Advertisement Banner
Advertisement Banner

०६ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

माओवादी फाल्ने कि एमाले ढाल्ने ?

०५ बुधबार , मंसिर २०८१एक दिन अगाडि

माओवादी फाल्ने कि एमाले ढाल्ने ?

माओवादी राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्यो भन्छ सत्तारूढ एमाले । अब यो सरकार ढल्छ, अबको सत्ताको नेतृत्व माओवादीले गर्छ भन्छन् माओवादी अध्यक्ष प्रचण्ड ।
एमालेका नेता पार्वत गुरूङले त अन्तर्वार्ताबाटै माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले हराई दिने दाबी समेत गरेका छन् । नतिजा चुनावले देखाउला । राजनीतिक स्थायित्व र विकासका लागि काँग्रेससँग सत्ता सहकार्य गरेको र संविधान संशोधन गरिने एमालेले बताएको छ । 
प्रचण्डले जनतालाई आह्वान गरेका छन्, कार्यकर्तालाई चुनावका लागि जोस्याएका छ्न– मैले ३२ को सङ्ख्यालाई जादुको सङ्ख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरूले उद्वेलित र तरङ्गित भए होलान्’ । अहिले पनि हाम्रो सङ्ख्या फेरि पनि म्याजिक नै छ । त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार हो । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यस कारण  चिन्तित हुने कुरा छैन ।’