Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

गोर्खालीलाई रम ख्वाएर लडाइयो, मारियो

२० मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

गोर्खालीलाई रम ख्वाएर लडाइयो, मारियो

डा.युवराज संग्रौलाले लेखेका थिए– प्रथम विश्वयुद्धमा ५० लाख जनसंख्या भएको नेपालका २ लाख युवा सामेल थिए, तिनलाई बृटेनले घोडालाई खुवाउने रम पिलाएर बर्माको मोर्चाबाट युद्धमा होम्यो । जापानले एकैरातमा १२ हजार नेपाली युवालाई मारिदियो । दोस्रो विश्वयुद्धमा ४ लाख नेपाली युवा लडे, माण्डले भन्ने ठाउँमाहजारौं मारिए । गोर्खालीको त्यो इतिहास, आजको बृटेनको नीति पढ्ने, बोल्ने र गोर्खा भर्ति रोक्ने साहस एमाओवादीमा पनि देखिएन । वास्तवमा एसडीमुनीले काठमाडौं आएर जे बोले, उनको कितावमा जे लेखे, वास्तवमा नेपालको राष्ट्रियता चकनाचूर पार्ने ऐना त्यही मनोवृत्ति हो । हाम्रा कुनै एकलव्य नेता, कुनै अर्जुनदृष्टिवाला नेता, कुनै शिखर नेता, कुनै सौम्य नेता छन् । बुद्धिजीवीहरू हरेक दिन बुद्धि बगारिरहेका भेटिन्छन् । नागरिक समाज र अधिकारकर्मीहरू टीभीमा रंगीविरंगी दलका रङमा रङ्गिएर अधिकारका भाषण गरिरहन्छन् । देशको अधिकार, देशको पहिचान, देशको गौरवको विषयमा यिनीहरू बोल्नथाल्ने कहिले ?