Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

गुमेको भूमिबारे नबोल्नेले ग्रेटर नेपाल बोल्ने ?

२० मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

गुमेको भूमिबारे नबोल्नेले ग्रेटर नेपाल बोल्ने ?

५ वर्ष भइसक्यो, भारतले नेपालको कालापानी, लिम्पियाधुरा क्षेत्र भारतको नक्सामा मिलाएको । नेपाल कालापानी क्षेत्र समेटेर नोट छाप्ने बिबाद गरिरहेको छ । गर्नुपर्ने नेपाली भूभाग कसरी सुरक्षित गर्नसकिन्छ, कसरी गुमेका भूभाग फिर्ता ल्याउन सकिन्छ भनेर दर्बिलो कूटनीतिक प्रयासमा लाग्नुपर्नेमा सत्ताको छिनाझप्टीमा राजनीति व्यस्त हुनुले देशको अस्तित्व नै लथालि«्ग हुनपुगेको छ ।सं.
उत्तम खत्री– ग्रेटर नेपालबारे किन चुप ? – उत्तम खत्रीको सामयिक प्रश्न हो यो । उहाँ लेख्नुहुन्छ, सोध्नुहुन्छ ?
केही बर्ष अगाडिको कुरा हो, जुन बेला ईन्डियाले अतिक्रमण गरि राखेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आफ्नो देखाइ नक्सा बनायो । त्यस क्षेत्रमा सडक आदि पनि बनायो । ईन्डियनहरूको कुकृत्यको नेपाल र बाहिर समेत धेरै बिरोध र भत्र्सना भएको थियोे । त्यस बेला रबि लामिछानेजीले न्यूज २४ बाट ‘जनता सङ सिधा कुरा’ लोकप्रिय कार्यक्रम प्रस्तुत गर्नु हुन्थ्यो । त्यसताका उहाले धेरै मह्त्वको कार्यक्रम प्रस्तुत गर्नुभयो । एक दिन सधाझै आफ्नो सैलिमा ठूलो आबाजमा प्रस्तुति  भयो उहाले भन्दै जानू भयो, अब त ज्यादै भयो, ईन्डियाले हामी माथि गर्दै आएको अत्याचार अतिनै भयो। हाम्रो जमिन माथी गरेको अतिक्रमणले सिमा नाघ्यो आदि इत्यादी भने पछि अब हामी चुप लागेर बस्न सक्दैनौ, अब हामी ‘ग्रेटर नेपाल’ को कुरा उठाउछौ, ईन्डियाले कब्जामा राखिरहेको भुमि फिर्ता लिन्छौ भन्दै धेरै देशभक्तीपुर्ण प्रस्तुती गर्नु भयो । 
म आफै पनि ग्रेटर नेपालको समर्थक भएकोले  तथाकथित सुगौलि सन्धी पछि नेपालको आधा जस्तो भुभाग अङ्रेजले लुटेको र सन १९४७ साल पछि ईन्डियाले उक्त लुटिएको नेपालको ति भूभाग फिर्ता गर्नु पर्नेमा, निर्लज्ज तबरले हालसम्म कब्जामा राखेर पनि नपुगेर सके हालको पुरै नेपाल ईन्डियामा बिलय गराउने, सो गर्न नसकेसम्म नेपालका बिदेशिका दलाल नेताहरूलाई हात लिदै नेपाललाई अबिकसित, गरिब अनि अस्थिर राखने अनि अलि अलि गरि दर्जनौ ठाउँमा सिमा मिची रहेको सन्दर्भमा रबि लामिछनेजीले प्रस्तुत गरेको विषयहरू र ग्रेटर नेपाल माथी देखाएको समर्थन देख्दा मलाई अत्यन्त खुसी लग्यो । तर दुखको कुरा रबिजीले ग्रेटर नेपालको समर्थन जनाएको त्यो कार्यक्रम गरेको भोलिपल्ट देखिनै उहाँ न्यूज २४ बाट हराउनु भयो ।
अचम्मको कुरा, रबि लामिछानेजी जस्तो लोकप्रीय पत्रकारले प्रस्तुत गरेको, सिमा मिचिएको समयमा ग्रेटर नेपालको नक्सा स्टुडिओको भित्तामा टाङ्दै गरेको सन्कल्प, प्रतिज्ञा न्यूज २४ टेलिभिजनमा हजारौ, लाखौ नेपालीले अबस्य हेरेको हुन पर्छ । तर ग्रेटर नेपालको नक्सा टाङेको दोस्रो दिन बाट रबिजी टेलिभिजन कार्यक्रम बाट्नै हटाइनु र नेपालमा यसबारे केही टिप्पणी, चर्चा समेत नहुनु र अहिले आएर मेयर बालेनजीले आफू  नेपालमा नभएको समयमा र श्रीमतीको औसधोपचारको लागि ईन्डियानै पुगेको समयमा ग्रेटर नेपालको नक्साले यत्रो भयानक हङगामा ल्याउनुमा बिदेशीको षड्यन्त्र पनि हुन सक्ने सम्भाबना देखिन्छ । बालेन्द्रजीले नेपालको लुम्बिनी तथा कपिलबस्तुलाई ईन्डियाको साम्सद भबनमा हालै स्थापित गरिएको मुरल नक्सामा पारिएको बिरोधमा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाङ्न लगाउनु भएको हो । तर बालेनजी लाई थाह नदिइ यस कार्यमा ईन्डियाले ठुलो षड्यन्त्र रचेको हुन पनि सक्छ । कारण, ईन्डियाले आफूले अङ्रेजबाट सन १९४७ मा स्वतन्त्रता पाए देखि नेपाललाइ ईन्डियामा बिलय गराउन निरन्तर षड्यन्त्र र प्रयास गर्दै आएको छ । यस कामको लागि ईन्डियाको प्रथम प्रधान मन्त्री नेहरूले राजा त्रिभुवनबाट नेपाललाई आफ्नो अधिनमा राख्न धेरै कोसिस गरे । त्यस पछि राजा महेन्द्रलाइ सोही कामको लागि नेहरू र उनको छोरी इन्दिरा गान्धिले धरै प्रयास गरिन् । बरू राजा महेन्द्रले ईन्डियाको दुस्प्रयासबाट टाढा राख्दै नेपाललाइ बिश्वमा एक स्वतन्त्र र बिकासोन्मुख देशको रूपमा चिनाए । राजा बिरेन्द्रलाई पनि ईन्डियन नेताहरूले आफ्नो छाता मुनि राख्न अनेकौ प्रभोलन तथा त्रास समेत देखाउदै प्रयास गर्दै रहे । राजा बीरेन्द्रले आफ्नो देशको स्वाभिमान प्रती सम्झौता गर्नु भन्दा बरू नेपाली जनताको इच्छा अनुसारको बहुदलीय प्रजातान्त्रिक ब्यबस्थापन गरिदिए । अन्तमा राजा ज्ञानेन्द्रले पनि जनताको नासो जनतालाई नै बुझाइदिन्छु भन्दै राजगद्दी छोडी दिए । 
गत सत्तरी, असी बर्ष देखि ईन्डियन नेताहरूले दलाली योग्यहरूलाई छानी छानी प्रजातन्त्रको नाममा आफ्नो स्वार्थमा प्रयोग गर्दै अनि छाद्डै नेपाललाई अस्थिर र अबिकसित राख्नमा सफल हुँदै आए । तर यतिका बर्षमा पनि नेपाललाइ आफुमा बिलय गराउन असफल भए पछि ईन्डियन नेताहरूलेनै ग्रेटर नेपालको खेल खेल्ने रणनीति सुरू गरेको त होइन ? कारण ग्रेटर नेपालको भूमि ईन्डियाको बङगाल, बिहार, उत्तर प्रदेश, उत्तराखन्ड आदि राज्यहरूमा गत २०७ बर्ष देखि उनिहरू रहदै आएको हुदा तिनको जनसन्ख्या नेपालको भन्दा दस गुणा भैसक्यो । ग्रेटर नेपाल भित्रका जनतामा भोट गराउने र नेपाली जनसंख्यालाई अल्प मतमा पारी नेपाललाई पनि सिक्किम जस्तो ग्रेटर नेपाल भित्रका प्रदेशहरू बनाउने,  नेपाललाई ईन्डियामा बिलय गराउनको लागि नया रणनीतिक चाल सुरू गरेको पनि हुन सक्छ । त्यसकारण नेपाल र नेपालीको हित चाहने सबैले यस विषयमा सबै तिरबाट सोच्न पर्ने मेरो सुझाव छ । बालेनजीको ग्रेटर नेपालको नक्साले यति ठूलो समर्थन र चर्चा पायो, सबैले एकपटक सोँच्न आबस्यक छ । मैले बालेनजीको कामकारबाहीमा सन्देह गरेको चाहिँ होइन । तर हामी चुप रहनु भएन ।