यति भन्ने हिम्मत कुनै युवा नेतामा देखिएन । ०४६ सालपछि भ्रष्टाचार र अनैतिकताको बाढी नै आयो, राजनीति असफल भयो । यही लाभ उठायो भारतले र माओवादीलाई जनआन्दोलनमा मिसाएर २०६३ सालमा जनआन्दोलन सफल पारिदियो । जनआन्दोलनको सफलतापछिका १८ वर्षमा पनि उही भ्रष्टाचार, अनैतिकता, नीतिहीनता, बेइमानी, जनघात, राष्ट्रघात, जनमतको अपमान भइनै रहेको छ । यो सबै देखेर बरिष्ठ पत्रकार कमल कोइरालाले राजनीतिक मूल्याङ्कनको वास्तविकता बताइदिएका छन्– यस्तो पनि लोकतन्त्र हुन्छ ?