संसार भरिमा सबैभन्दा खतरनाक रोग भनेको पुँजिवादी रोग देखिन्छ ।यो सरूवा रोगले लगभग संसारमा कब्जा जमाइसकेको हामिले पाउँछौ । पुँजीवाद अनियन्तरण अबस्थामा अगाडी बढ्दै जाँदा त्यो साम्राज्यवादमा परिवर्तित भएको छ । साम्राज्यावाद मानिसको लागि घातक छ । पुँजिको विकाश हुनु नराम्रो होइन तर त्यसको आदि हुने व्यवहारले पुँजिवादी व्यवस्था आफैमा एउटा यस्तो रोग प्रमाणित हुनपुग्यो, जस्को उपचार आधुनिक बिष्फोट हो । एउटा यस्तो विस्फोट जस्ले सबै ढाँचाहरूलाई ध्वस्त पारेर न्यायसंगत नयाँ जगमा व्यवस्थालाई उभ्याउँन सकोस् ।
धन कमाउने होडमा मानिसहरू अन्धा भएकाहुन्छन् । जुनसुकै अबस्थामा पनि उनिहरूलाई धन कमाउनुपर्छ । हामीले देखिरहेका छौँ पुँजीले पुँजिलाई तानेको हुन्छ । धनी मानिसले गरिब र उनिहरूको परिश्रमलाई चुसेको छ । धनमानले विस्तारै गरिब, श्रमिक किसानहरूको परिश्रमलाई लुटेर उनिहरू ढाडिदै जान्छन् र गरिब किसान झनपछि झन सुक्दै जान्छन् । यहाँसम्म की एउटी महिलाको देह व्यापार गराएर त्यो देह व्यापारमा समेत लुट्छन् ।
महिला हरूलाई बस्तु ठानेर मोडल, सुन्दरी र सामान बिक्रीको श्रोत तैयार पार्न उनिहरूको नङ्गता प्रदर्शन् गराउँछन् । महिलाहरूको शारीरिक र मानसिक शोषण गरेर हुर्किन खोज्छन् ।
यसरी शोषक फटाहा आफै नाइके भएर यो राजनीतिक व्यवस्थालाई आफ्नै नीजि स्वार्थमा नियन्त्रण गराइदिन्छ । कोठा सञ्चालनकर्ताले त्यो कोठामा रहेका अधिकांश महिला देह कमीको कमाइ एक्लैले हसबैको भन्दा बढी रकम कोठा बापत लिन्छ ।
ती महिंलाहरूले खानको लागि मात्र देह धन्दा गरेका हुन्छन् भने त्यो ठेकेदारले मुनाफाकमाउन उनिहरूलाई देह धन्दा गराएको हुन्छ । जुनसुकै निकाएंमा पनि यही प्रकारको व्यवहार देख्न सकिन्छ ।
राजनीतिक पार्टीहरूले भ्रष्टाचारको बिरोध गर्दागर्दै आफै भ्रष्टाचारमा लिप्त हुनपुग्छन् । जुनसुकै झण्डा उठाएपनि उनिहरू मध्य धेरैजसोको मुख्य उदेश्य पद प्रतिष्ठामा पुगेर देश र जनताको दोहन गर्नेनै भयो । जहाँ पनि घटिया राजनीति लुटतन्त्र चलेकै हुन्छ । धनमानले देश र जनतालाई लुटेर आफ्नो साम्राज्य खडा गर्ने प्रयत्न गर्दछन् ।
हाम्रो छिमेकी भारतको आजादी भन्दा पहिले भारतीय केही धनीहरू अंग्रेजको जी हजुरीमा आफ्नो शान सम्झिन्थे । आजादी पछि केही धनिहरूले अंग्रेजकै पद चिन्हमा हिंडे र देशलाई पनि उतै लतारदै गए । उधारणका लागि यस्तै मानिसको भिडमा केही सिक्काहरू फ्याँकेपछि त्यो भिड आ–आफ्नो समस्या भुलेर सिक्काहरू बटुल्न थाल्छन् । त्यही प्रकारले जस्तोकी भारतमा सुरू सुरूमा जीओ कम्पनीले नेट सेवा फ्री गरायो । जिओको फ्री नेट पाएपछि सबैले जीयोका ग्राहक बने । जब दुइ तिहाई संख्या जीयोका ग्राहक भए । उसले सुल्क सुरू गर्यो तर अरूको भन्दा कम विस्तारै अहिले जीओको शुल्क अरूको मुकाविलामा कम छैन । नेपालमा पनि यही र यस्तै भइरहेको छ ।
हात हातमा मोवाइल, कोठा कोठामा कम्प्युटर, मानिसहरू नेटको आदी भए अब उनिहरूले जति मूल्य चुकाएर पनि नेट चलाउनै पर्छ । भारतमा मुकेस अम्वानी ,अनिल धिरूभाई अडानी लगायतका धनीहरूको कब्जामा अहिले पनि राज्य व्यवस्था छ । नेपालमा पनि सञ्चारकर्मी र नेट व्यापारी शक्तिशाली छन्, अर्थतन्त्र व्यापारीमै निर्भर छ ।
साम्राज्यावादको व्यवहार यस्तै प्रकारको हुन्छन् । एउटा धनी देशले अरू गरिब कम्जोर देशहरूको सार्वभौम सत्तामा आफ्नो हक जमाउने प्रयत्न गर्नु जस्तै हो । मानिदेऊँ हाम्रो देशमा एउटा सहरको बजारमा यहाँ भएका धेरैजसो व्यापारीहरू लोकल हुन् । यही बाजारमा एउटा ठुलो सुपर मार्किट बनाईदिएर साना पसेलेलाई विस्तारै सुकाइदिन्छन् ।
नजिकैको एउटा दोकानदारले दुई रूपिँया नाफ कमाइन भने उस्को अबस्था कम्जोर हुँदैजान्छ । तर सुपर मार्किटले एकै रूपियाँ फाइदा लिएपनि उस्ले धेरै धन् कमाएको हुन्छ । त्सकारण उसलाई यो सहरका अन्य दोकानदारहरूलाई सुकाउँन धेरै समय लाग्दैन । अहिले पनि त्यो प्रयत्न हुँदै आएको देखिन्छ । ठाउँठाउँमा एनजिओ र आइएनजिओले यस्ता प्रयासहरू गर्दै आएका हुन्छन् । उनिहरूले कमिसनको लोभ देखाएर महङ्गा महङ्गा औषधीहरू र अन्य समानहरू बेच्न लगाएर बजारलाई ध्वस्त पार्ने गर्दै आएको हामीले पाउछौँ ।
साम्राज्यबादी रणनीति भनेको विश्वमा आफ्नो अधिपत्य कायम राख्ने हो र उनिहरू त्यसैमा लीन हुन्छन् । स्वयम पुँजिवादी देशहरू स्वार्थमा यो कुरा भुसुक्कै बिर्शिएका हुन्छन् की उनिहरू पनि साम्राज्यावादको घेराभित्र छन् । तर पनि उनिहरू साम्राज्यावादको वकालत गर्न छाड्दैनन् । पहिले लोभमा पछि वाध्यतावस उनिहरू साम्राज्यवादको गोटी बनेका हुन्छन् । पुँजिवादले प्रत्येक व्यक्तीमा पुँजिको नशा पैदा गर्दिएको छ । बाले छोरासँग छोराले बा सँग कमिसन खाने नियती पैदा गर्दियो । आज कसैलाई पनि कसैको सरोकार छ भने त्यो हो पैसा ।
हाम्रो जस्तो गरिब देश जसको एउटा शिक्षण संस्थामा आफ्ना कर्मचारीहरूलाई दिने तलब र भत्ता छैन । गाउँलेहरूले चन्दाको रूपमा आर्थिक सहयोग गरेर स्कुल सञ्चालन गरेका हुन्छन् । यही देशको एउटा बोडिङ स्कुल नीजि विध्यालयले ठुलो मुनाफा आर्जेको हुन्छ । हाम्रो देश कता जाँदै छ ? एकातिर हामिले भन्छौं हामी धार्मिक हौं । धर्म क्रममा बिश्वास राख्छौँ । पूजापाठ गर्छौं अनि त्यसपछि के गर्छौं त ? अब हाम्रो व्यवहारतिर जाउँ, क्षणभर निधार खुम्चाएर दैनिक व्यवहार नियालौं र सोंचौं– हामी साँच्चै धार्मिक हौं त ?
एकातिर धर्मकै नाममा नाङ्गा खुकुरी खुंडा प्रदर्शन गरेर धर्मको उपहास गरेका हुन्छौँ । पशुको बली दिएर आफुलाई अब्बल दर्जाको धार्मिक ठान्छौं । परमपराको नाउमा हिंशात्मक गतिबिधी गरेर आफुलाई अहिंशाका पुजारी ठान्छौं । समाजलाई पाषाण युगतिर धकेल्दै छौं ।
के मठ मन्दीर जानु भजन किर्तन गर्नु धर्म हो त ? यो त एउटा सामाजिक परम्परा मात्र हो । धर्म भनेको त मानवतावादी, जीवजन्तुको रक्षक असहायहरूको उत्थान आदि हुनुपर्छ । लक्षहोम, बत्ती बालेर सप्ताह लगाएर, दान दिएर मात्र धर्मको कल्पना गर्नेहरूले बुझि राख्ने कुरा हो । प्रमुख मानवता हो ।
सक्छौं भने धर्म देखाउन होइन अपनाउने गरौं । धर्म मानवतामा छ ।
विद्यालयमा शोषण छ । सरकारले विध्यालय व्यवस्थापनबाट आफ्नो हात हटाएर समाजको हवाला छाड्दिएको छ । जहाँ जस्तो समाज उस्तै त्यहाँको व्यवहार हुन्छ । त्यसो गर्नु र गराउनु विध्यालय व्यवस्थापनको वाध्यता भएको छ । सरकारसँग विध्यालयमा खर्चिने आर्थिक श्रोत छैन । त्यसैको परिणाम हो सरकारी स्कुलमा सप्ताह लगाउने गरिन्छ । त्यसबाट आएको केही रकमबाट भवन मरमत वा मास्टरहरूलाई तलबको व्यवस्था गर्ने गरिन्छ । यस्तो दयानिय आजको शिक्षण संस्थानको अवस्था छ । शिक्षाको गुणस्तर कसरी सुध्रिन्छ अनि । त्यसैले गर्दा नीजि स्कुलहरू मुनाफामा छन् र उनिहरूले सरकारी स्कुलले जस्तै कष्ट गर्नुपर्दैन ?
अहिले त देश चलाउन पनि दाता खोजिरहेका हुन्छन् । त्यसैको परिणाम हो, एमसीसी, बीआरआईजस्ता योजना ।
एकातिर हाम्रो सम्विधानले हाम्रो मूलुकलाई समाजवाद अनमुख र समावेसी भनेको छ । अर्कोतिर शिक्षाण संस्थाहरूको यस्तो दुर्गती छ । देशको कम्युनिष्ट आन्दोलन आफै पनि आध्यात्मिकवादी जगमा उभिएको छ । जस्को उदेश्य समाजवाद साम्यवाद होइन धनवाद र साम्राज्यावादको पिछलग्गु बन्नु हो । कम्युनिष्ट नेता भन्नेहरू भ्रष्टाचार, अनैतिकता, मानव तस्करमा मुछिएका छन् । कहालिलाग्दो कम्युनिष्टको अवस्था देखिन्छ । यिनले गर्ने समाज परिवर्तन, संस्कृती रूपान्तरण कस्तो होला ? यसको अर्थ आमूल परिवर्तन जरूरी भइसकेको छ । व्यक्ती भित्रको सोंचमा परिवर्तन् नहुँदासम्म समाजलाई बदल्न सकिदैन । आजको यो अनियन्त्रि भैष्ट पुँजिवादी समाजले जानी नजानी साम्राज्यवाद बोकिरहेको छ । जो मानवता र परिवर्तनको ठूलो दुश्मन् हो ।