Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

नारी चेतनाको स्वाङ, चरित्रमा भ्वाङ्

देवी काफ्ले

०६ मंगलबार , कार्तिक २०८१एक महिना अगाडि

नारी चेतनाको स्वाङ, चरित्रमा भ्वाङ्

बहुदल, जनयुद्ध, जनआन्दोलन र लोकतन्त्रको अभ्यासको क्रममा नारीमा चेतनास्तर बढेको छ । मानव सभ्यताको पहिलो स्कूल नै नारी हुन् । नारीमा चेतनास्तर बढ्नु भनेको समाज सभ्य हुँदै जानु हो । यो राष्ट्रिय विकासको निरन्तरता पनि हो ।
तर, पश्चिमा संस्कृति बाढीजसरी पसेको छ कि नारीहरू भड्किला हुनथाले, भुइँमा न भाँडा भइरहेका छन्, छाडापन बढेको छ, नारीले आफ्नो सीमा र संस्कार भुल्न थालेका छन् । आफ्नोपन नभएपछि नारी चेतनामा भएको बढोत्तरी स्वाङ् बन्न पुगेको छ, नारीमा हुनै पर्ने चरित्रमा भ्वाङ पर्न थालेको छ । कतिपय पर्व, जात्रा र तीजजस्ता चाडबाडमा जेजस्ता तमासा देखिन थालेका छन्, यसबाट चरित्रमा भ्वाङ देखिन्छ ।
हामी तराईबासी महिला सकेसम्म छोरी जन्माउन नपरोस् भन्ने चाहान्छौं । जन्मीहाले पनि छोराको तुलनामा पालनपोषण, शिक्षा, स्वास्थ्य सबै कुरा छोरीले पाउंदिनन् । कारण उनी अर्काको घर जानुपर्छ । त्यहाँ घरको सारा कामधन्दा उनैले गर्नुपर्छ । लोग्नेको सेवा, सासु ससुरा, नन्द, आमाजु, देवर जेठाजु सबैको चित्त बुझाउनु पर्छ त्यसैले उसलाई एउटी असल बुहारी बनाउन कुना मिलाएर कुंद्ने गर्र्छौं । आफ्नी छोरी एक असल बुहारी बनोस् भन्ने चाहना हामी आमाको मात्र हैन बाबुको पनि हुन्छ । तर एकातिर अन्धविश्वासले थिचिएका, अर्कोतिर पुरातन पराम्पराले, त्यसमाथि आधुनिकताको स्वाङ् थपिएपछि नारीले कर्तव्यभन्दा देखावटी सिकेका छन् । जुन चेतनाको स्वाङ भयो ।
आखिर सात महिनाकी छोरी बलात्कृत हुन्छे । हत्या हुन्छ  । अलि हुर्केकी छोरी बलात्कृत भै भने समाजले पिडितलाई नै बहिष्कार गर्दिन्छ । जब जवान छोरीको बिहेबारीको बेला हुन्छ अनि बिहेको बजारमा दाइजोसंग उसलाई जोखिन्छ । कतिपयले मट्टितेलको ज्वालामा दन्किनु पर्छ या त घांटी थिचिन्छ । तडकभडकले बेथिति बढाउँदैछ । स्कुल जान निस्केका नानीहरू सहीसलामत घर आउन नसकेको कैयौं घटनाहरू छ । एसिड जस्तो भयानक झोलले आक्रमण गरेर या त मृत्यु बरण गर्नु पर्छ यात चेहरा हेर्नै नसकिने हुन्छ । पीडा अनेक छन् । यी तमाम पीडाका अनेक कारण छन् । गणतन्त्रपछि चेत बढेको छ तर चरित्रमा भ्वाङ् पनि बढेको छ । चेतसँगै सक्षमता बढ्नुपर्ने, त्यो भएको छैन । शासन प्रशासनमा खुलेर आउन र आफ्नो मर्यादा बढाउन सकेका छैनन् । नारी चेत र चरित्रका बारेमा खुला बहस नारीले नै गर्नसक्नुपर्छ । अनुशासन गहना हो ।
महिलाहरू न त आफ्नो खुशीले खुलेर राजनैतिक क्षेत्रमा होम्मिन पाएका छन् न त हातमा सर्र्टीिफकेट बोकेकाले पनि जागिर खान पाएका छन् । हात हातमा भएका मोबाइलले छाडापन बढाएको छ । योग्यता हुनेले अवसर पाएका छैनन्, अवसर पाएकाले दुरूपयोग गरेका छन्, क्षमताबृद्धि समस्या छ, चेतबृद्धि चुनौति छ, चेत बढ्दा अनुशासन घट्दो देखिन्छ ।
अब ढिला नगरेर आआफ्नो क्षेत्रबाट नारीले चेतना र चरित्र दुबै बढाउने र अवसरका लागि दबाब सिर्जना गर्नुपर्छ । परिवर्तित राजनीतिले समाज बदलन सकेन, थिति बसाल्न सकेन, विधि मिच्यो । अब थिति, बिधि र असली परिवर्तनको नेतृत्व नारीले लिनुपर्छ । नेतृत्वका लागि चेतना र चरित्र दुबै चाहिन्छ । यसतिर नारी समुदायले बहस थालिहाल्नुपर्छ । नारी सक्षमताबाट महिलाको घोर अपमान गर्ने अन्धविश्वास र कुचरित्रको बिनास हुनेछ । नारी पुजनीय हुनेछन् ।
सबैभन्दा महत्वपूर्ण कुरा त स्त्री र पुरूष दुबै मानव हुन् । राज्यले समान अधिकार तोकेको छ । कसैले कसैलाई पशुवत् ब्यवहार नगरौंैं । तडकभडकबाट टाढै बसौं । तब महिलाले अवगाल र दोस्रो दर्जाबाट मुक्ति पाउनेछन् ।
भन्नु यत्ति छ, हामी महिला जति सोभानमा रह्यौं, उच्छृङ्खलताबाट टाढा भयौ, समाज बदल्ने प्रकृयाको भार हामीले उठाउन सक्नेछौं । नारीको मान नारीले नै राख्नसक्नुपर्छ, सबैले मान गर्नेछन् ।