सुरेशकुमार पाण्डे - - -
कुनैदिन थियो म आफैले केही पुस्तक नपाएर कता–कता भारत बनारस र कालकत्ता तिरबाट मगाएको सम्झना हुन्छ । त्यो वेला पढ्ने अध्ययन गर्नेहरू प्रसस्तै भेटिन्थे तर चाहिएका पुस्तक बाजारमा उपलब्ध थिएनन् ।
आज किताब अनेक छन्, पढ्ने बानी छुट्दै गएको छ । पढ्ने संस्कार नभएपछि बुद्धि कसरी आउँछ । हुन त यो आठ पासेले चलाउने राजनीति र कूटनीति भएको मुलुक न हो ।
हिजो राम्रा पुस्तक राजधानी सम्म खोज्दा पनि भेट्न गारो हुन्थ्यो । त्यो वेलाको पाठकहरूको अबस्थालाई देखेर धेरै महापुरूषहरूका जीवनी एउटै किताबमा समेटेर बजारमा ल्याउन वर्षौं लगाइन्थ्यो । मैले परिकल्पना गरेको जस्तै पुस्तक त नेपाली भाषामा अँझै पनि छैनन् । तर अन्य फुड्कर जीवनीहरू अनुवाद गरिएका पुस्तकहरू आज बाजारभरी छन् । पढ्ने कसले ?
साहित्यकारहरू गहन मिहेनत गरी पुस्तक लेख्छन् अनि उनिहरू ति पुस्तकहरू त्यत्तीकै बाँट्छन् । कयौँले पुस्तिकाका पाना पल्टाएर पनि हेर्दैनन् । आफुले गरेको परिश्रमिक त टाडैको कुरा हो बरू आफुले प्रकासन गर्दा गरेको खर्च समेत उठ्दैन ।
लेखक साहित्यकारहरूले यस्तो अबस्था झेल्न सक्छन होला ? यस्तो बिडम्बना हाम्रो साहित्यिक क्षेत्रको छ ।
अचेल कस्तो अबस्था सिर्जना भयो भने जस्को नामचलेको छ उसैको पुस्तिकाहरू बिक्री हुन्छन् । मानिसहरूले राम्रो होइन हाम्रो वा शक्तिशाली व्यक्तीको लेख रचनाहरू किन्छन् । पुस्तक छपाउँनेहरू या त कुनै पार्टीका प्रमुख हुनुपर्यो । ताकी कार्यक्रताहरूले बिक्री बितरण गर्दिन्छन् वा नामी हुनुपर्यो । शक्तिशाली व्यक्ती र नेताका लेख रचनाहरू धमाधम बिक्री हुन्छन् त्यो पनि लागत भन्दा बढी मूल्यमा । त्यो पुस्तकहरू धेरैजसो पढ्नलाई भन्दा ति नेताहरूको नजिक पुग्नका लागि उनैका आसेपासेहरूले किनेका हुन्छन् ।
साधारण मानिसले साहित्यिक क्षेत्रमा गरेको परिश्रम व्यार्थै खेरजानथाल्यो । मोबाइलमा पनि लेख रचना आउँछन् । कतिपय पुस्तक नेटमा डानलोड गरेर पनि पढ्न मिल्छ । पुस्तक हेर्ने, बोक्नेहरू मात्र फेसनमा सिमित छन् ।
मोबाइलमा सकारात्मक र नकारत्मक दुबै पक्ष हुन्छन् । हुन त साहित्यिक क्षेत्रमा पनि पुस्तिकाकै रूपमा अश्लिल लेख रचना छताछुल्लै छन् । त्यसबारेमा बुझ्ने चुन्ने त आफैले हो । अचेलका बालबालिकाहरूले परायाजसो कार्टुन् र चमत्कारी गेम मोबाइल खेल हेर्न मन पराउँछन् । यो विदेशी प्रभाव हो ।
युवाहरूले अश्लिल र रोमांटिक खालका फिल्महरू हेर्छन् । न्यूड मनपराउने नयाँ पुस्ताले साहित्यलाई खासै पढ्दैनन् । कोही भजनमा लीन छन् ।
मोबाइलको आगमन भन्दा पहिले उपन्यास, कथा आदिमा ध्यान लगाउंनेहरू प्रसस्तै थिए । आज पाठक घटेको छ ।
विद्यार्थीहरूको हश्तलेखन समेत मोबाइलको प्रभावमा परेको छ । यस्तो परिस्थितिमा साहित्यिक क्षेत्रमा कविताका ससाना विधाहरू जन्मिदै र झाङ्गिदै आएका छन् र जन्मिनु स्वाभाबिक पनि हो । प्रगतिसिल बालकथा अहिलेको आवस्यकता भएको छ । आजकलजनप्रिय कविता, गजल, पञ्चाङ्ग, मुक्तक, झर, साइनो, जुनेली, टुक्का, झिल्का, कोपिला, बाछिटा, उदेकलगायतका कविताका उप विधाहरू बनेका छन् । उस्तै लघुकथाले पनि विश्वको ध्यान खिच्दै गएको छ । कतिपयलाई लाग्नसक्छ लघुकथा कसरी जन्मियो कहिले जन्मियो । यसबारेमा भन्नुपर्दा यो नविनतम विधा भने होइन । केही वर्षदेखि यसमा व्यापकता आउन थालेको देखिन्छ ।
आखिर लघुकथा के हो ? यसलाई कसरी लेख्ने र यसको इतिहास कस्तो छ ? भन्नेबारे चर्चा गर्नु सान्दर्भिक होला ।
साहित्यमा सबैखाले विधाका आ–आफ्नै प्रकारका विधागत चिनारीहरू हुन्छन् । जस्तै कविताको मूलभूत चिनारी लय विधान हो, निबन्धको चिनारी दृष्टिकोण हो, नाटकको संवाद वा अभिनय हुन्छ भने कथाको घटना हो । त्यसैले कथा घटना वा कथा वस्तुलाई केन्द्रमा राखेर गरिने गद्यात्मक सिर्जना हो । जसलाई आख्यान पनि भन्निन्छ । यो स्वयरकल्पनामा आधारित पनि हुन्छ । संरचनात्मक आयामका दृष्टिले आख्यानका पनि लघुतम् संरचना (लघुकथा)लघु संरचना (कथा)र वृहत् संरचना (उपन्यास आदि रूपहरू पाइन्छन्) बिभिन्न वुद्धीजिवीहरूको भिन्न भिन्न मत हुनसक्छ तर पनि (लघु) छोटो (कथा) कहानी । अथवा लघुकथा जो २५० शब्द भित्रै काल्पनिक वा यथार्थ घटनामा आधारित हुन्छ । यसको प्रयोग “माथि भनेनुसार’ प्राचिनकाल देखि नै हुँदैआएको पाइन्छ । यसबारेमा सैद्धान्तिक चर्चा भने सन् १९५०को दशकबाट हुँदै आयो । औपचारिक अवधारणा १९८० को दशकबाट भएको देखिन्छ । कुनैपनि विधा जन्मिएपछि त्यसको बारेमा एउटा मीन बनाएर व्यवस्थित गर्नु भनेकै विधान हो । कविता कथा सबै साहित्यिक रचनाहरू विधागत हुन्छन् ।
नेपाली लघुकथाको प्रारम्भ शक्तीबल्लभ अर्यालको “महाभारत विराट पर्व’ १८२७ बाट भएको मानिन्छ । प्राथमिक कालिन “मुन्शीका तीन आहान’मा लघुकथाको पूर्वस्वरूप पनि फेला परेको बताइन्छ । विक्रम संवत १९९२ को “शारदा’पत्रिकामा प्रकाशित पूर्णप्रसाद ब्राह्मणको “वरदान’ शीर्षकको लघुकथालाई नेपालको पहिलो लघुकथा मान्ने गरिन्छ । पुस्तककार कृतिमा भने ब्राह्मणकै २००७ सालमा प्रकाशित “झिल्का’लाई नेपाली लघुकथाको पहिलो कृति मानिन्छ । यसबारेमा लघुकथाका पारखीहरू लेख रचनाहरूबाट बुझ्न सकिन्छ ।
पूर्णप्रसाद ब्राह्मणले नेपाली साहित्यिक क्षेत्रमा वरदान कथा १९९२, २१कथा २००३, झिल्को २००७, म लोग्ने हुँ २००८, अगुल्टो कविता २००८,एक कथा उपन्यास् २०४२, ३१कथा २०४२, ११कथा २०४३, अध्यक्ष उमा २०४४,कुन्तीको समाचार२०४४, सम्झौटो २०४७, संस्कृत तर्फ–सत्यम् हरिश्चन्द्रम् महाकाव्य २००७, विश्वदेवा काव्य २००७, तदर्थ मेव(उसैको लागि अनुवाद) २०२६, इशावास्यवृति २०२७,राजतन्त्र सदा जिव्या २०४२, लगायतका कृतीहरू लेखेका थिए । यिनलाई २०२६मा नेपाल राजकिय प्रज्ञाप्रतिष्ठानले स्वर्णपदक दिएको थियो । उनैले १९९७÷९८सालमा तुलसी मेहर र गान्धिवादबाट प्रभाबित भएर चर्खा आन्दोलनमा सहभागिता जनाए । २००८सालमा प्रजापरिषदको सदस्य, सो छाडी मुक्तिशेनामा विद्रोह गरेर भारत पुगे । पछि गान्धिवाद बनेर माफी पाए, नेपालमा राजाले आउन दिए ।
२०१२ सालमा राष्ट्रिय जनराज्य परिषद पार्टीमा सामिल भए । २०१५मा जनता पार्टी बनाई त्यसको अध्यक्ष बने । त्यो पार्टी २०१६साल बैशाख ८गते राष्ट्रिय प्रजातान्त्रिक मोर्चामा बिलय भयो । २०१७मा पञ्चायती व्यवस्था लागु भयो त्यसको बिरोध गर्दा जेलमा पुगे । २०१९ साल पछि राष्ट्रिय सभा स्थायी समितिका सदस्य भए र २०२७ सालमा प्रमुख निर्वाचन आयुक्त बने । २०२७ मा रामराजा प्रसाद सिँहलाई राष्ट्रिय पञ्चायतमा सपथ गरहण गराए पछि २०२८ सालमा राजिनामा दिन बाध्य भए । (स्रोत पूर्णप्रसाद ब्राह्मणको जीवनीबाट व्यक्तित्व र कृतित्व) यसरी पूर्णप्रसाद ब्राह्मण साहित्यकार, लेखक र राजनितिज्ञ समेत थिए । उनैले पहिलो पटक नेपाली लघुकथाको कृति प्रकासित गरेर सुरू गरेका थिए ।
लघुकथा छोंटो कथामा पूर्णरूपमा विषय बस्तुको उठान, संदेशमूलक र कालजयी सुचना, ज्ञान, मनोरञ्जन् युक्त हुनुपर्छ ।
घटना, कथा वस्तु, कथानक, पात्र छनौट, चरित्र, ठाउँ, समय, वातावरण, परिवेश, उदेश्य, भाव÷बिचार, दृष्टिविन्दु, भाषा शैली आदिमा ध्यान दिनुपर्ने हुन्छ । शीर्षक लघुकथाको मियो नै हो । कथाको उठान र परिवेश पछि कथाको अन्त्य रोचक अर्थात कोतुहलता वा व्यङ्ग्यात्मक झट्केदार हुनुपर्छ भन्ने लघुकथाकार र विज्ञहरूको भनाई छ ।
लघुकथा मै पिएचडी गरेका डाक्टर हरिप्रसाद भण्डारी र डाक्टर पुष्करराज भट्ट लगायत लघुकथाको क्षेत्रमा आजपनि लगातार जुट्नु भएको देखिन्छ । राजु क्षेत्री अपुरो, कपिल लामिछाने लगायतका थुप्रै अग्रजहरूबाट अझ धेरै बुझ्न सकिन्छ ।
हाल बिभिन्न चिन्तकहरूले लघुकथाको बारेमा थप अनुसन्धान् गर्दै आ आफ्ना बिचारहरू प्रकासित गर्दै आएकाछन् ।
पूर्णप्रसाद ब्राह्मणको झिल्काबाट धेरैजसो लघुकथाकारहरूले ज्ञान हासिल गर्दै आजको अबस्थासम्म आइपुगेको ऐतिहाशिक सत्य हो भन्ने प्रशस्तै आधारहरू छन् ।अहिलेको व्यास्थ समयमा र यो मोबाइल खेलको लत भएका बालबालिकाहरू र अन्य उपन्यास लामा लेख कथामा मन नलगाउनेहरूलाई लघुकथाले आफुतिर खिच्दै लगेको देखिन्छ ।
साहित्यकारहरूले साहित्यिक क्षेत्रमा लगातार साधना गर्दै नयाँ नयाँ कविता कथाहरू जन्माउंदै आएकाछन् । बाजारमा किताबहरू थुप्रिएका छन् तर पाठकहरूको अभाव छ । नेपाली भाषा कला र गला पत्रपत्रिकाहरूको व्यबस्थापन हुन सकेको देखिदैन । सरकारी सर्कटबाट त झनै निरासजनक र उदासिनता देखिन्छ । समयमा साहित्यिक क्षेत्रमा ध्यान पुगोस ।