Advertisement Banner
Advertisement Banner

०५ शनिबार, माघ २०८१23rd July 2024, 10:09:55 am

राजनीतिक नायक जो अग्निपरीक्षामा असफल भए

०१ मंगलबार , माघ २०८१४ दिन अगाडि

राजनीतिक नायक 
जो अग्निपरीक्षामा असफल भए

राजनीतिका १६ नायक जो अग्निपरीक्षामा असफल भए । अब यिनले राजनीतिबाट सन्यास लिनु राम्रो हुनेछ । यिनले सन्ततीका लागि नयाँ राजमार्ग निर्माण गर्न सकेनन् । जो आफै चरित्रहीन भएर बदनाम छन्, तिनले सन्ततीका लागि के दिनसक्लान् र ? पटक पटक मौका पाए, मौकालाई मनलागी गर्ने अवसर ठाने ।
यहीकारण राजनीतिका १६ नायकहरू असफल भएका हुन् ।
नेपालको राजनीति इतिहास र वर्तमानको चौबाटोमा छ । प्रभावशाली मानिएका परिवर्तनकारी, समाजवादी, सर्वहारावादी १६ प्रभावशाली नेताहरू राजनीतिमा त छन् तर मृत राजनीतिमा छन् । जनताको विश्वास गुमेको राजनीतिलाई जिवन्त राजनीति भन्न मान्न सकिन्न ।
आन्दोलन र जनयुद्धताका यिनीहरूको जुन प्रभाव थियो, यिनीहरूप्रति जनताका जुन विश्वास थियो, त्यो प्रभाव र विश्वास धरासायी भइसक्यो, धुलिसात भइसक्यो । तथापि यिनीहरू सत्ताका सफल व्यापारीका रूपमा स्थापित नै छन् । प्रचण्ड, केपी ओली ३ पटक प्रधानमन्त्री बने, देउवा ५ पटक । माधव, झलनाथ, बाबुराम पनि प्रधानमन्त्री बने । यिनले देश र जनतालाई के दिए ? अब पनि राजनीतिमा छन्, यिनले दिन के खोजेको हो ? जनताले भेउ पाउन सकेका छैनन् । शोलामाथि नचढुन्जेल सत्ता, शक्ति र सम्पत्ति चाहिने पनि राजनीति हुन्छ र ? राजनीतिले त समाज बदल्नुपर्ने हो, नयाँ नयाँ सम्भाबना देखाउनु पर्ने हो । यी यस्ता नेता हुन्, जो युवा बेचेर अर्थतन्त्र बलियो भयो भन्छन् । राजस्व लुटेर लोकतन्त्र छ भन्छन् ।  लोकले सहेकै छन्, लोकको सहनशीलताको यिनले भरपूर लाभ लिइरहेका छन् । श्राद्ध गर्नुपर्ने पिण्डे बुढाहरू शासनमा आसन जमाएर बसिरहनुले देशको दुर्गति भइरहेको  छ । यिनीहरूको हातमा राजनीति भएसम्म लोकतन्त्र बदनाम भइरहनेछ ।
जीपी, सुशील मरेर गए, मरेर पनि तिनको नाम सुनाम बन्नसकेन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी ओली , रामवरण यादव, शेरबहादुर देउपा, विजय गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, विद्या भण्डारी, रामचन्द्र पौडेल, पशुपति शमशेर, लोकेन्द्रबहादुर चन्द, सीपी मैनाली, कमल थापा कसैको पनि सुनाम सुनिन्न । राजनीतिमा जो जाज्वल्यमान छन्, ती सबै बदनाम छन् । बदनाम चरित्रले देशको नाम उठाउन सक्दैन, जनतालाई राहत र सहज जीवन दिन सक्दैन । जोे स्थापित नेता छन्, ती सबै नेपालको भाग्य र भविष्यमाथि खेलबाड गरिरहेका छन् ।
परिवर्तनको रथ हाँकेका हुनाले लोकले यिनलाई जननायक भने, यिनको क्रियाकलापले यिनीहरू खलनायक बने । लोकतन्त्रका नायकमा हुनुपर्ने एउटा गुण पनि अव यिनमा बाँकी छैन । यिनीहरू आफूलाई देशभक्त भन्छन् । देशमा आगो लगाएर खरानीको समेत व्यापार गर्ने नेता हुन् यिनीहरू । देशको परिभाषा, राष्ट्रियनीति र राष्ट्रनिर्माताप्रति सम्मानसम्म छैन यिनमा । कर्मकाण्डका लागि बल्ल पृथ्वीनारायण शाहका शालिक सामु सलाम गर्न पुग्न थालेका छन् । यिनीहरू सबै विदेशी वीरलाई आफ्नो आदर्श ठान्छन् । आफ्ना वीर पुर्षाको अनादर गर्नेहरू कतिसम्म अवसरवादी होलान् ? यिनको राष्ट्रिय आदर्श को हो ? यिनलाई नै थाहा छैन । आफ्नो माटोमा उभिएर आफ्ना वीर पुर्षालाई पो आदर्श मान्नुपर्ने होइन र ? यिनीहरू कसरी स्वाधीनता र देशप्रेमी ?
पुर्षाको रगत पसिनाले निर्माण गरेको देश हो नेपाल । यहीकराण यिनले कहिल्यै विदेशीको गुलामी सहनु परेन । जसले यिनलाई स्वराज दियो, तीप्रति नतमस्तक हुनसकेनन् यिनीहरू । देशको एकता भाँडेर एकता दिवसको नाटक गर्न थालेका छन् यिनीहरू आजकल । राजतन्त्र फाल्ने भाते पाठशालामा पढेका व्यक्ति राष्ट्रपति बन्न सफल भए, ती पनि शालिकमा सलाम गर्न पुगेको देखियो । आज देशभित्र जुन पहाडीया र मधेसे, जसरी जातजातिवीच बिभाजन ल्याउने काम भएको छ, यो उच्छृङ्खलता रोक्न पनि एकता दिवसको आवश्यकता छ । पटक पटक यिनै नेताहरूले उचाल्ने पछार्ने गरेर जनतालाई भ्रमित पारेकै हुन् । अझै यिनको आत्मशुद्धि भएन ।
स्मरणरहोस्, जो इतिहासप्रति गर्व गर्न सक्दैन, उसको इतिहास पनि कलंकपूर्ण नै हुन्छ । त्यसो त २०६३ सालको परिवर्तनपछि यिनले गरेको भनेको एउटै काम भनेको भ्रष्टाचार र कूशासन हो । जुन किटाणुले निरन्तर महामारी बनेर देशको मुटु कलेजो कुटुकुटु खाइरहेछ । देश सिध्याइरहेछ ।
देश निर्माण गर्नेछन्, जनताको दुःख र पीडामा संवोधन गर्छन्, यिनै हुन् हाम्रा भाग्य र भविष्य बनाउने कारिगर भनेर विश्वास ग¥यौं, त्यो आत्मविश्वासमा घात गरे यिनले । देशमा अनेक समस्या छन्, ती समस्या र संकट समाधान गर्ने राजनीतिले नै हो । यिनीहरू संवाद, सहमतिका लागि भगिरथ प्रयत्न गरेका भ्रम छरिरहेका छन् । पूर्वराजाले सहमतिमा समस्या समाधान गर्न आह्वान गर्दा यिनले कुनै वास्ता गरेनन् । यिनले न निकास निकाले, न देशलाई विकास दिन सके । यिनको प्रतिवद्धता शान्ति र स्थिरता थियो, त्यो समेत स्थापित गर्न सकेनन् । यिनको प्राथमिकता सत्तामात्र देखियो । यिनीहरू अहिले पनि भ्रम छर्ने र स्वार्थपूर्ति गर्ने काम गरिरहेका छन् । जनतालाई गरीब बनाएर यी आफै नवकुवेर बने, जनता प्रत्येक दिन गरीव हुँदैछन्, जनता रोएर बाँचेका छन् ।
यिनलाई जनता भनेका चुनावमा मतदान गर्ने हतियारमात्र हुन् । जब चुनाव जित्छन्, यिनले जनतालाई पटक्कै सम्झदैनन् । चुनाव जितेपछि यिनको खेल भनेको सत्ता र शक्ति, अपराध र अपराधीको संरक्षण गरेर गर्ने मनलागीतन्त्र हो । यथार्थमा यी जनताका नेता कम, यिनको व्यवहारले यिनलाई जनविरोधी बढी प्रमाणित गरिरहेको छ । जनताप्रति गैरजिम्मेवार राजनीतिले गर्दा यिनीहरू सबै जनताका घृणापात्र बनिसकेका छन् । मात्र पार्टीपंक्तिलाई अघि सारेर जनताको समर्थन छ भन्ने देखाउन यिनीहरू सफल छन् । त्यही चटके सफलताका कारणले यी नेता पल्टेर देश र जनतामाथि कहर बर्साइरहेका छन् । जनताका सामु परिवर्तन ल्याएर बाँच्ने कि यिनै नेताको कहर सहेर मर्ने भन्ने विकल्पमात्र बाँकी छ ।
स्पेन र थाइलेण्डको जस्तो नेपालमा इतिहास नदोहोरियोस्
विश्वका अनेकन देशमा रक्तपातपछि शान्ति र स्थिरताको अपेक्षा पूरा नभएपछि इतिहास दोहोरिएर शान्ति र स्थिरताको खोज गरिएका अनेकन उदाहरण छन्। बेलायतको मात्र होइन, स्पेन र थाइलेण्डमा समेत त्यसै भयो । इतिहास दोहोरिन नसकेका मुलुकहरू अहिले पनि रक्तपातको आँगो र आँधीमा अहिले पनि झुल्सिरहेकै देखिन्छन् । नेपालमा त्यस्तो नहोस् । परिवर्तन सहज भएको छ, परिवर्तनपछि शान्ति र स्थिरता असहज बन्दैछ ।
स्पेनका सडकमा गणतन्त्रको नारा लगाउने युवाजमातले सालीन राजतन्त्रको सातो लिन सफल भयो। अन्ततः सन १९३१ मा गणतन्त्रको नारा उराल्ने समूहबाट आजीत भएर, तिनको उच्छृङ्खलतालाई देख्न, भोग्न र सहन गर्न नसकेर, देश र दुनियाँको शान्तिका लागि भनेर स्पेनका राजा अलफोन्सोले देश त्यागेर हिंडे । स्पेनमा गणतन्त्र घोषणा भयो। गणतन्त्रवादीको जीत भयो । बहुमत स्पेनी जनताले हारे, स्पेनमा गणतन्त्रवादीले शान्ति र स्थिरता कायम गर्न सकेनन्। स्वार्थ र भ्रष्टाचारलिप्त परिवर्तनकारीका कारण स्पेनले दुर्गतिमात्र भोगेन, लामो गुहयुध्दको सामनासमेत गर्नुप¥यो। स्पेनमा राजतन्त्र र गणतन्त्रको व्दन्व्द, शान्ति र अशान्तिको व्दन्व्द, बिधि र मनपरीको व्दन्व्द चर्कदै गयो । ३८ वर्ष लामो गणतन्त्रको सूर्य अन्ततः लाखौंलाख जनताको ज्यान गएपछि, जनताको रगतको पोखरीमा पुगेर १९६९ मा अस्तायो । हुवाँ कार्लोसको रूपमा राजतन्त्रको पुनरोदय भयो । आजको सम्पन्न स्पेन, आजको स्वस्थ स्पेनको जग गणतन्त्रवादीको निरङ्कूशतापूर्ण सोचको नाभीबाट उत्पन्न हुन बाध्य भयो ।
स्पेनको हावा थाइलैण्डमा पनि पुग्यो । राजा विरोधीहरूले १९३० देखि राजतन्त्रविरोधी आन्दोलन छेडे । थाइलैण्डमा राजालाई मार्नसम्म तम्सिने काम भयो । आतङ्ग र अराजकताबाट बच्न राजावादीले नै राजालाई सत्ता त्याग गर्न सल्लाह दिए । राजाले थाइलैण्ड छोडेर भाग्न बाध्य हुनुप¥यो । राजाबिनाको थाइलैण्ड चल्यो, तर शान्ति हुनसकेन । मनलागी र मनपरी बढ्दै चढ्दै गयो । गृहयुध्दको आगोमा झुल्सिएको थाइलैण्डको माटो जनताको ज्यान र रगतले भिज्यो । रगताम्मे भयो । अन्ततः १९५८ मा राजालाई खोजेर ल्याउनु प¥यो । राजतन्त्रलाई सम्मानका साथ राखेर थाइलैण्डले शान्ति र स्थिरताको निश्वास फे¥यो । त्यसपछि आजसम्म थाईलैण्डले शान्ति र प्रगतिको पथमा मारेको फड्को प्रशंसनीय छ । बौध्दमार्गी थाइलैण्ड बुध्दलाई शान्तिको प्रतीक र राजसंस्थालाई प्रगतिका प्रतीक ठान्छन् । थाइलैण्डमा दल छन्, जनताको शासन पनि छ। तर राज्य राजाले गरेका छन् । त्यहाँ जनाधिकार पनि छ, लोकतन्त्र पनि छ । तथापि राजाको सम्मान घटेको छैन । बढ्दै गएको देखिन्छ ।
२०६३ सालमा राजा झुके, २०६५ सालमा गणतन्त्र कार्यान्वयन गरियो । शासन जनप्रतिनिधिका हातमा छ । जनप्रतिनिधि माफिया, तस्कर, भ्रष्टाचारी, अपराधीहरूको घेरा तोड्न सफल भइरहेका छैनन् । जसका कारण जातीय, भाषीय, क्षेत्रीय, धार्मिक र राजतन्त्र कि गणतन्त्र भन्ने द्वन्द्व बढ्दै गएको छ। अस्थिरता, अराजकता र कूशासन गणतन्त्रका विशेषता बन्न पुगे । जनताले राज्यबाट कुनै सेवा पाइरहेका छैनन् । सचेत हौं, नेपालमा इतिहास नदोहोरियोस् । यथार्थ के हो भने नेपालले अर्को परिवर्तन खोज्यो ।  –डा.विनिता