Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

डा.केआई सिंह काठमाडौं कब्जा नगरी भाग्नु परेको वास्तविक कारण

१६ आइतबार , मंसिर २०८१एक महिना अगाडि

डा.केआई सिंह काठमाडौं कब्जा नगरी भाग्नु परेको वास्तविक कारण

नेपाली काङ्रेस भित्रको किचलोको कारण डा. केआई सिंहले बिद्रोह गरेका थिए । लेखिए अनुसार उनी सच्चा देशभक्त सिपाही थिए । भैरहवा क्षेत्रमा उनले गरेको बिद्रोह नेपाली सेनाले नियन्त्रण गर्न सक्ने स्थिति छँदाछँदै  पनि  मातृका सरकारले भारतीय सेना बोलाएर नेपाली सेना समेतको संयुक्त प्रयास बाट  केआई सिंह र उनको टोली समातिएका थिए । 
डा.केआई सिंह लाई समातेर सिंह दरबारमा राखिएकोमा उनले काङ्रेसकै मुक्तिसेना (रक्षा दल ? ) लाई मन जितेर सेन्ट्री मा बसेका ती मुक्ती सेनाले  केआई सिंह लाई जेल मुक्त हुन सघाए । 
त्यसपछी उनले काठमाडौं लाई झन्डै झन्डै नियन्त्रणमा लिए । अन्य जेल खोलेर  उनका सहयात्रीहरु नेपाली सेनाका घोडा चढी फौजका जमदार  भगौडा जमदार  राम प्रशाद राई लगायतलाई नक्खु जेलबाट छुटाएका थिए । नेपाली कांग्रेसका नेता बेनी बहादुर कार्की र जर्नेल मेघ बहादुर कार्की का पिता नेपाली सेनाका कप्तान खड्ग बहादुर कार्कीलाई पूर्व (भोजपुर हो वा खोटाङ ?) मा यिनै रामप्रसादले मारेका थिए । लगनखेल ब्यारेकमा कप्तान खड्ग र जमदार रामप्रसाद दाजुभाई जसो गरी मिल्थे (मेघबहादुर जरसाब सँगको बार्ता अनुसार) । कप्तान खड्गको घरमा आउजाउ थियो उनको । 
उनलाई के थाहा  थियो भने नेपाली सेनाका हातहतियार, गोलीगठ्ठा  काठमाडौं   को टुडिखेल मुनी (टु मु) कोत र टुडिखेलमाथि (तु मा) कोतमा राखिएको र तीन लाई तुरुन्त कब्जामा लिएर मातृका सरकारलाई अपदस्त समेत् गर्न सकिन्छ ।  
त्यसपछि केआई सिंहको टोली उक्त दुबै कोत घरहरुमा हतियार – गोली  कब्जा गर्न गए । हतियार पनि कब्जा गरे । तर हतियारमा गोली भर्ने भाग, गोली पड्काउने पुर्जा लगायत झिकिएका हतियार थिए, कोतमा । अर्थात हतियार पड्कने र प्रयोग गर्ने हालतमा थिएनन् । त्यसपछि केआई सिंह र उनको टोलीलाई आपत प¥यो । उनीहरुले केही गर्न नसक्ने भए पछी भागेका थिए । 
हतियार किन त्यस्तो हालतमा थिए त ? 
क) जब बि स १९४२ सालमा धीर सम्सेर राणाका १७ भाई मध्य उमेर पुगेका छोराहरु मिली काका श्री ३ रणोद्दिप सिंह राणाको हत्या गरी वीर शम्सेर श्री ३ बने,   त्यस पछीका दिनहरुमा अब सेनाका हतियार गोली गठ्ठा  लगायतलाई नियन्त्रण मा राख्न ती हतियारको गोली भर्ने ठाउँ, नट, बोल्ट, फायरिङ्ग गर्ने पिन लगायत छुट्याएर फरक फरक ब्यारेकमा राखिन्थ्यो ।
ख) ती फरक फरक स्थानका साँचो खोल्न ३ जनासँग (३ साँचो श्री  ३ को आदेशमा को कस्ले राख्थे साँचो ? कृपया सुझाब दिनु होला) भएको साचो संकलन गरेर मात्र कोतहरु खोल्न सम्भब थियो । श्री ३ को आदेस मा मात्र ती कोत खुल्थे । बास्तबमा श्री ३ हरुले आफु मरियला भनेर बनाइएको ब्यबस्था अर्थात सतर्कता थियो । हातहतियार नियन्त्रण गर्ने मामिलामा यसलाई मैले सही काम ठानेकोछु ।
यदि कोतमा राखिएका हातहतियार गोली हाल्न र पड्काउन मिल्ने साबुद भएका भए केआई सिंहले सत्ता परिवर्तन गर्ने बलियो सम्भाबना थियो भन्ने कुरालाई नकार्न सकिन्न । 
माथिका विवरण मैले दोस्रो बिश्व युद्धका मिलिटरी क्रस (एमसी)  कर्नेल बल बहादुर सिलवाल खत्रीका छोरा कर्नेल झँक बहादुर सिलवालबाट पाएको हुँ ।

  • प्रेमसिंह बस्न्यात्