Advertisement Banner
Advertisement Banner

२८ मंगलबार, माघ २०८२10th February 2026, 12:33:31 am

वेदान्त–विज्ञानबारेमा भएको काठमाडौं सम्मेलन

२५ मंगलबार , मंसिर २०८१एक बर्ष अगाडि

वेदान्त–विज्ञानबारेमा भएको काठमाडौं सम्मेलन

जीवनको उत्पत्ति र विकासक्रममा वेदान्त र विज्ञानबीच संवाद विषयक दुई दिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ९ गते सम्पन्न भएको थियो । यो सम्मेलनमा नेपाल, भारत र अमेरिकाका करिब ३० आध्यात्मिक चिन्तक र विभिन्न विश्वविद्यालका प्राध्यापकहरूद्वारा कार्यपत्र प्रस्तुत र बहस गरेर सम्पन्न भएको हो ।
यो सम्मेलन श्रीचैतन्य सारस्वत सभा नेपाल, श्री चैतन्य सारस्वत संस्था पश्चिम बंगाल भारत र सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको आयोजना तथा अक्षरा स्कुलको सहआयोजनामा काँडाघारीस्थित अक्षरा स्कुलमा गरिएको थियो । आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि यो सम्मेलन महत्वपूर्ण मानिएको छ । जीवन र जगतका लागि संवादका माध्यमबाट अध्यात्म र विज्ञानको क्षेत्रमा मात्र नभई जीवनको अस्तित्व र ब्रह्माण्डको गहिरो अर्थबारे नयाँ अवधारणा अघि सारेको छ । केही बक्ताले नयाँ पुस्तामा सनातन परम्परा एवं संस्कृतिको उचित हस्तान्तरण नहुँदा पूर्वीय संस्कार र सभ्यता कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै नयाँ पुस्तामा आफूभित्रको ब्रह्मको पहिचान गराएर अगाडि बढ्न प्रेरित गर्नुपर्ने बहस पनि चलेको थियो ।
सभापति एवं सम्मेलनका निर्देशक भारत पश्चिम बंगालस्थित चैतन्य सारस्वत मठका आचार्य डा. भक्ति निष्काम सन्त माहाराजले जैविक र रासायनिक प्रक्रियामा आत्मतत्व सम्मिश्रणबाट जीवनको उत्पत्ति र विकास भएको विचार प्रकट गरेका थिए । उनले डार्बिनको विकासवादी सिद्धान्तले मात्र जीव उत्पत्ति र विकासको सिद्धान्त व्याख्या गर्न नसकिने बताए । वैदिक अवधारणालाई समेट्नुपर्नेमा अधिकांश बुद्धिजीवहिरूको धारणा रहेको थियो ।
जीवन के हो, जीवनको उत्पत्ति र विकासमा वेदान्तको योगदान कति छ, २१औं शताब्दीमा जैविक अध्ययनको अवधारणात्मक अनुभूति, एक कोषीय जीवको उन्नत चेतना र अनुभूति, जैविक र अजैविक प्रणालीको गहिरो अवधारणात्मक विषयमा त्रिविका प्राध्यापक डा. रजनी मल्ल, प्राध्यापक डा. मोहन खरेल, चैतन्य सारस्वत संस्थाका डा. भक्ति विज्ञान मुनि महाराज, भारतका विभिन्न विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक डा. एमबी जगन्नाधम, डा. मोहन राव, प्राध्यापक डा. कुमार भान्का, डा. सुमंगलादेवी दासी, कृष्णकेशव दास, डा. रमेशबाबु गोगा आदि बक्ताले कार्यपत्र प्रस्तुत गर्दै बहस अघि बढाएका थिए ।