Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

प्रधानमन्त्रीको बेडरुममै रअ पुग्छ

०८ सोमबार , चैत्र २०७२११ बर्ष अगाडि

सहदेव सिग्देल :

कहिल्यै सत्तामा नगएका र भ्रष्टाचारमा नमुछिएका नेता नारायणमान बिजुक्छे रोहितले नयाँ खुलासा गरेका छन्। गत आइतवार बढ्दो फासीवाद र दक्षिण एसियामा यसको प्रभाव विषयक अन्तरक्रियामा भाग लिदै गरेका बिजुक्छेले ठाडै आक्रामक शैलीमा भने– मैले प्रधानमन्त्रीको बेडमै भारतीय गुप्तचरका मान्छे देखेको छु। \u000a    नेपाली नेताहरुको कमजोरी भनेको दिनदिनै बोली फेर्नु हो। भारतका मामिला आयो कि बोल्नै सक्दैनन्। केही पहिले म बालुवाटार जाँदा सत्तारुढ दलका एक नेतासँग भेट भएको थियो। भेटमा उनले पार्टीलाइन विपरित कडा कुरा गरे। यसरी कुरा गर्दा कारवाही हुन्न भन्दा मेरै अगाडि भारतीय राजदूतले चुनाव खर्च भनेर ४८ करोड दिएका थिए, यिनले मलाई के कारवाही गछन्? बरु यिनलाई पो कारवाही हुन्छ कि भन्ने डर हुनसक्छ।

रोहितले अझ अगाडि भने– बालुवाटारमै केही समय अघि मैले सैनिकका मान्छे देखें। चिनेजानेकै हुन् उनी तर उनी त भारतीय गुप्तचरका मान्छे पो रहेछन्। उनी प्रधानमन्त्रीका बेडरुमसम्म पुग्दारहेछन्। भारतको विरोधमा गयो भने चुनाव हारिन्छ भन्ने डर छ, त्यसैले नेपाली नेताहरु भारतका विरुद्ध चुँइक्क बोल्दैनन्। हामी यति लाचार छौं कि हामीलाई देश र जनताको होइन, आफ्नै अस्तित्व र सत्ता बचाउनै धौधौ छ। यहीकारण भारत नेपालका साना साना कुरामा पनि चासो दिइरहन्छ, हस्तक्षेप गर्छ। प्रचण्डले भनेको माइक्रो मेनेजमेन्ट भनेको यही हो। बिजुक्छेले यसरी स्पष्ट बोल्ने गरेको लामो समय भइसक्यो तर उनका कुराले खासै तरङ्ग ल्याउने गर्दैन। किनभने शासन, प्रशासन, राजनीतिमा भारतीय फ्याक्टर यतिबिघ्न प्रभावशाली छ कि नचाहिने कुरातिर जनचासोलाई मोडिने गरिन्छ।

नेताहरु नेपालवादी कुरा र भारतवादी व्यवहार गरेका कारणले नेपालको राष्ट्रवाद जनताको स्तरमा मात्र बलियो छ। जनतालाई विभिन्न पार्टीमा बिभाजित पारिएको छ, कार्यकर्ताको स्तरमा जनतालाई बिभाजित गरिएकाले पनि नेपालको राष्ट्रवाद जबरजस्त रुपमा उठ्न नसकेको हो। सोच्ने कि?