Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

नेताहरूको जिब्रो किन तालुमा टासियो ?

२० मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

नेताहरूको जिब्रो किन तालुमा टासियो ?

१९०३ मा २९ वर्षे जंगबहादुर राणाले कोतपर्व नै गरेर जहाँनिया राणा शासनको जन्म गराए । यो राणा शासन फालिन १०४ वर्ष लाग्यो, बल्ल २००७ सालमा प्रजातन्त्रको उदय भयो । दिल्ली पुगेपछि राणाहरू बाठो बन्दै बालक ज्ञानेन्द्रलाई गद्दीमा राखेर ‘सानो महाराज’ बनाइसकेकाले भारतीय दूतावास भएर दिल्ली पुगेका त्रिभुवनलाई नेहरूले बाध्य भएर पो फर्काएका थिए कि ? राणाहरूको उपरलाउके कामले पो नेपाल त्यतिबेला बाँचेको थियो कि ? पछि नेहरूले किन हिमालय हाम्रो उत्तरी सीमा भने ? भारतीय मेलेट्री साइन्सका ज्ञाता कर्नल गौतमले आफ्नो पुस्तकमा ‘२००७ सालमा नेपाललाई भारतमा नमिलाएर हिमालय भूल गरेको उल्लेख गरेका छन् ।’ यो इतिहास हो, बढ्दो विदेशी चलखेल, हस्तक्षेप र विदेशपरस्त नेताको वर्तमान हाम्रा आँखासामु छर्लङ्ग छैन र ? युग कवि सिद्धिचरण बितेर गए तर उनले लेखेका थिए ‘कति दिन चल्ने छ यो बेढंगको चाला, बालुवाको घरजस्तै भत्किने छ सारा ।’ युग कविले भनेझैं सारा भत्किदै भत्किदै गएको हेर्नुपरेको छ ।