यो व्यवस्थाले अवस्था बदल्न सकेन । तर मण्डी ओढेर घ्यू खानेहरूलाई खूब मौका दिएको छ । यसकारण रनभुल्ल परेका छन्, भरत दाइ । ठूलो पाटोको डाँडामा बसेर टोलाउँदै कसैको पर्खाइमा हो कि जस्तो भान हुन्छ । ओरपर हेर्छन् । कोही पनि देख्दैनन् । खोल्सै–खोल्सा कोही आएको हो कि भनेर पहिले पानी लिन जाने गरेको पँधेरोको खोल्सातिरबाट खस्याक–खुस्युक गरेको सुन्छन् । कान ठाडो पारेर तिखो नजर लगाएर त्यतैतिर हेर्छन् । ‘को हो हँ ? त्यतातिर को छ ?’
कोही बोल्दैनन् । भरत दाइ फेरि कराउँछन्– को हो ? अलि माथि भान्दाकै पहिरोको बाटोहुँदै १७–१८ जनाजति ओर्लंदै छन् । टाढाबाट हेर्दा तिनको हातमा शायद चारतारे झण्डाजस्तो देखिन्छ । परै भएकाले उनीहरूले लगाको नारा पनि सुनिँदैन । उनलाई झारको बुट्यानले के आयो भन्ने ठम्याउँन पनि गाह्रो पर्ने भएछ ।
पहाडका मान्छे अधिकांश बेसीतिर झरिसकेका छन् । अलि सुख सुविधा खोज्नेहरू त बजारमै पुगिसके । तर भरत दाइको परिवारले भने थाँतथलो छाडेको छैन । उनी बुझेका पनि तर बुझेको नबुझ्यै गर्दिने मान्छे जस्तो भइदिन्छन् । हजुरबाउको टन्नै सम्पत्ति भएर पनि होला । छाडेर कहाँँ जाने ? रेमिट्यान्सले हो कि काँठमा जग्गाको भाउले सबको पूmर्ति पनि बढिराको छ । जग्गा भएका भरत दाइ के कम ?
आवाज सुनियो– भोट के मा ? रूखमा । रूख कसको कांग्रेसको । भरत दाइले सुन्न भ्याए । अनि फतफताउन थाले । ‘लौ फेरि उही कुरा’ ! १७ सालदेखि यस्तै भन्दै हिँडेको ७० वर्ष पुग्न लागिसक्यो । नारा लगाउने लस्कर उनी नजिकै आइपुगे । श्रीहरिले सोधे, ‘के हो काका यसपाली त भन्न नपर्ला नि ? थाहा होला नि ।’
पर्दैन पर्दैन, भरत दाइले उत्तर दिए । यति भएपछि त कुरा सक्किगो नि । जुलुसको नेतृत्व गरिरहेको श्रीहरि बोल्यो । ‘हिजो दाइको कुरो सुन्नु भो नि’ । ‘अँ सुने, अहिले मोवाइलाँ पनि हरिराँको छु’ भरतदाइ मुस्कुराए । भरतको कुरा विचरा केटाहरूले के बुझ्थे । ल ल भनेर ओरालो लागे । भरतलाई सनिष्टारतिर आँखा डुलाउँदै थिए । पण्डितको डाँडामा भिड थियो । मान्छेहरूको ओहोर दोहोर देखिन्थ्यो । उनले भने, ‘भेडा भनेको भेडा नै हो । यो व्यवस्थाले भेडा बनाएरै छाड्यो ।’
टन्न मासुभात खायो हिड्यो । हावाको भरमा कुदिराका छन् । ‘एक छाकेहरू ।’
उता सनिष्टारतिरको रमिता पनि सकिए जस्तो छ । टार बट्टेको आँगनै आँगन माझा घरे कान्छा घरतिर राता झण्डा हल्लाउँदै हिडेका छन् । सायद कान्छा घरतिर छिरेनन् । बरू उता श्यामको घराँ छिरेर सवै डिलमा बसेका छन् । खुवै भलाकुसारी गरे जस्तै गरी । विहेमा जन्ती अन्माउनका लागि तयार गरे जस्तै गरी । भरत काकाले डाँडाबाटै कराएँ । हुन न अहिले डाँडाको कुराले सामाजिक सञ्जाल रंगिएको छ । भरत दाइ पनि डाँडामा नै बसेका छन् । धन्न उनको हातमा प्रविधिसँग जोड्ने ल्यापटप रहेनछ । नत्र उनले पनि दुई चार लाखको कुरा गर्थे होलान् ।
कहावत नै छ– डाँडाको घर पैराको डर भन्छन् । डाँडोका चर्चाले भरतलाई पनि छटपट्टि नभएको कहाँ हो र । तर उनलाई कसले के भन्छ भन्ने सरोकार नै छैन । बरू अगाडि नै ‘प्याच्च प्याच्च’ बोलिदिन्छन् । उपचुनाउको रमझम । सवलाई आफ्नै दाउ त हो । दिनभरी बाहुन रातभरी डाउन भने जस्तो । कोही पेट्रोलमा चम्केका छन् कोही झोलको रहरमा त कोही रिचार्ज कार्डमा भौतारिएका छन् । जे होस यस्तो कर्म त हरेक वर्ष भईदिएपनि घरभित्र थन्काएर राखेको पैसा त निस्कन थालेको छ । रातो फेटा बानेका दुई चार केटाहरू डाँडोमा नै आईपुगिसकेका छन् । केटाहरूको केही समय जागिर पाका छन् । लौ है भरत काका बुझ्नु होला ।
भरत काकाले भने– ‘के बुझ्नु नि’ । हैन अघिसम्म तारे अहिले फेरि रातो के हो केटा मैले बुझिनँ ।उसले पनि बुझाउन प्रयत्न के गर्दथ्यो । लहैलहैमा लागेको जस्तो । बोल्नेले ढंग नपु¥याउँदै अहिले पनि दिनभरको मेलो पु¥याउने त हो । बुझेर बोले पनि हुन्छ । चर्चामै आउनेगरी बोलेर के फाइदा हुन्छ । कीर्तिपुरको डाँडामा नै बसेर महिनाको दुई–चार लाख कमाउने सपना देखाउनेहरूबाट धेरै अपेक्षा ? नगरे पनि हुन्छ है भनेर उल्टै ‘माइग्रेन बढ्छ’ भन्छन् हरि दाइ । काका जिल्ल परे ।
०४६ सालपछि प्रजातन्त्र प्राप्त भएको ३५ वर्ष बितिसक्यो । प्रजातन्त्रलाई दुहुने काम मात्र भो । जनतालाई आधुनिक दास स्वीकार भो । अब त नयाँ–नयाँ कुरा पो चाहियो नि । त्यसका लागि नयाँ–नयाँ मान्छे चाहियो । यही ३५ वर्षदेखि मस्त मारिरहेका दुई दललाई सरकार त्यसका लागि नयाँ–नयाँ मान्छे चाहियो । त्यही ३५ वर्षदेखि मस्त मारिरहेका दुई दलले सरकार हाँकिरहेका छन् । अनि यिनैले फेरि हावादार भाषण गर्दछन् । जनतालाई गाँसको ग्यारेण्टी हुन पर्ने कि नपर्ने ? वासको ग्यारेण्टी गर्ने कसले ? राज्य छ भन्ने भान कसले गराउने ? यो हुन्न वा त्यो हुन्न भन्ने हो भने भने हुन्छ के भन्ने कुरा पनि देखाउनुप¥यो । उता लाल झण्डाहरूले पनि भरत दाइ चिर्पटहरूलाई कुनै न कुनै वाणले ठोकिरहेका छन् । हानिरहेका छन् ।
बूढाहरूले पार्टी हाँकेका छन् अनि सरकार पनि हाँकिरहेका छन् । युवाहरूलाई विदेश निकासी गरेर रेमिट्यान्समा ¥याल गाडिरहेका छन् । कहिले बाख्रा काण्ड त केहीले के काण्डमा मुछिनेले अहिले फेरि डाँडामा बसेर ल्यापटप चलाएर महिनामा लाखौं कमाउने सपना देखाउनु त ‘महापाप’ हो नि ! डाँडैमा बसेर लाखौं लाख कमाउँछन् भन्नु सकारात्मक कुरा होला होस् । तर, जनतालाई भ्रममा पार्न आफूले मात्र यो देशको ठेक्का हान्न खोज्नेहरूको विकल्प खोज्नु पर्दछ । विकल्प रोज्नु पर्दछ । परम्परागत दास प्रथा मात्र होइन अहिलेको आधुनिक दासबाटसमेत नागरिक मुक्त हुन सिक्नुपर्दछ । दास त दास नै हो भन्ने चेत नागरिकमा आउनुपर्छ ।