साहित्य क्षेत्रमा पनि राजनीतिकरणले प्रश्रय पाएको छ । यसकारण सम्मानमा पनि आफ्ना र पराया छुट्याउने परिपाटी विकास भएको छ । यस्तो कार्यमा सरकार, पार्टी, स्वयम् साहित्यकारहरूसमेत आस्थाका आधारमा ध्रुव ध्रुवमा जोडिएका छन् । वाङ्मय विकास र साहित्यिक सम्मानको ओज र ओजन घट्दै गएको छ ।
सम्मान कसले पायो भन्ने वित्तिकै कसले दिलायो, दियो भन्नेसम्मका अर्थ निकाल्न सकिन्छ । यो भनेको योगदानमा आधारित होइन भन्ने बुझिन्छ ।
अचेल मिडियामा सम्मानका खबरहरू लगातार आइरहँदा यसबारेमा केही भनौँ–भनौँ लाग्यो र यसैको बारेमा सटिकमा केही लेख्दै छु ।
सम्मानको अर्थ हो जसले राम्रो काम गरेको हुन्छ उसलाई एकप्रकारको उर्जा थप्नु । त्यो काम कुनै पनि सँग संस्था संगठन जसले गरेपनि त्यो निश्पक्षीय रूपमा उक्त व्यक्तिको प्रतिभाको कदर गरेर उसलाई हौसला दिनु नै हुनुपर्छ ।
एउटा कलाकार, साहित्यकारलाई सम्मान् गरिन्छ भने उसको कला, गला प्रतिभा, सँगै उसले प्रदर्शन् गरेको रचनाले कस्तो खालको समाजमा संदेश दिएको छ । देश र जनताको मर्म अनुसार छ कि छैन । त्यसलाई गहन रूपमा अध्ययन गरेर पुरस्कृत गर्नुपर्छ ताकि उसले गरेको काममा अंझ प्रभावकारी बनाउँन उसलाई उर्जा प्रदान हौस् ।
त्यो उसलाई गरेको सम्मानले कलाकार वा साहित्येकार, लेखक वा राजनीतिज्ञ जोसुकै भएपनि ऊ आफ्नो कर्तव्यबाट बिमुख नहौस् र झनै धारिलो बनेर आफुले गर्दै आएको कामलाई अंझ दरीलो छोप्न सकोस् । अडान राख्न सकोस भनेर दिएको स्याबासी नै हो ।हामीले समय समयमा कलाको क्षत्रमा यसतो प्रकारको योजना बनाउनै पर्छ ताकी नव प्रतिभाहरू यसबाट प्रभाबित हौन् र संसारमा आफ्नो प्रतिभाले राष्ट्रलाई चिनाउँन निर्धक्क अगाडी बढुन् ।
तर अहिले हाम्रो देशभित्रको अबस्था राम्रो भन्दा हाम्रोलाई बढी प्राथमिकता दिइने चलन बसेकोछ । कतै राजनीतिक दवाबमा वा उनिहरूका आसेपासेलाई खुसी पार्ने उदेश्यले हौस् वा कुनै संस्थाभित्रका सदस्यहरू जहाँ जस्को चलेको हुन्छ उनीहरूले चलाएकै हुन्छन् । यो पनि कताकती आलोपालो आपसमा बाँडेर खाने चलन बस्नथालेको भान हुन्छ ।हुन त हामि कुनैपनि व्यक्ती राजनीतिबाट अछुत् छैनौँ तर साहित्यमा पनि अवसरबादी राजनीति घुसेको देखिन्छ ।
पुरस्कारले नत कहिले कसैको घर बन्छ न आर्थिक पुरा हुन्छ । यो त एकप्रकारको व्यक्तिलाई प्रोत्वसाहान दिएर उसको कलालाई सम्मान गर्ने र उसलाई जिम्मा दिनुका साथै अग्रज बाट अनुजलाई राम्रो कामकालागि परेणा मिलोस् भनेर दिइने सम्मान् पनि हो ।
कुनैपनि अक्षकोष दाताले कुनै गलत व्यक्तिलाई आफ्नो योगदान दिएर भ्रष्टाचारलाई बढावा दिन चाहेका त हुँदैनन् । उनीहरूले अक्षकोष स्थापित गर्नुको पछाडी साहित्य सिर्जनामा टेवा मिलोस् र आफ्नाहरूको नाम सम्झना सदियौँ सम्म जीवित राख्न सकियोस् भन्ने उदेश्यले सक्दो धनरासि जम्मा गरेका हुन्छन् ।
आफ्नाहरूलाई समाजमा जीवित राख्न राम्रो श्रोत ठानेर आ आफ्ना बाल बच्चाको पेट काटेर सङ्कलन गरेको धनरासी अक्षकोषमा स्थापित गरेका हुन्छन् ।
त्यसबाट धेरै प्रकारका फाइदा हुनसक्छन् तर मुख्यतया दुई प्रकारका फाइदा हुन्छन् । पहिलो फाइदा माथि भनेको जस्तै प्रतिभा सम्मान् आर्को आफन्तीलाई अमर राख्नमा मदत् हुन्छ ।
साहित्यिक् क्षेत्रमा सम्मान र प्रोत्वशानको अहं भूमिका हुन्छ । साहित्यिक यात्रा यस्तो यात्रा हो जहाँ कुनै सिआइडी पुग्न सक्दैन् त्यहाँ साहित्यकार पुग्छ । कहावत नै छ ‘जहाँ रवी पुग्न सक्दैन त्यहाँ कवी पुग्छन् ।’ साहित्य कला गीत सङ्गितको माध्यायमबाट मानिस दृघारोगीको समेत उपचार हनसक्छ । औषधी उपचारले निको नभएको साहित्यिक गतिबिधी द्वारा उपचार सम्भव भएको देखिन्छ ।
साहित्य कलाले आफ्नो देशलाई संसारमा चिनाउँन सक्छ । साहित्ये कला देशको मनोरञ्जन्, कुनै पनि देशको पहिचान हो । त्यसकारण साहित्यकारहरूलाई राज्यले सहयोग र संरक्षण पनि गर्नुपर्ने हो । हाम्रो देशभित्र यो क्षेत्रमा खासै सरकारको ध्यायन पुगेको देखिदैन । उनीहरूको आ आफ्नै पदप्रतिष्ठाको रन्कोबाट फुर्षदनै हुँदैन । बाजारमा पुगेका साहित्यकारका पसिनाका पोका रद्दी बनेका हुन्छन् ।
बरू समाजसेवक कलाप्रेमी साहित्ये प्रेमिहरूले केही अक्षकोष दाताहरूबाट उनिहरूलाई वेला बखतमा झिना मसिना सम्मान् गरेर उनीहरूको योगदानमा थोरै भयपनि उर्जा थप्ने काम हुँदै आएको देखिन्छ । यो आँशिक रूपमा भयपनि सकारात्मक बिषय हो ।
तर केही वर्ष यता पुरस्कारको पनि अन्धाधुन्द् भिड हुनथालेको छ । वर्ष वर्षमा हुँने पुरस्कारहरू र पुरस्कार प्राप्त गर्नेहरू लगभग त्यही घेराभित्रका हुनेगर्छन् । जहाँ आलोपालोको छनक् आएको देखिन्छ । सम्मान् भनेको यती हलुको पनि हुनुहुँदैन । बरू सम्मानित गरूङ्गो र सम्मानित व्यक्ति अत्यान्तै प्रभावशाली प्रगतिवादी हुनुपर्छ । कम्तिमा उसको बिचार वा प्रतिभाले सामाजलाई राम्रो बाटो देखाउन सकेको र देशलाई गुन लगाएको महान व्यक्तित्व हुनुपर्ने हुन्छ । सम्मान् कसैलाई खुसि पार्न हुनुहुँदैन् सम्मान् त वास्तविक रूपमा सम्मान हुनुपर्छ । सम्मानित व्यक्ती सामाजिक काममा अब्बल दर्जाको हुनुपर्छ । प्रगतीसिल क्षेत्रमा त यसको भूमिका अत्यान्तै बिशिष्ट प्रकारको हुनुपर्छ । वर्तमान समाजलाई बदल्न उठाएको दरिला पाइलाहरू नै प्रगतिका पथ हुन् । उनीहरूमा देश र जनताको लागि ओहरात्रि खटिएर शंघर्षरत हुने अठोट र आंट हुनुपर्दछ । नयाँ–नयाँ खोजमूलख लेख रचना र आबिस्कारक हुनुपर्छ ।
तर अचेल कताकती प्रगतिसिलको अर्थ छुट्टैप्रकारको लगाउँन थालेका छन् ।
राजनीति पार्टीहरूले मिलेर प्रगतिसिल संगठनको निर्माण गर्ने र उनिहरूकै इसारामा मान तथा सम्मान् गर्ने गर्नथालेको देखिन्छ । अहिले जहाँ साहित्यिक क्षेत्रमा पनि अवसरबादी राजनीति घुसेको छ । त्यो बुद्धिजिवी क्षेत्र होस्,साहित्यिक क्षेत्र होस् आज राजनीतिबाट कुनैपनि निकाएं अलग र अछुतो भए अपवाद नै होला । यस्तो अवस्थामा वास्तबिक रूपमा पुरस्कार पाउनैपर्नेहरू पुरस्कारबाट वÞाचित हुनपुगेका देखिन्छन् ।
पुरस्कारलाई व्यवस्थित गरेर जानुपर्ने अहिलेको जल्दोबल्दो अबस्था हो । लेख रचना लेख्नु समाजलाई नयाँ दिशामा डोराउँनु र प्रगतिको पथमा लम्किनु हो । समाजमा रहेका कुसंस्कार कुरितीहरूलाई पन्छाएर नौलो समाजको निरमाण गर्नु हो । लेखकको काम महंगी भ्रष्टाचार लगायतका रोग देखाउँनुमात्र होइन तिनीहरूको समाधान खोज्नु र निरोगि समाज निरमाण गर्नुपनि हो ।
राजनीति पार्टीहरूले वुद्धिजिवीलाई झोले, लेखक पनि झोले पत्रकारहरू पनि उनैका झोले बनाएकाछन् । यस्तो अवस्थामा राजनीति पार्टी ज्वाइन नगरेको व्यक्तीलाई कसले चिन्ने र सिवारिस गर्ने ?यस्तो परिस्थितीमा सर्व साधारण नगरिक समाजबाट आएका शंघर्षशील व्यक्तीको अबस्था कस्तो होला ? उनीहरूलाई सम्मान संघर्षको बदलामा बौलाह भनेर सराप्ने काम हुनसक्छ ।
अहिलेको अबस्थामा सबै चिजमा राजनीतिकरण हुँदै आएको छ । यहाँ सम्म की प्रेम,इष्टमित्र, न्याय सबैलाई राजनीतिको तराजुमा जोख्न थालियो । मानसम्मान् भनेको राजनीतिकै चौखटमा दफ्नाइयो । पहिले लेखक ,बुद्धीजिवी , कलाकार, खेलाडी देशको लागि प्रतिस्प्रधा गर्थे तर अहिलेको अवस्था छुट्टै छ । त्यो पुँजिको लागि पदको लागि र प्रतिष्ठा महत्वकंक्षी उदेश्यको पुर्तिका लागि गरिन थालियो । यस्तो सामाजिक अवस्था र परिवेशमा सम्मान् कसले पाए किन पाए र कसरी सम्मानका लागि छनोट भए त्यो प्रष्टै हुन्छ । माथि जे भनिए पनि अँझै पनि सिमित भएपनि कतिपय सँग संस्थाले इमानदार साहित्यकारहरूलाई सम्मान् गरेर लेखनमा हौसला दिएका पनि छन् ।
त्यस्तो उनिहरूको व्यवहार स्वागतयोग्य छ भनेर भन्न सकिन्छ । कुनै राजनीतिक पार्टीको सिफारिसमा हुने सम्मान भनेको राष्ट्रिय सम्मान् हुनसक्दैन ।त्यो सम्मान उक्त व्यक्तिलाई उही पार्टीले दिएको हो भनेर बुझ्नुपर्छ । जुनसुकै संगठन संस्थाले दिएपनि सिफारीस कर्ता उसैको राजनीति पार्टी हुने भएकोले त्यो स्वतन्त्र प्रकारको सम्मान् हुने कुरा नै हुँदैन । ति संस्थाहरूपनि राजनीतिक पार्टीको दवाबमा आएका हुन्छन् ।
लेख रचना भनेको देश र जनताको हितमा न्यायको पक्षमा हुनैपर्छ ।
राजनीतिक पार्टीले सम्मानको लागि सिफारिस गर्नै हुँदैन भन्न खोजेको पनि होइन ।उनिहरूले सम्मान् योग्य जुनसुकै राजनिति भित्रको वा बाहिरको व्याक्तिको लागि पार्टीको माध्यायम बाट सुझाव सल्हा दिन पाए ।तर दिनैपर्छ भनेर आदेश जारी गर्नु भने ठिक होइन ।बरू राष्ट्रिय लेबलको वा आयोजक संगठनहरू आफैले उनिहरूको प्रतिभाको मूल्यांकन गरेर सम्मान् गर्ने बातावरण बनाउँनु पर्छ भन्ने मलाई लाग्छ । सम्मानको पनि बिस्तारै दुरूपयोग हुनथालेको अवस्था हाम्रो साहित्यिक क्षेत्रमा मात्र होइन अपितु समाज र देशको लागि सङ्कटको बिषय हो ।