Advertisement Banner
Advertisement Banner

०५ शनिबार, माघ २०८१23rd July 2024, 10:09:55 am

माओको बुई चढेर लुट्ने कि सेवा गर्ने ?

०९ मंगलबार , पौष २०८१२५ दिन अगाडि

माओको बुई चढेर लुट्ने कि सेवा गर्ने ?

दिसम्बरको महिना आएपछि माओत्सेतुङ्ग याद आउँछन् । नौंलो जनवादी क्रन्तिका प्रवर्तक उनै हुन् । मार्क्सवाद–लेनिनवादी सिद्धान्त तथा कार्य र रणनीति तय गरेका थिए ।
चीनको इतिहासलाई सन् १९४९ भन्दा पहिलेको र त्यसपछिको सन् १९७६ सम्मको माओको मृत्यु पछिको चीनलाई अध्ययन गर्ने हो भने चीनलाई तीन भागमा बाँट्न सकिन्छ । पहिलो चीनको सामन्तवादी अवस्थामा त्यहाँका जनता र देशको अबस्था अत्यन्तै दयनीय थियो । पछि माओको अगुवाइमा सम्पन्न भएको नयाँ जनवादी क्रान्तिले चीनको त्यो अवस्थालाई नयाँ पथमा लम्कायो । कामरेड माओत्सेतुङ्ग चिनियाँ जनताका लागि र चीनका लागि मात्र होइन विश्वका लागि नै प्रेरणाका श्रोत भएका थिए । उनले चीनमा गरेको नौलो जनवादी क्रान्ति एउटा मिसाल बनेको छ तर माओको उपस्थितिमै कम्युनिष्ट व्यवस्था भित्रै कम्युनिष्ट बिरोधी शक्तिको जन्म र कम्युनिष्ट आवरणभित्र उनीहरू लुकेका देखेपछि माओले आन्तरिक खतरा महसुस् गरे र सांस्कृति क्रान्ति सुरू गरेका थिए । सन् १९६६बाट १९७६सम्म उक्त सांस्कृति क्रान्ति दश वर्ष चल्यो । माओको मृत्यु पछि त्यहाँ माओले गरेको पूर्व अनुमान पनि पुष्टी भयो ।
उनको मृत्यु सँगै प्रतिक्रान्ति पनि भयो जो त्यही व्यवस्थाको खाष्टो भित्र लुकेका अवसरवादीहरूले त्यहाँ प्रतिक्रान्ति गरे । उनिहरूले च्याङ्चिङ्ग जस्ता क्रान्तिकारीहरूलाई समेत जेलमा हाले र उनि पछि त्यही जेलभित्र मरिन् । यसरी कम्युनिष्टलाई कसैले हराउन सक्छ भने त्यो स्वयम् कम्युनिष्ट भित्र लुकेका अवसरबादहरूनै हुन् ।
सन १९४९ देखी १९७६ सम्म २७ वर्ष भित्र चीनले धेरै विकास गरिसकेको थियो । आर्थिक, कृषि र टेक्नोलोजीका पूर्वधारहरू मांओकै देन थिए । माओले चीनलाई समाजवाद तिर डोराउंने प्रयासमा थिए  । उनि केही वर्ष बाँचेको भए आज चीन समाजवादी हुनेथियो तर बिडम्वना अहिले चीनलाई साम्राज्यवाद भन्नुपर्ने भयो । समाजबादतिर जानसकेन ।
कामरेड माओंले चिनियाँ क्रान्तिकारी आन्दोलनको नेतृत्व गरी चीनलाई आर्थिक आमूल परिवर्तन गराए ।
स्वयम चीनिया कम्युनिष्ट पार्टीका संस्थापक मध्यका माओले छोटो समयमै चीनलाई नयाँ जनवादी व्यवस्था प्रदान गर्न सफल भए । मार्क्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित रहेर अनुसाशित तवरबाट कतै दायाँ–वायाँ न लप्केर मात्र उन्ले विजय हासिल गर्न सके ।
उनले देशीय सामन्तवाद र जापानी साम्राज्यवाद सँग र पार्टी भित्रका दक्षिण पन्थि अवसरवादीहरू सँग लगातार लामु समयसम्म सम्झौताहिन शंघर्ष गरेका थिए । एउटा सामन्य किसान परिवारमा २६ दिसम्वर सन् १९९३ मा जन्मेका माओले सबैभन्दा पहिले आफ्नै घरबाट विद्रोह गरेको देखिन्छ । माओको जीवनीको अध्ययन गर्दा के देखिन्छ भने सबैभन्दा पहिले आफुबाट संघर्ष गर्नुपर्दछ । आफुले जे काम गर्ने हो त्यसमा स्वयम प्रष्ट हुने र त्यसलाई व्यावहारिकता दिने ।
एउटा सर्वहारासँग गुमाउनुका लागि ज्यान मात्र हो भने जित्नका लागि सरा संसार हुन्छ । यही कम्युनिष्ट सर्वहारावादी सिद्धान्त पनि हो । सबै प्रतिकृयावादीहरू कगजी बाघ हुन ।
मार्क्सवाद–लेनिवादमा टेकेर नौलो जनवादी क्रान्तिको प्रतिवाद गरेर चीनलाई नयाँ व्यवस्था प्रदान गर्न सफल भएका माओ भन्छन् ।
‘संसद भनेको खशीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने पसल हो ’ विश्वका प्रतिकृयावादीहरू जे भन्छन् त्यो गर्दैनन् बरू उनिहरू जनताको मनमा डर देखाएर राज गरेका हुन्छन् । वास्तबमा मानिसलाई डरले नै कम्जोर बनाई दिएको हुन्छ । निडर स्पात बनेका क्रान्तिकारीहरू नै विजय हुनसक्छन् । हामीले देखिरहेका छौं संसारमा जो डराएन उसैले परिवर्तन ल्याएको छ ।
एउटा गरिब किसानको घरमा जन्मेका माओँ जसले आठ वर्षको उमेरमा बल्ल स्कुलको दैलो देख्न सके । उनैले साढे २ हजार वर्ष पुरानो र त्यो वेलाको लोकप्रिय धर्मलाई गलत साबित गरेर बाइपास गराउन सफल पनि भए । कन्फ्यूशियसका चारौटै मूल ग्रन्थहरू कण्ठ गरेका माओले आफुलाई पाठशालाको घेराभित्र मात्र सिमित राखेनन्  । बरू पुरा ग्रन्थहरूको अध्ययनका साथ प्रतिबन्धित् र बिद्रोही पुस्तकहरू समेत लुकेर अध्यायन गरे ।
‘चेतवानीको शब्द“नामक पुस्तकले र नयाँ सुधारवादी’ले उन्को बिचारलाई फरकिलो पार्यो । १३ वर्ष देखि १६ वर्षको उमेर सम्म उनि घरेलुकामा अझिए पनि अध्यायन गर्न छाडेनन् । ‘चीनलाई विदेशी राज्यहरू द्वारा बिभाजन गरिने खतरा’ नामक पुस्तिका उनको हातमा पर्यो । त्यसको पहिलो पेजमै ‘हाय चीन सर्वनाशको विन्दुमा छ’ भन्ने बाक्यले उनको मष्तिकमा गहिरो छाप छाड्यो ।
सुरूमा निरङ्कूश राजतन्त्र विरूद्ध डा. सनयात सेनद्वारा चलाइएको क्वा मिङ ताङ आन्दोलनबाट प्रभावित भएका माओले आफ्नो जीवनको पहिलो लेख लेखेर स्कुलको भित्तोमा टाँसेका थिए । उनले क्वो मिङ्ग ताङको विद्रोहमा भागलिए । डा.सनयात सेनको १९११ को क्रान्ती असफल भएपछि । माओले सन् १९१२ देखि सन् १९१८सम्म उच्च शिक्षा अध्ययन गरे । कालेजबाट स्नातक भएपछि उनि पेकिंगमा ली ता चाओ जस्ता प्रगतिसिलको सङ्गतले  मार्क्सवादतिर आकर्षित भए । लेनिनको ऐतिहासिक कृती ‘राज्य र क्रान्ति’ को प्रभावले म कम्युनिष्टतिर लागे ।
साओशान हुनान प्रान्तमा जन्मिएका माओले आफ्नै घरबाट विद्रोहको शंखनाथ गरेका थिए । आफ्नै बाबाले किसान मज्दुरहरू सँग गरेको व्यवहारको उनले सशक्त प्रतिरोध र भण्डाफोर गरे ।
कामरेड मोओत्सेतुङ्ग बिचारधाराबाट हामीले धेरै कुराहरू सिक्न सक्छौं । कुनैपनि देशको नक्कल गरेर वा कुनै आन्दोलनको अनुशरण गरेर क्रान्ति हुंदैन, बरू भिन्दाभिन्दै देशको अबस्थाहरूलाई अध्ययन गरेर त्यो देशको बस्तुगत अवस्था अनुसारको कार्यनीति अगाडी सार्नुपर्दछ । चीनजस्तो देशमा त्यो वेला समाजवादी क्रान्ति सम्भव थिएन । उनले १९४० को दशकमा नौलो जनवादको रेखा कोरेका थिए । कस्तो खालको नौलो जनवाद हो ? सिद्धान्त तैयार पारे ।
सर्वहारा वर्गको नेतृत्वमा मिहेनतकस वर्गको अधिनायकत्व कृषि क्रान्तीमा आधारित नौलो जनवादी व्यवस्थाको आधारभूत सिद्धान्त बताएका छन् । उनले चीनिया क्रान्तिको द्वौरानमा अनुशासनका तीन नियम निम्ननुसार बताएका थिए । 
(१)आफ्ना सबै काम कार्वाईहरू आदेश पालनागर, (२) जनताबाट एउटा सियो र एउटा टुक्रा धागो सम्म नलिउ, (३) जफत् गरेका सबै चीजहरू बुझाउ । ध्यान् दिनुपर्ने आठ कुराहरू– १ विन्रमतापूर्वक बोल, २ किनेको चिजको उचित मूल्य तीर ।, ३ पैंचो लिएको हरेक चिज फिर्तागर। ४ आफुबाट बिग्रेका भत्केका हरेक चीजको सुफत मोल तीर । ५ जनतालाई कुटपिट र गाली बेइजती नगर । ६ बालिनाली नष्ट नगर, ७ नारीहरू सङ्ग छाडा व्यवहार नगर । बन्दीहरू प्रति दुव्र्यवहार नगर । उनले काम गर्ने सम्वन्धी सोह्र बुँदाहरू अगाडी सारेका छन् ।
‘समझ्दार बन, केही सम्भावना खोज, छालको गती सरह अंघिबढ, बढि भन्दापढी प्रभावको लागि प्रयासगर, स्थितीको निरक्षण गर्न कुसल बन, ठिक समयमा निर्णय गर, बिचारलाई ब्यक्त हुन देऊ, गति रोधलाई तोड,यदि एकजना व्यक्ती पनि सत्यताको पक्षमा छ भने उसले बहुसङ्ख्याकलाई आफ्नो पक्षमा लिन सक्छ, समस्याहरूलाई ऐतिहासिक दृष्टीकोणले हेर, बुझ्न सकिने शैलीमा लेख, अर्ध साहित्यिक र अर्ध बोलचाल वा अर्ध शास्त्रीय शैलीमा नलेख । बुझ्न सक्किने शैलीमा जोडदेऊ र स्पष्ट श्रृंखला अप्नाउं, जिम्मेवार बन, गलत चिन्तन नगर । आलोचना बारे–आत्मलोचन गर  मैत्रिपूर्ण आलोचना नियमित रूपमा गर र बिचारमा स्वतन्त्रता सामूहिक छलफल र कार्यमा एकरूपता,  नेतृत्व र बिभिन्न बिभागहरूको बिचमा सम्वन्ध घनिष्ट बनाऊ । यसरी माओ आफैमा पनि अत्यन्तै सजग देखिन्छन् । १९२१ मा स्थापना भएको चीनिया कम्युनिष्ट पार्टीले ३० वर्ष भित्रै नयाँ गणतन्त्र स्थापना गर्न सफल भयो ।
हाम्रो देशमा आफुलाई माओका अनुवाई ठान्नेहरू स्वयम आफैले पनि माओको बिचारधारामाथि भिषण आक्रमण गरेको पाइन्छ । उनिहरू माओको बुई चढेर जनतामा भय सिर्जित गर्ने लुट्ने र देशको भौतिक संरचना ध्वस्त पार्ने, देशलाई हरिकंगाल पार्न कुनै कसर छाडेका होला् भनेर भन्न सकिदैन । २००६ सालमा गठन भएको नेकपा हाँगा बाँगामा बिभाजित हुँदै आएको छ । हिरक जयन्ती मनाउँदा सम्म पार्टीको बिउ कसरी जोगाउँ भनेर छलफल गर्ने अबस्था छ । यस्तो नेकपाको अबस्था हुनुमा नेताहरूको चरित्रहीनता हो ।
माओले भनेको जस्तै आज सयौँ पटक नापेर एक पटक काट्ने व्यवहार हरायो । बरू काटेपछि बल्ल नाप्न थाल्छन् । छलफलमा स्वतन्त्रता कार्यमा एकरूपता हुँदैन । जसरी पनि आफ्नै नीति पारित गर्ने, आफ्नो पद नछाड्ने व्यवहार छ ।