Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

गोरु नै जोत्न जाने त रामचन्द्रजी

२३ मंगलबार , चैत्र २०७२११ बर्ष अगाडि

 हिजो विधान संशोधन र कार्यसमितिको बैठक सम्पन्न गरेको नेपाली कांग्रे भोलि संसदीय नेताको चुनाव गर्दैछ। यो चुनावमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलवीच नै प्रतिस्पर्धा हुँदैछ। विशेष परिस्थितिमा बाहेक सभापति नै संसदीय दलको नेता हुने र संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने अभ्यास रहेकाले सभापति शेरबहादुर देउवा संसदीय दलको नेता हुन इच्छुक भएका हुन्। सभापतिमा रामचन्द्र पौडेललाई भारी मतले पराजित गरेका शेरबहादुर देउवा उत्साहित छन् भने रामचन्द्र पौडेल राजनीतिक जीवनको अन्तिम दाउपेचमा लागेका छन्। संसदीय दलको नेतामा पनि रामचन्द्र पौडेलले हार खाएपछि कांग्रेस हाँक्न नसकेका पौडेल गोरु जोत्न जानेछन् भन्ने चर्चा सुरु भइसकेको छ।

पहिले देउवाले पार्टी फुटाएका थिए र संस्थापनका नेता गिरिजाप्रसाद कोइरालासँग साठी चालिसको सहमति गरेर एकीकरण हुन पुगेका थिए। तिनै देउवा यतिखेर संस्थापन पक्ष बन्न पुगेका छन् भने संस्थापनका नेता रामचन्द्र पौडेल देउवाका प्रतिपक्षी, प्रतिस्पर्धी बन्न पुगेका छन्। देउवाले सभापति र संसदीय दलको नेतासमेत आफै बन्ने अठोट गरेकाले कांग्रेसभित्र फेरि विवादको जन्म हुनपुगेको छ। पार्टीका उपाध्यक्ष रामचन्द्र पौडेल पहिले १७ पटक प्रचण्डसँग प्रधानमन्त्रीको निर्वाचनमा हार खान पुगेका थिए। अव आफ्नै पार्टीभित्र देउवाको अछुत व्यवहार खपेर केन्द्रीय सदस्यमा झुण्डिरहलान् कि यसैगरी गोरु जोत्न जालान्? २४ गतेपछि कांग्रेसी तमासा देखिनेछ।