Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

के यो गणतन्त्रको दुरूपयोग होइन ?

१४ बुधबार , कार्तिक २०८१एक महिना अगाडि

के यो गणतन्त्रको दुरूपयोग होइन ?

सबैलाई थाहा छ देशमा भ्रष्टाचार झाँगिदै गएकोछ ।देशभित्र आम सर्वसाधारणले जीउँन सकिराखेक छैनन् ।देशको आर्थिक स्तर खुस्किंदै गएकोछ । विकासमा पूर्णबिराम लागेको अबस्था छ । व्यापारीहरूमा कुनै नियम छैन,जसले जति लुट्न सक्छ लुटेकै हुन्छ । बजारको निर्धारित भाउमा कारोबार हुँदैन । बजार भाउ त हात्तीका देखाउँने दांत मात्र भएकाछन् ।भ्रष्टाचारिहरूलाई कावसङ्घर्ष गर्छन् ।
दिनौँ सहकारी घोटालाहरू भएकाछन् । अनिमियता र अराजकता उस्तै छ ।सरकारले दोशीलाई छानविन गर्ने र सजाएको भागिदार बनाउँने प्रयास गर्दा जनताहरूले आन्दोलन गर्नु भनेको एक प्रकारले निन्दनिय बिषय पनि हो ।देशको लागि यो शुभ सङ्केत हुनसक्दैन ।
एकातिर सरतिर कुनै नेतालाई सरकारले छानविन गर्ने प्रयास गर्दा त्यसको बिरोधमा सडकमा नारा लगाउँछन् ।टाएर बाल्छन् यसरी जताबाट पनि सरकारी खजानामा भार पर्दै गएको छ । देशको बिकास भन्दा देशको विनाश गर्नेहरू देशभित्र बढी हुनथालेपछि देश कसरी जीवित रहनसक्छ ? यसबारेमा आम नागरिकले निदार खुम्चाएर सोंच्नु अहिलेको अबस्था हो ।
देशभित्र आएको ‘बहुदलिय जनवाद’ गणतन्त्रलाई नेता र उनिहरूका झोलेहरूले लगातार दुरपयोग गर्दै आएका छन् । अहिले देशले गणतन्त्रको लिवास लगाएको छ । आवरणमा गणतन्त्र छ । यो आवरणभित्र कति ठिक कति वेठिक कार्यहरू हुँदै आएकाछन् । कति उठ्नै पर्ने आवाजहरू पनि कुण्ठित भएकाछन् दमित भएकाछन । कयौँ सामाजिक विभेदका मुद्धाहरू ड्राफमा चिसिएका छन ।
गणतन्त्रले सबैलाई आ आफ्नै ठाउँबाट आवाज उठाउन बोलने लेख्ने वाक स्वतन्त्र दिएको जस्तो गरेकै छ । जब कुनै नेता भ्रष्टाचारमा मुछिन्छ र प्रशासनले सजायको कठ्घरामा उभ्याइदिन्छ । देशभित्रको अवस्था भिन्दै हुनपुग्छ ।देशमा अराजकता फैलिन्छ सहर बजारमा सरकारको बिरूद्बमा नाराहरू घनकिन्छन् ।
अन्याय गर्नेलाई सहकारी घोटालामा सलङ्गन भएकाहरूलाई कानुनको कठ्खेरामा लगेर उसले गरेको अपराधको सजाय दिइन्छ भने देशमा भ्रष्टाचार न्यून् हुन्छ । किन जनताहरूले यति कुरा बुज्न पनि सक्दैनन् । अपराधीलाई सजाए दिनुपर्छ तर निर्दोशलाई फसाउँन पनि हुनेछैन् ।अपराधी भ्रष्टाचारी बलातकारी लगायतका देश र जनताका दुश्मनहरूलाई कार्वाई हुनैपर्छ ।
सबैले अपराधी, भ्राष्टाचारी, तस्कर कालो बजारी हुनुलाई गलत भन्छन् ।तर किन त्यसमा सलङ्गन भएकाहरूलाई कानुनको कठ्घरासम्म पुग्न दिंदैनन्?उनिहरूको यही व्यवहारले देशलाई भड्खालामा पुराएको छ । के कानुन नियम सम्विधान आम सर्वसाधारणहरूमा मात्र लागुहुन्छ ? अन्य शक्तिसालीहरू किन भग्न खोज्छन् ?आ आफ्नो पावर देखाएर जनतामा लुट मच्चाउँछन् ।
अचेल कुनै राजनीतिज्ञ मुछियो भने उसले आफ्नो गलती लुकाउँन पुनः जनतालाई सडकमा उतार्छ ।देशको समपती भुट्छन् । यस्तो अराजक प्रकारको गैर जिम्मेदार नेताहरू द्वारा देशको रक्षा हुनसक्दैन’ भन्ने आम जिज्ञासा हो ।
कात्तिकको लाग्दै दुइ गते सहकारी घोटालाको आरोप लागेका रवी लामिछाने अब कानुनी फंदाबाट जोगिन सकिदैन भन्ने पक्कापक्की भएपछि आत्मासमपरण गर्ने नाटक गरे ।उन्ले आफुले आत्मसमपर्ण गर्दा देशभरीका आफ्ना कार्यक्रतालाई आन्दोलन गर्न आबहान पनि गरेका थिए । जनतालाई सडकमा आन्दोलित गरिएको त्यो आत्मसमर्पणले कस्तो संदेश पुग्यो र अब कस्तो नतिजा ल्याउला यसबारेमा उन्को पक्षमा सडकमा उत्रियका उनिसमर्थकहरूले प्रष्टै पारेका छन् ।
सहकारी घोटाला बारे उनिमाथि लागेको आरोप गत वर्षबाटै छलफल चलिरहेको थियो यो नयाँ मुद्धापनि होइन । जसलाई छानविन पछि आयोगले दोषि करार गर्यो र अहिले उनलाई गिरफ्तार गर्ने प्रशासनले योजना बनायो ।सहकारी घोटाला त भएकै छ उनले नगरेको भए उनि उम्किन्छन् गरेको भए समातिन्छन् । यस्तो कानुनी प्रावधान हुँदाहुदै जनतालाई सडकमा आन्दोलनमा झार्न कार्यक्रतालाई अह्राएर आफु पानी माथिको ओबानो हुने प्रयास होइन भन्न सकिदैन ।उन्को यो व्यवहारले सङ्कालाई बिस्वासको मझेरिमा सुरक्षित राखेको छ ।
सहकारीमा आम सर्वसाधारणको रकम खाइ नखाई उनिहरूले जम्मागरेको हिनामिन्हा गर्नु अपराध नै हो भन्ने जानकारी हुँदाहुँदै पनि उक्त अपराधीलाई जोगाउँने प्रयात्न गर्नुलाई केभन्ने ? आफै जिम्मेवार नागरिकहरूले मुल्यांकन गर्लान । उनीहरू यो अपराधमा सामिल भएपछि देशभित्र कस्तो व्यवस्था चाहान्छन् ? यदि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने निर्दोश छन् भने त उनि रिहा हुन्छन् उनलाई कसैले पनि जेलभित्र राख्न सक्दैन । यदि उनि साँच्चै दोषि छन् भने अहिले मुक्त भएपनि फेरी जेलमा जानबाट उनी बच्ने छैनन् ।
उनी साधारण जनता होइनन्, पार्टीका नेता हुन र गृहमन्त्रीको सिटमा पुगेका शक्तिसाली व्यक्ती मध्यका हुन् । उनि आफैले पासपोर्ट नागरिकतामा झुट बोलेका थिए, सहकारी घोटालामा संलग्न भएको तथ्य आयोगले पेश गरेको छ । तरउनको पक्षमा आन्दोलन चल्दैछ सडकमा नारा घन्किरहेका  छन् ।के यो गणतन्त्रको उपहास होइन त? एउटा शक्तिसाली व्यक्तीले राजनीतिक शक्तिको दुरूपयोग गरेर आफुलाई सही र निर्दोष साबित गर्ने खेल खेल्न खोजेकोहो भन्न सकिन्छ ।
आम नागरिकले दबावमूलक निर्णय होइन एथेष्ट निर्णय हौस् दुधको दुध पानीको पानी चाहान्छन् । उनि दोषी छन् भने नियम अनुसार सजाय हुनुपर्छ । यदि उनिसँग अरू संलग्न छन् भनेपनि प्रमाणका आधारमा उचित कार्वाही हुनुपर्छ । देशमा नियम कानुन छ फेरी किन हामी नियमकानुनको बिश्वास नगरेर आन्दोलनमा हामफाल्ने ? सबैकाम कार्वाही सडकमा हुन्छ भने किन कानुन चाहियो ?
व्यवस्था राम्रो छैन, व्यवस्थापकहरू स्वयम सङ्कालु छन् यहीकारण हो, देशभित्र सधैँ काटमार, हिंसा, अराजकता बाहेक शान्ति सुव्यवस्था जन्मिनेवाला छैन ।
सबै राजनीतिक पार्टीहरूले एउटाले आर्को पार्टीको कार्यकर्ता सँग लडाएर देशभित्र अराजकता सिर्जना गराए पछि देशको अबस्था कस्तो होला ? यस्तो गलत राजनीति खेलबाट देश र जनताको हित हुनेछैन । देशको नियम कानुनको रक्षा गर्ने देशलाई अखण्ड राख्ने नागरिकको कर्तव्य हो र त्यसबारेमा हामी सचेत हुनुपर्छ । कौवाले कान लग्यो भन्दै कौवाको पछि नलागेर आफ्नो कान छाम्नु सही हुनेछ ।
हाम्रो देशको राजनीतिक गतिबिधिले राजनीतिलाई बद्नाम बनाएको छ । यद्यपि राजनीति गर्नु गलत होइन बरू राजनीति नगरिनहुँने बिषय पनि हो । राजनीति गर्दै नगर्नेले पनि राजनीति गरेकै हुन्छन् । राजनीति गर्नेहरू देश र जनताको समस्यालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्दछ । देशमा त्यस्तो चिन्तन् भन्दा व्याक्तिगत स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्दै आएको देखिन्छ । यसैको परिणाम आज भ्रष्टाचार फैलिंदै गयो । देश ऋणमा डुब्यो, नेताहरू देशलाई ऋणमा डुबाएर सङ्घीयतालाई जोगाउँदै आएकाछन् । देशमा सङ्घीयताको कसैलाई खांचो छ भने त्यो विदेशीलाई हुनसक्छ । सङ्घीयता देश र जनताको हितमा छैन ।
आज सरकार व्यवस्थाले आफ्नो पोल आफैले खोलेको छ । अपराधीहरूका अगाडी हाम्रो देशका शासन, प्रशासनको व्यवहार देख्दा संसारमा कस्तो संदेश गएको होला ? लगातार सरकार भित्र पुगेका व्याक्तिहरू नै भ्रष्टाचार र अपराधमा सलङ्गन भएका देखिन्छन् । नागरिकले निदार खुम्चाएर मुल्याङ्कन गरौं ।