दोस्रो ठूलो भूकम्प आयो जसले देशमा माहामारी र अनिकाल परेको थियो । वि.स.१४६५ मा रातो मछिन्द्रनाथको मन्दिर सहित दर्जनौ मन्दिर ढलेका थिए । जमिनमा ठूलठुला खाडल भए जसले पानीका मुहान समेत बदलदिए । हजारौँ घर भत्किएका थिए । १७३७ साल रातीमा ठूलो भूकम्प गयो । जसले ठूलो बिपत्ती निम्तायो । वि.स.१८२४को असार १ मा पनि ठूलो भूकम्प गयो । त्यो दिन दुइपटक भूकम्प गयो । वि.स.१८६७ जेष्ठ १०मा पनि भुइचालो आयो । त्यो वेला काठमाण्डौ र ललितपुरमा ठूलो मानविय क्षेति नभएपनि मठ मन्दिरहरू प्रसस्तै भत्किएका थिए । वि.स.१८८० मा सातवटा ग्रह छुट्टिंदा भूकम्प गएको भन्निन्थ्यो । एकैदिनमा १७ पटक भूकम्पको झट्का लागेको थियो ।
विस.१८९० भदौ १२ गते साँझ ६ बजे र राती ११बजे भूकम्प गयो । हनुमान ढोका भित्रका भण्डार खालमा राजाहरूले र टुंडिखेलको खुला चौरमा जनताले रात काटे । काठमाण्डौका दुइवटा धरहरा मध्ये एउटा पुरै र आर्को आधा ढल्यो । महिना दिन नपुग्दै असौजमा फेरी आर्को भूकम्प आयो । एक वर्ष पछि वि.स.१८९१ असारमा र असौजमा दुइ पटक गयो । १९९०नेपालको इतिहाशमा सबैभन्दा बिभत्स र विनासकारी भूकम्प माघ २ गते आएको भनिन्छ । चैनपूरलाई केन्द्र बनाएर आएको ८.४ रेक्टर स्केलको भूकम्पले देशलाई धेरै नराम्रो झट्का लाग्यो । उक्त भूकम्पमा परि तीनहजार ८५० पुरूष र चार हजार ६६९महिँला गरि जम्मा ८ हजार ५१९जना मारिएका थिए । यसैगरी सूदुर पश्चिमको वझाङलाई केन्दर बनाएर ६.४रेक्टर स्केलको भूकम्प जाँदा करिव २५ घर ध्वस्त भएकाथिए । ४६जना मारिए र सयौँ चौपायको ज्यान गएको थियो । वि.स.२०४५साल भदौ ५गते बिहानै पौने पाँच बजे गएको ६.७ रेक्टर भूकम्पमा पनि ७५०जनाले ज्यान गुमाएका थिए । ६हजार ५सय भन्दा बढी घर भत्किएका थिए ।वि.स.२०६८ असौज १ गतेको भूकम्पमा पनि सय जनाले ज्यान गुमाए र २००जना घाइते भएका थिए ।
वि.स.२०७२ को बैशाख १२गतेको भूकम्पमा परि ८ हजार ५ सय ५६जनाले ज्यान गुमाए । यो भूकम्प ७.८ रेक्टर स्केलको मापिएको थियो ।
विश्वका कयौँ देशहरू भुइचालोका पिडित छन् । तर उनिहरूले यो प्राकृतिको विनासकारी घटनाहरूलाई हलुङ्गोमा लिंदैनन् । हामी लापरवाही बढी गर्छौं ।
चुनाव लड्दा भाकल गर्ने, कोरोना रोक्न भाकल गर्ने, भुइचालो रोक्न भाकल गर्ने । आकासबाट पानी पार्नभाकल गर्ने । भेगुता भेगुतीको बिचमा बिवाहा गराइदिने जस्ता अन्धबिस्वासको भूमरिबाट कसरी मुक्ति पाइन्छ ? भूकम्प भनेको त पृथ्वी हल्लिनु हो । त्यसलाई ठटौले पारामा लिने कस्तो सोंच हो हाम्रो ? भूइचालो आयो भने केकती कारणले आयो भनेर अध्ययन गर्ने हो, भाकल गर्ने होइन ।