Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गोवाको नियति नेपालमा दोहोरियला ?

११ मंगलबार , मंसिर २०८११६ दिन अगाडि

गोवाको नियति नेपालमा दोहोरियला ?

दीर्घराज प्रसाईं– - - -
एउटा तीतो ऐतिहासिक घटना– सन् १५६० पछि गोवामा अमानवीय क्रुर बीभत्स कार्य गरियो । त्यसबेला क्रिस्चियन विरोधीलाई जिउँदै जलाइन्थ्यो र हिन्दूहरूको सम्पत्ति चर्चको सम्पत्ति बनाइन्थ्यो । हिन्दू महिलाहरूलाई बलत्कारपछि जिउँदै आगोमा जलाइन्थ्यो ।
गोवामा कुनै पनि गैरक्याथोलिक अर्थात् हिन्दूलाई आफ्नो सम्पत्तिमाथि अधिकार थिएन । कुनै हिन्दूले घरमा शालिग्राम र तुलसी राखेमा मृत्युदण्ड दिइन्थ्यो । आफ्ना परम्पराअनुसार कुनै कर्म गरिँदा उनीहरू मारिन्थे । हिन्दू रीतिरिवाज मान्दा मृत्यदण्डको सिकार बन्नुपथ्र्यो । यसरी आफ्नो धर्म लाद्न भारत वर्षमा हजारौं हिन्दू पुरूष र महिलाहरूलाई क्रसमा बाँधेर जलाइयो । यो क्रम सन् १८१२ सम्म गोवामा चलिरह्यो । हिन्दूहरूलाई मृत्युदण्ड दिंदा दुवै हात पछाडि बाँधेर खुट्टालाई जमिन नछुने गरी झुन्ड्याइन्थ्यो र झड्का दिएर मारिन्थ्यो । अहिले नेपालमा त्यस्तै गर्न खोजिएको छ । अमेरिकी सरकारले माओवादीलाई आतंककारीको सूचीमा राखेको छ भने उता उसैको गुप्तचर संस्था सिआइए माओवादीको पूरा समर्थनमा छ भन्ने बुझिन्छ । यता माओवादीका नेता प्रचण्ड प्रोटेस्टेन र बाबुराम भट्टराई क्याथोलिक इसाई धर्मका अनुयायी हुन् भनिन्छ । अमेरिकी संसद्ले मिनरीहरूलाई विश्वमा कही पनि धर्मान्तरण गर्ने ठेक्का अमेरिकी कानुनले दिएको छ । संविधानमा उल्लेख नभए तापनि न्यायाधीशहरूले अमेरिकालाई इसाई देश मानेका छन् । अमेरिकी राष्ट्रपतिले संविधानको शपथ नलिएर बाइबल समातेर शपथ लिन्छन् । क्रिस्चियन मात्र अमेरिकाको राष्ट्रपति हुन पाउँछन् । अमेरिकाले आफूलाई जति नै प्रजातन्त्रवादी हुँ भनेर मानवअधिकारको बखान गरे पनि ऊ एक अप्रजातान्त्रिक र असहिष्णु राष्ट्र हो । यिनीहरू मानवअधिकार र प्रजातन्त्रको कुरा गर्छन् तर काम अन्य राष्ट्र र धर्मविरूद्ध खनिन्छन् । नेपालमा पार्टीबाहिर र पार्र्टीिभत्रका आदिवासी जनजातिका अगुवाहरूलाई फुटाएर प्रशस्त रकम दिएर दिग्भ्रमित गराउन थालिएको छ । क्याथोलिक र प्रोस्टेटियन क्रिस्चियनले जनजातिको समर्थन गरेजस्तो गरेर पैसा बाँड्दै इसाई मिसनरीले जनजातिको धर्म र संस्कृति नष्ट गराउन उत्प्रेरित गर्छन् । भारतमा धर्म परिवर्तन गराउन तल्लो जाति हरिजनलाई उचाल्ने काम भयो भने नेपालमा नेतृत्व तहमा रहेका बाहुन नेताहरूलाई मात्र विश्वासमा लिएर क्रिस्चियनीकरण गर्न खोजिंदै छ । ठूलो पार्टी वा साना पार्टी्भित्रका बाहुनहरू, नागरिक समाज र मानवअधिकारवादी गैरसरकारी संस्थाका अगुवाहरू अधिकांश बाहुनहरू नै छन् । बाहुन नेताहरूले जुनसुकै धर्म माने पनि आवश्यकभन्दा बढी पैसा दिएमा उनीहरू चुप्प लाग्छन् र गाउँ–गाउँमा धर्म परिवर्तन गराउन सजिलो हुन्छ भन्ने उनीहरूको अध्ययन छ ।
यस स्थितिमा नेपालमा धर्मपरिवर्तन गर्ने इसाईलाई यो भूमिमा चलखेल गर्न नदिन हामी आफै सचेत हुनुपर्छ । ०६३ सालपछि विनासहमति बनेका चर्चहरू सबै विनासर्त हटाइनुपर्छ र कुनै नेपालीले आफ्ना घरमा प्रशस्त भाडा दिइरहेका भए पनि इसाई कार्यालय राख्न दिन हुन्न । त्यसको साथै हिन्दू तथा बौद्धबाट इसाई बनेकालाई आफ्नै धर्मकर्म र रीतिरिवाजमा फर्कन आह्वान गरेर उनीहरूबाटै इसाईहरूको सैतनी व्यवहारलाई बहिष्कार गर्न लगाउनुपर्छ ।