Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

मलाई सपनामा सुनाइएको कथा - गोविन्द बोहरा

१९ बुधबार , मंसिर २०८११८ दिन अगाडि

मलाई सपनामा सुनाइएको कथा 
- गोविन्द बोहरा

सपनामा आएर कथा सुनाउने पात्र अहिले लुकाएर राखिएको भनिने चर्चित नाम ! अनुमानित मिति २०६९–७० सालतिर सुदूरपूर्वी उत्तर पहाडका एकजना दूध कटुवा तर प्रतिष्ठित व्यक्ति, जस्लाई पछि टुक्के प्रमुख पनि भन्न थालिन्छ । उनीको निजि प्रेस संयोजक पनि भनिने रहेछ, अन्दाजी ४५ कटेको जस्तो, उनी जेलमा थुनिएका हुन्छन् !
कथा सम्झे अनुसार हिरा लुटेको अभियोगमा प्रहरिले ती उपनाम ‘हिरा’ आचार्यलाई पक्राउ गरेर थुनेर राखेको स्थान भिमफेदी भनिएको छ ।
जहाँ ठगी ब्यापार भनिने नेटवर्किङ कारोबार गरेको भनी सरकारले संचालकको हैसियत भएको भन्दै हिरा लुटेरालाई राखेकै जेलमा नेट्वर्किङ कारोबारीहरू मध्यका एक महान ‘पुरूष’ थर भएकालाई पनि राखेको रहेछ । तब महान सहकारी ठग्ने योजना बन्छ ।
सहकारी खोल्ने र सहकारीमा जम्मा भएको रकममध्ये करिब ६० प्रतिशत पैसा संन्चालकले चलाउने अनि ४० प्रतिशत जति सहकारी कारोबारमा प्रयोग गर्न मिल्ने गरी अगाडी बढ्ने ।
साथै सहकारीमा थुप्रो पैसा जम्मा गर्न माहिरहरूको साथ लिने अनि शक्तिशाली व्यक्तित्व र सहकारी बैंककै अध्यक्ष बनिसकेका मानिस समेतलाई खोज्न सकेमा पैसा चलाउन पाइने योजनाकारहरूले योजना बनाउँछन ।
लगत्तै योजना कार्यान्वयनको लागि जेलबाट बाहिर आउन पर्ने हुनाले जेलबाट निकाल्न सक्ने शक्तिशाली व्यक्ति समेत खोजिन्छ र त्यस्तै गरिन्छ । झापातिर पछि बसोबास गर्न आईपुगेका र लामो समय जेल जीवन समेत बिताएकासँग सम्पर्क भएका मुख्य योजनाकार मध्य एकजनाले भन्छन् हामीलाई बाहिर निकाल्न ल्याकत राख्ने एकजना छन् । अझ उनीलाई हाम्रो योजनाका मुख्य सल्लाहकार बनाउन सकेमा अथाह पैसा पनि जम्मा हुन सक्ने र थप पैसा समेत कमाउन सकिने उपाय समेत उनलाई थाहाँ छ भनेपछी पहिला जेलबाट निक्लने र त्यसपछी कार्य अगाडी बढाउने निर्णय गर्दै योजना साकार पार्न तयार हुन्छन् ।
नभन्दै नयाँ शक्ति सहितको नयाँ जीवन जिउन पाइने आशाको अपेक्षा सहित खुसिले गदगद हुँदै गर्दा मिटिङको समय तोकिएको हुन्छ । सबै सिधै मिटिङ्गमा जम्मा हुन्छन् । मिटिङ्गमा अनुहार हेर्दा त, घागडान घागडान नेता देखि चर्चित चर्चित अनि राजनीतिक निर्णय गर्ने अधिकार राख्नसक्नेसम्मका व्यक्तित्व । परिचय सुन्दा त, कोहि काभ्रेबाट चुनाव जितेका सांसद भनेर परिचय दिदै थिए, कोहि झापाबाट, कोहि ओखलढ्ङ्गे खतिवडा रे, कोहि तनहुतिरका पछि काठमाडौं आएपछी बिध्यार्थी नेता बनेका रे, कोहि काठमाडौको साखु तिरबाट श्रीमानको ठाउँमा चुनाव उठ्दा त्यही क्षेत्रबाटै चुनाव जितेका सांसद रे, कोहि मकवानपुरतिरबाट नेताको छवि बनाएको मान्छेरे अनि एकजना त सहकारी बोर्डका प्रमुख तथा नेता दुबै भइसकेका व्यक्तिका छोरा समेत कति कति पावरफुल मान्छेहरू ।
अथाह पैसा सहकारीमा आउने पक्का । त्यसपछि थप योजना बन्दै जान्छ र क्रमशः टाइकुन मिडिया खोल्ने अनि मिडिया चलाउन मिडिया क्षेत्रका नामुद नाम कमाएका मान्छेहरूलाई जति पैसा तिरेर भएपनि ल्याउने र नेपालमा अर्को धमाकेदार ठूलो मिडिया हाउस चलाउने । योजना पनि कति पक्का भने अमेरिकाबाट आएकादेखि चर्चित हिमालको नामबाट कम्पनी खोलेका मालिकसम्मलाई राखेर मिडिया चलाउने । अझ केही गरि पैसा जम्मा नभएमा झापा तिरका घगडान डनले पैसा जसरीपनी जम्मा गर्न उर्दी जारी गरिदिने भने ।
अब मिडिया नै चलाउने भएपछी भनेको जस्तो आफ्नो स्वार्थ पूरा गर्न मिडियामा चर्चित सिनेकर्मी देखि आँखै नदेख्नेसम्मकालाई र स्थापित मिडियाका चर्चित हस्तिलाई जम्मा गरेर धुमधमकाका साथ  सार्वजनिक घोषणा गर्ने निर्णय हुन्छ । जब टिमले नै पैसाको अलिकती पनि कमि नहुने बुझ्छ तब मिडिया उद्घाटन र कार्यक्रम घोषणा पनि सानोतिनो ठाउँमा के गर्नु भनेर नागपोखरी तिर रहेको ठूलो घरलाई नै घोषणा गर्ने ठाउँ बनाउने निर्णय गर्छन् र कार्यक्रम पनि भनिएको र बनाईएको योजना जस्तै गरि सबै मान्छे जुटाएर गरिन्छ ।
त्यसपछि सुरू भएको देखिन्छ नेपालकै हाई क्वालिटी सहितको मिडिया कर्म ! नभन्दै मिडिया घोषणा सँगै सुरूसुरूमा पूर्व योजना अनुसार नै जताततैबाट पैसा आफैं आएर जम्मा भएको छ– छ । 
पैसा जति आएर जम्मा भएपनि पैसा बाहिर जाने पनि त्यस्तै । जसरी आएको त्यसरी नै गइरहेको त्यस्तै देखिन्थ्यो । मैले सपनालाई सम्झे अनुसार पैसा हाई क्वालिटिको यन्त्रले फुत्त फुत्त जादु गरेजसरी आफैं तानेर लग्ने । यसरी भकारी सहकारी खुल्छ अनि मिडिया पनि खुल्छ र चलेको देखिन्छ पनि ।
भकारी सहकारीबाट ऋण लगानी पनि हुन्छ,  त्यहि योजना अन्तर्गत अमेरिकी पाहुनलाई सुरूमा ४के जति दिन्छन् । अमेरिकन पाहुनाले गोपिकृष्ण हलपछाडी जस्तो लाग्ने ठाउँ तिर ४ रोपनी जतिको जग्गा पनि किन्छन् । क्रमशः ऋण लगानी गरिरहँदा भक्तपुर तिर घर भएका बस्नेत  नेता भनेर चिनिने केटाको बुबा आमा बहिनी र छोरालाई समेत पैसा लगानी गर्छन् । हुँदाहुँदा एक रेस्लर खेलाडी बन्छु भन्ने खड्कालाई पनि लहलहैमा लागेर लगानी गरेको देखिन्छ ।
यसरी रोमान्चक कथा सपनामा क्रमश देख्दै थिए । तर एकाएक बीचमा के भयो कुन्नि अमेरिकी पाहुनालाई नेता बन्न मन लागेछ क्यार स्वाट्ट मिडिया छाडेर नेता बन्छु भनेर फुत्तै निस्केर आफू त नेता हुनलाई जन्मेको भनेर सुगारटान गरे जसरी रटिरहनु हुन्छ ।
उनले बेलाबेलामा भनेको सम्झिदा के भन्थे भने, भगवानले पूर्व जन्मको फल दिएको छ, मलाई केको डर ? पछि त ऋण दिएको पैसाले मलाई डुबाउने भन्दै छट्पट्टिएर रन्थनिएका देखिन्थे । 
ती त ओखलढुङ्गे पो रहेछन् । यो उनि छटपटाएपछी भने र थाहाँ पाइयो । बिचरा जब बेहोसीबाट बिस्तार बिस्तार ब्युँझिएर उठ्यो तबबाट ओखलढुङ्गे केटोले केही उपादेयता खोज्न पर्छ भन्ने ठानेछ क्यार उस्ले नयाँ नाम लिस्ट बनाउन लाग्छ । लिस्ट अनुसार नै होला उस्को लागि भरपर्दो जङ्गल पार्टीलाई सम्झन्छन् र त्यही पुग्छन् । त्यहाँ पुग्नुको कारण सायद  कहि न कहि केही न केही गलत मुद्दामा संलग्न भएकाहरू तिनलाई थाहा भएकोले उनी त्यहाँ पुगे । नभन्दै जङ्ग्ली टिममा केही पहेला धातु काण्ड देखा पर्न थालिसकेका थिए ।
पछि के थाहा पाइयो भने पहेलो धातु त नयाँ जङ्गलीहरूको खाजा खाने खजाना बिस्कुट पो रहेछ । ती फेरि कति रिष्ट्पुष्ट देखिन्थे भने कुरै नगरौं । 
बिचरा ती ओखलढुङ्गे केटोले राहात महसुस गरेजस्तो प्रस्टै देखिन्थ्यो । पछि त कथा जति अगाडी बढ्छ कस्तो रमाईलो सिन देखिन्थ्यो भने, पहेलो बिस्कुटलाई खाजा बनाएर खानेहरू अनि राता राता चक्रे काठका दाउरामा बसेर घासेकिरा सँगै ग्वाम ग्वाम पार्टी खान बसेका रमाईलो सिन । एकाएक सिन बद्लिन्छ । ओखलढुङ्गे केटो पैसाकै डस्ना र सिरानी सिएर त्यस्मै सुत्ने योजना पो बनाउँछ । केटो लाग्छ त्यो सिरक डस्ना बनाउनतिर । ओखल्ढुङ्गे केटो बहिर जान निक्लेको मात्रै के खोजेको थियो, झापाली डन देखि सबै मिलेर बाहिर जाने सबैबाटो भरि पर्खाल पो लगाईदिइ सकेका रहेछन् । केटो फेरि एकछिन रन्थनिन्छ । यही समयमा जङ्गलराजका प्रमुख भन्दा तलका एकजना रङ्गिन दुनियाँको कथा सुनाउने कार्यक्रम बनेको भनेर बुटवल तिरको पैसाको एउटा घर कुर्न लगाएको पालेले पो एकाएक खबर गर्छ । ओखलढुङ्गे केटो अबभने दङ्ग पर्छ, र हत्त न पत्त कथा सुन्न जान्छ त त्यहा पनि फेरि पहेलो बिस्कुटको खाजा खानेहरू देख्छ । उस्को पालो पहिला सबैको कथा सुन्छ र अन्तिममा आफ्नो कथा सुनाउन प्रस्ताव गर्छ र कथा सुनाउदै जान्छ । हेर्नुस हजुर बिस्कुटले कहिलेकाही क्षरपाटी पनि लाग्न सक्छ । उसले एउटा प्रस्ताव राख्छ– आफू विदेश नगई नहुने भएकोले पर्खालमा  प्वाल पारिदिन र निस्किसकेपछी प्वाल टालिदिन भन्छ । निर्णयाधिकारि हौसिदै त्यो काम तुरून्त गर्न मान्छे खटाईदिए !
ओखलढुङ्गे केटो लाग्यो सिरक डस्ना बनाउन विदेश ! जब केटो विदेश पुग्छ नि उस्ले नेपालको घट्ना सुनाउन थाल्छ ।
मेरो भकारी नामको सहकारी थियो । के गर्नु म अभागिको खप्पर नै सानो । एक नाइके अमेरिकन दाजुले जब २१ तोपे सलामी खाने अनुमति पाए नि, तीनछ्क परे । महाराजाको जिन्दगी बिताउने योजना समेत थियो, त्यो सबै तुहियो । एक्कासी झापाली डन सरले २१ तोपेलाई एउटा सिङ्गै घर रेखदेख गर्ने जिम्मेवारी दिने खबर पाए । म आफैं शुभकामना पनि दिएकै थिए ।
केहिदिन मात्र के बितेको थियो,  साथीले त्यो घर त जागिरले खाएको भुतघर पो रहेछ भन्छ यार । भन्दै भन्दै त्यो भुतघरमा फेक करेन्सि आमदानीको श्रोत पनि भएको थाहा पाए नि भन्छ । यत्ती सुनिसकेपछी थप नयाँ कार्य गर्ने योजना बनाए, पाले साथीलाई सहयोग गर्न भने । 
यो हाम्रो संयुक्त योजनाको सुईको कताबाट पहेलो बिस्कुटलाई ओहरदोहर गर्न सघाईदिने एकजना पहिले भटेनी तिरका अहिले किभका अधिकारी जो सधै निलो लुगामा देखापर्छन्, तिनले पो थाहा पाएछन् । त्यसपछि निले अधिकारीको पो निद उडेछ । यस्को कारण रहेछ, उनले बिस्कुट ओहरदोहर गर्दा दुई चारवटा पुरिया खल्तिमा हाल्ने गरेका रहेछन् । त्यो मेरो नयाँ जागिरे केटोले थाहाँ पाएको रहेछ । बचाइदिन  म कहाँ आइपुगेको रहेछ । म फेरि दयालु मान्छे–  हुन्न किन भन्थे र । मैले निले दाजुलाई सक्दो कोसिस के गर्न थालेको थिए, जागिर खाँदा उल्टो कागजपत्र बुझाएको उस्को हाकिमले थाहा पाउने बित्तिकै एकमहिनामै निकाला गरिदिइ त हाल्यो । त्यसपछि त केको हुन्थ्यो । पछि त मैसँग पो त्यो निलेले उल्टो निहुँ खोज्न थाल्यो । मेरो पालो नसकिने भो भनेर पर्खालको प्वालबाट टाप कसेर आईपुगे विदेश ।
बिदेश आएपछी पनि छाडेनन् । मेरो पैसैपैसाको घरका सदस्यले निहु खोजेर कस्को उक्साहटमा हो उजुरी गरेछन् । मेरो केटोलाई पनि त्यस्कै घानमा मुछेछन् । त्यो सुनौलो पैसैपैसाको घरमा महाराजा हुने योजनाको प्रमुख म थिएँ । तर मेरो केटो निकै आत्तिएको छ । मैले केही गर्न सक्ने अवस्था पनि भएन । म फिल्म अगाडिको ट्रेलर मात्र हेरिरहेको छु । हेर्दै जाउ अगाडी । तर रमाईलो के छ भने बिचरा ती मेरा हजारौं सदस्यले उजुरी जति गरेपनी म आफू विदेश भएकोले के कसरी न्याय पाउलान् भनेर अहिले सोचिरहेको छु ।
मेरो नामबाट समाचार बनाईरहेको  हेरिरहेको छु । म दोधारमा छु । कहिले त मलाई लाग्छ– मलाई पनि भगवानको दर्शन पो गराउछन् कि क्या हो !
जे होस् मुख्यकर्ता म नै भएकोले सारा समस्याको निदान गर्ने मूल दायित्व मेरो नै हो । नत्र उहीँ हाम्रो देशमा चली आएको कथा माथिका कथाहरू...बाँकी यहाँहरूले सुनाउने कि ! 
गोविन्द बोहरा –ब्रह्माण्ड’, हाम्रो पार्टी नेपालका केन्द्रिय संयोजक ।