Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पुख्र्याैली घर चनखु, रामेछाप - शैसवकालको अविस्मरणीय सम्झना

११ मंगलबार , मंसिर २०८११६ दिन अगाडि

पुख्र्याैली घर चनखु, रामेछाप - शैसवकालको अविस्मरणीय सम्झना

डा. महेश सिंह चौहान, सल्लाहकार - चौहान सेवा समाज -  -  -  - 

म जब १३,१४ वर्ष हुदाँ बुबा सँगै तराईको हाट बजार जाने गर्द थिए । आउने जाने क्रममा बुबाले आफ्नो जन्मेको थलो चनखु गाउँमा भोगेको घटना र अनुभव, परिवार सदस्य सख्या र सम्बन्ध र गाउँ बारे  छोटो जानकारी गराउने बानी थियो । जसले गर्दा मलाई बुबा सँग हिडन र गाउँको रमाइलो अनुभव र कथा सुन्न मन लाग्थियो । वहाँले मलाई हजुरबुबा,हजुरआमा, ठुलोबुबा, ठुलीआमा,काका काकी  तेह्रदिने दाजु भाईका बारेमा जानकारी  गराउने गर्नु हुन्थियो । त्यस बाहेक गाउँको भौगोलिक वर्णन, बाटोघाटोको समस्या, केटाकेटीको लागि स्वास्थ्य सेवाको कमी बारे कहिले काहिँ चर्चा गरिरहनु हुन्थ्यो । स्वास्थ्य सम्बन्धी चर्चाको सन्दर्भ पारी एक दिन बुबाले हजुरबुबा बाट उहाँलाई गाउँले उपचार गरेको कथा सुनाउँनु हुन्थीयौ । म (बुबा) एक दिन काम गर्दा चिप्लीएर लडेको बेला जिउको धेरै ठाउँमा वहाँलाई चोटपटक लाग्यो तर ढाडमा लागेको चोटले गर्दा उठ्न बस्न नसक्ने भएको थियो । विभिन्न किसीमको उपचार  गर्दा गर्दै एक महिना वितिसक्दा पनि कुनै सुधार भएन र उठ्न बस्न सक्नु भएन । एक दिन बुबाले घरको पछाडीको बारीमा भएको ठुलो सानो र मसिनो ढुंगा, काठको मोटो मसिनो टुक्राहरू फाल्न लगाउँनु  भयो र धेरै मात्रामा पानी हालि हिलाम्मे बनाए र हलो गोरूको मदत्तले जोत्न लगाइयो । त्यसपछि पटाह बाट बारीलाई सम्म पारियो । बुबाको निर्देशन अनुसार सबै काम  भइसके पछि मलाई बोकेर ल्याइयो र सुत्न लगाएर पटाह समात्न लगाइयो र त्यसपछि गोरूलाई बिस्तारै बिस्तारै वारीमा दुई तिन चक्कर लगाउन लगाउनु भयो । यो कार्यक्रम बिहान बेलुका गरि एक महिना चल्यो । बिस्तारै बिस्तारै म उभिन र हिड्न थाले बुबा  बाट वहाँको स्वास्थ्य समस्या र समाधान उपाय सुने पछि मलाई आश्र्चय र जादु जस्तो लागेको थियो ।यो  घटना ११० वर्ष अगाडि  १९७० साल वरिपरिको हो ।आजको दिनमा विवेचना गरि र्हेदा फिजियोथेरापीको ट्रायक्सन विधिद्धारा लोकल उपलब्ध रिर्सोर्सबाट गरिएको आश्र्चयजनक उपचार विधि रहेछ ।बुबाले त्यो बेला दुर्घटना बाट उत्पन्न कष्टको कारणले गर्दा उँहाले अनुभव र शिक्षा प्राप्त गर्नु भयो कि यो मेरो मात्र समस्या होइन नेपालको गाउँ गाउँको  स्वास्थ्य समस्या  हो । तर्सथ मलाई डाक्टर बन्न प्रेरित गर्नुभयो । जसले गर्दा आज चिकित्सकको हैसियतले काम   गरि रहेको छु । बुबाले चनखु गाउँको  बारे जानकारी दिने क्रममा एक दिन भन्नु भयो । त्यो बेलाको चनखु गाउँ र रामेछाप जिल्लाको अन्य गाउँको आर्थिक अवस्था राम्रो थिएन ।पहिले जिल्ला भन्ने चलन थिएन २०१८ साल पछि राजा महेन्द्रको पालामा७५ जिल्ला र १२ अंञ्चल को व्यवस्था भएको थियो ।त्यो भन्दा अगाडी पुर्व १ काभ्रेपलाञ्चोक  भन्ने चलन थियो २ नम्बर रामेछाप, ३ नम्बर ओखलढुंगा, ४ नम्बर तेह्रथुम । रामेछापमा प्राय जसो खाद्यन्न अभाव हुने गर्दथियो । यहाँको मुख्य उपजाउँ कोदो, मकै, काउने वा कागुनो ,सतिबेर , धान थोरैको ठाउँमा हुने गर्दथियो ।आर्थिक स्थिति कमजोर भएको कारणले गर्दा पहाडको गाउँबाट केहि मान्छेहरू जागिरको लागि धेरै जसो भारत, केहि काठमाण्डौ र मुगलानको बजार जाने चलन थियो । तर ९० सालको ठूलो भुइचालो पछि  गाउँको आर्थिक अवस्था झन बिग्रीएर गयो । त्यो बेला गाउँलेहरू बढी संख्यामा इन्डियन सेनामा भर्ना हुन पुगे । त्यो बेला इन्डियामा अंग्रेजको शासन र दोस्रो विश्व यूद्धको बेला थियो । इन्डियामा अंग्रेज भगाओ आन्दोलन सुरू भइसकेको थियो । इन्डियन जनता सैनिकमा भर्ना कम हुन थाले र इन्डियामा सैनिक अभाव भएकाले अग्रेजहरूले गोर्खा रेजिमेन्टको गठन गर्ने व्यवस्था भयो। पहाडी गाउँमा भुइचालोले गर्दा खाद्यन्नको अभावले भोकमरी समस्या उत्पन्न हुन थाल्यो । गाउँका पुरूषहरू ज्यानको पर्वाह नगरी परिवारको ज्यान बचाउँन, गाउँ र देशको आर्थिक स्थिति सुधार ल्याउन इन्डियाको गोर्खा रेजिमेन्टमा  भर्ना हुन थाले ।त्यस मध्य म पनि एउटा गोर्खा रेजिमेन्टको सैनिक हुँ । हामी मध्य थुप्रै सैनिकहरू युद्धमा ज्यान गुमाए र विश्व भरि वीर बहादुर  नेपाली को गौरवमय इतिहास कोर्ने र्माैका मिल्यो । रिटार्यड भएको सैनिकहरूले गाउँ फर्के पछि घर परिवार व्यबस्थापनमा र राणा शासन विरूद्ध भएको २००७ सालको क्रान्तिलाई सफल बनाउन खेलेको भुमिका सर्व विदितै छ । त्यस बेला देशको आर्थिक स्थिति जोगाउन नेपालको पहाडी जनताले खेलेको भु्िमका धेरै महत्वपूर्ण थियो । यो कुराको इतिहास साक्षि छ  तर त्यो कालखण्ड बारे कसैले चर्चा गर्न चाहादैनन् । अरू जस्तै म बिदामा घर आउँदा बुबालाई शारीरिक र आर्थिक सहयोग गर्ने बानी थियो । जसले गर्दा बुबाले जग्गाहरू  जोडे र परिवारको आर्थिक अवस्थालाई झन बलियो गर्नु भयो । बुबाको मुखबाट पुखौलि गाउँ र घरको सम्पूर्ण वर्णन सुने पछि मलाई गाउँ जाने मन लाग्यो  र बुबाले भन्नु हुन्थ्यो । अलि दिन पख यहाँको सबै कुरा मिलि सके पछि  हिउँदमा जाउँला तर पढाई र घरको कामले गर्दा म गाउँ जान सकिएन । यही क्रमले समय वितीरहेको थियो । एक्कासी २०४५ सालमा ब्रेन हेमरेजको कारणले बुबाको स्वर्गबास भयो । मेरो जिन्दगीमा नयाँ मोड  आयो । परिवारको उत्तरदायित्व, केटाकेटीको राम्रो शिक्षा, पेशाले गर्दा काठमाण्डौ आए र डा. इवामुरा हस्पिटल एण्ड रिर्सच सेन्टरमा २००६मा जनरल फिजीसियनको हैसियतले काम गर्न थाले । केहि वर्ष पछि  २००८मा इवामुरा कलेज अफ हेल्थ साइन्स्को स्थापना भयो । जसमा समान्य चिकित्सा (ज्ब्) को अर्डिनेटरको रूपमा काम गर्ने मौका पाए। केहि समय पछि काम गर्ने शिलसिलामा चौहान वन्धुहरू सगँ भेट भयो र सबै मिलेर चौहान सेवा समाज स्थापना र विकासको लागि सल्लाहकारको हैसियतले काम गर्ने अवसर पाए । २०६७ सालको कुरा हो । म आफ्नो अस्पतालको इएम् मा थिए एक जना मलाई भेट्न आउनु भयो । उँहाले आफ्नो  नाम भोजराज चौहान, चनखु भन्नुभयो । केहिबेर कुरा भए पछि अर्को दिन भट्ने बाचा सगै छुटिएर आफ्नो काममा लागियो । भोजराज दाइ हाम्रो चनखु गाउँको दाजुभाइ पर्ने हुनुहुन्थ्यो । दोस्रो भेटमा कुराकानीको शिलसिलामा वहाँले भन्नुभयो चनखु गाउँमा स्वास्थ्य चौकी छ । सानो सानो रोग  उपचार हुन्छ तर ठुलो रोग पहिचान र उपचार हुदैन । विशेषज्ञ डाक्टरहरू को निशुल्क  स्वास्थ्य क्याम्प गाउँमा आवश्यक छ यस बिषयमा धेरै छलफल भए पछि हामी एउटा टुगोमा पुगे । केहि दिन पछि सम्पूर्ण व्यवस्था गरि निशुल्क स्वास्थ्य क्याम्प लगाउने निधो गरियो । निशुल्क क्याम्पमा डाक्टरको टिम, स्वास्थ्य सेवाका स्टाफ,गाडी,औषधी,बाटोमा आउँदा जादाँ खाना खाजाको व्यवस्था गर्ने मेरो  जिम्मामा थियो ।गाउँमा सम्पूर्ण क्याम्पको स्टाफ बस्ने खाने प्रचार र अन्य व्यवस्थाको उहाँको थियो । क्याम्पमा रामकुमार चौहान, राजकुमार चौहान,राम बाबु चोहान,सविन चौहानहरूले विशेष भुमिका खेल्नु भएको थियो । निशुल्क क्याम्प चनखु रामेछाप सफलतापुर्वक सम्पन्न गरियो ।
चनखु रामेछाप निशुल्क स्वास्थ्य शिविरको तस्विर–
दाइ कृष्ण चौहान र भाइ तिलक चौहानले क्याम्पलाई सफल पार्न ठुलो भुमिका खेल्नु भयो । त्यो दिन मेरो सपना साकार भएको दिन थियो । त्यस दिन दाजुभाइ, भाउँजु, भाइबुहारी, भतिजा भतिजीहरू सँग रमाइलो भेटघाट भयो ।यो मेरो लागि अविश्मणीय क्षण थियो । हाल गाउँमा एउटा स्कुल स्थापना भइ पूर्णत संचालनमा थियो । साथै गाउँमा एउटा हेल्थ पोष्ट पनि संचालनमा रहेको छ । जसले गाउँमा सामान्य रोगको  उपचार सेवा उपलब्ध थियो । स्कुलमा निशुल्क क्याम्प चलाउने व्यवस्था मिलाइएको थियो । निशुल्क स्वास्थ्य जाँच र औषधी वितरण निशुल्क गरिएको थियो । हाम्रो क्याम्प  बाट दिनभरिमा ६०० देखि ६५० जाना बिरामी लाई निशुल्क उपचार सेवा र औषधी  वितरण गरियो । हाम्रो गाउँको रण धोज चौहानको नाति पनि डाक्टर पो रहेछ उनि पनि आएको छन । राति सुते पछि बुबाको अनुहार सम्झेर मेरो आँखा भरि आँसुले भरियो । बुबा आमाको सपना केहि हदसम्म पूरा भए जस्तो महसुस भयो ।क्याम्प सके पछि गाउँका चौहान वन्धु र अन्य समाजको व्यक्तिहरू सगँ भेटघाट भयो । हामीहरू बीच परिचय र बिचारको आदान प्रदान भयो । उहाँहरू बाट पाएको जानकारी अनुसार चनखु गाउँमा बीस देखि पचिस घर चौहानहरूको बसोवास रहेको जानकारी  पाइयो । पुर्खोली गाउँको माया बाहिर बसे पछि थाहा भयो । प्रध्यापक डा. उत्तमकृष्ण कर्माचार्यले भन्नु हुन्थो वहाँले आदरणीय धनश्याम राजकणिकारको पुस्तक यात्रा अमेरिकाको माया नेपालको विषय कथा सुनाउनु हुन्थ्यो  र अनुभव बताउनु हुन्थ्यो । जन्म भूमिका माया ममता अनौठो हुनेरहेछ । नेपालको माया विदेशमा बसे पछि थाहा हुनेरहेछ ।