सुरेशकुमार पाण्डे - - - -
जति सजिलो जातिय र धार्मिक काड फ्याँकेर समाजलाई टुक्रा पार्न हुन्छ अरू कुनै आधारमा समाज टुक्राउन त्यति सजिलो हुँदैन । यसबारेमा भन्नुपर्दा केही छिमेकी देशको इतिहासलाई कोट्याउँदा असान्दर्भिक नहोला । हुन त विस्वका कयौँ देशहरूमा धर्मयुद्धको कैयौँ इतिहास भेटिन्छ । जस्तो इसाईहरूको पबित्र स्थान जेरूसेलमलाई तुर्कहरूको उपनिवेशबाट मुक्त गर्न करिब २ सय वर्षसम्म संघर्ष गरेका छन् ।
त्यो युद्धलाई धर्मयुद्ध वा “क्रुसेड’ पनि भनिन्छ । १०९६ देखि सुरू भएको त्यो युद्धमा तिस हजार इसाईहरू मारिएको थियो । मुश्लिमहरूको बिचमा सिया सुन्नी जातको बिचमा युद्ध चलिनै रहन्छ । इराकका पूर्व राष्ट्रपति सद्दामहुशेनलाई एक सय अठ्तालिस सियालाई मार्ने आरोप थियो । रङभेदको बिरूद्धमा नेश्नलमण्डेलाले २७ वर्ष जेलमा बिताएका थिए । धर्मको नाममा जति हिंसा अरूमा छैनन् ।
हाम्रो देशमा पटक–पटक यस्तो अभ्यास गर्ने दुस्सहास हुनेगरेका छन् । अहिले पनि बेला बेलामा साम्प्रदायिक नाराहरू लगाई रहेका छन् । भारतमा अंग्रेजहरूले तिन सय वर्षसम्म राज गरे, उनिहरूले सधैभरी फुटाओ र राज गरको व्यवहार अपनाए । जब भारत आजाद भयो, आजाद भारतका नेताहरूले अंग्रेजको पद चिन्हमा हिंड्न थाले । त्यो बाटो अहिलेपनि छाडेका छैनन् । हिन्दुराष्ट्रलाई जब तत्कालिन राजा विरेन्द्रले राज्याभिषेककै भोलिपल्ट २०३१ साल फागुन १३ गते शान्ति क्षेत्रको प्रस्ताब राखेपछि ११६ देशहरूले समर्थन दिए तर भारतले दिएन । २०७२ सालको सम्विधानले धर्मनिरपक्षता अपनायो, भारतले मान्यता दिएनन् ।
भारतको सम्विधानले जे भनेपनि जहाँ बिजेपीको बहुल्यता छ त्यहाँ अरू धर्महरू गौण वा कुण्ठित भएको देखिन्छन् । भारतमा अंग्रेजहरूले समाजलाई हिन्दु र मुश्लिमको बिचमा लडाएर देशलाई टुक्रापार्न सफल पनि भएको थियो । यद्यपि हिन्दुहरूको बिचमा जातिय बिभेद जारी छ । भारतीय समाजको दयानीय अबस्था छ । भारतीय स्वाधीनतामा नेपालीको पनि ठुलो योगदान, बलिदान रहेको छ ।
एकतातिर देशभित्र राणाहरूको दमन आर्कोतिर छिमेकी मूलकमा चलेको अंग्रेज बिरूद्धको आन्दोलनमा सहयोग दिने व्यवहारले नेपाली जनतालाई पनि दुई भागमा बिभाजित गरेको थियो । जब सन.१९४७ मा भारत आजाद भयो र २०४९मा भारतीय सम्विधान लागु गरियो । त्यसपछिका दिनहरूमा स्वतन्त्र भारतले पनि विस्तारै अंग्रेजहरूको पदचिन्हलाई पच्छाउन थाल्यो । सकेसम्म उसले गरेका सन् १९५० मा कैयौँ देशहरू सँगको मैत्रि संधिमा नै उनिहरूको नियत झल्किन्छ । भारतले छिमेकी राष्ट्रहरूमा स्वतन्त्रताको नाममा भारतलाई बिशाल बनाउँदै लग्यो । पाकिस्तान भित्र पनि आन्दोलन हुनथाल्यो । पूर्वी पाकबाट १९७१ मा बाग्लादेश भारतकै रोहबरमा टुक्रायो । हैद्राबाद पछि उसले लगतै पाकिस्तान र सिक्किमको राजतन्त्र बिरोधी आन्दोलनलाई हावा दिन थाल्यो ।
सिक्किम एउटा स्वतन्त्र देश थियो त्यहाँ अधिकांस नेपाल मूलका नागरिकहरूको बसोबास थियो । भारतीय एजैन्टहरूले राजतन्त्र बिरोधी आन्दोलनलाई के कुरा भनेर उक्साए भने प्रजातान्त्रिक आन्दोलनलाई बलियो र देशलाई अखण्ड गर्न पहिले विदेशीहरूलाई देशबाट खेद्नुपर्छ । उन्को त्यो इसारा नेपालीहरू तिर लक्षित थियो । त्यहाँबाट नेपालीहरूलाई खेदियो । अब त्यहाँ रहे भारतीय एजैन्ट र उनिहरूको पिट्ठु राजनीतिक पार्टी जो सन् १९७३ को मार्चमा र अप्रेलमा सिक्किम राष्ट्रिय राष्ट्रिय कांग्रेस र सिक्किम जनता कांग्रेसको सयुक्त एक्सन् कौंसिललाई भारत समर्थक प्रतिकृयावादीहरूले सिक्किमका तत्कालिन राजा चोग्याल बिरूद्धमा आन्दोलन उक्सायो । भारतीय विदेश मन्त्रालयका सचिवले उनिहरूलाई निर्देशन गरिरहेको थियो । सिक्किमको राजधानी गंगटोकमा मुख्यतः यही उदेश्यले पठाइएको थियो ।
भारतले विस्तारै सन्धिहरूमा राजा चोग्याललाई कम्जोर बनाएर नाम मात्रका राजा बनायो । पछि ३१ जना संसदले एकका बिरूद्ध संविधान सभाले नै भारतमा सिक्किम बिलय गरायो । ४ सितम्वर सन् १९७४ भारतीय सम्विधानको संशोधन गरेर सिक्किमलाई भारतीय राज्य बनाइयो । स्वतन्त्र देश भारतले खाइदियो ।
अहिले नेपालका तराई क्षेत्रहरूमा भारतीयहरूले नागरिकता लिइँदैछन् । देशभित्र आएको गणतन्त्र पछि नेपालमा भारतीय मूलका नागरिकहरू र इसाई धर्मावलम्वीहरूको बहुल्यतामा इजाफा भएको देखिन्छ । एकातिर नेपालमा हिन्दु धर्मको नाममा छुवाछुतको व्यवहार गराएर त्यही बहानामा दलित समुदायका मानिसहरू धमाधम इसाई बनाउँदै छन् । अर्कोतिर भारतबाट जन्मका आधारमा नागरिकता पाएकाहरूले बंशजको आधारमा नागरिकता लिएर देशलाई अल्पमतमा ढकेल्दै छन् । यसमा पनि सन् १९५० को शान्ति तथा मैत्रि संधिको धारा सातले काम गरिरहेको छ । जस्तै सिक्किममा सन् १९५० कै सन्धिमा टेकेर पटक–पटक सिक्किमका राजालाई कम्जोर बनाएको थियो । त्यहाँ एकजना लैण्डुपले अथक प्रयास गरेर भारतलाई गुन लगाए । हाम्रो देशमा यस्ता लैण्डुपहरू भेट्न सकिन्छ ।
साम्राज्यावादीहरूको राजा अमेरिकन जसले विनासकारी प्रमाणुको आरोप लगाएर इराकलाई तहसनहस पारेको थियो । दुई दशक सम्म इराकका नेता तथा राष्ट्रपति रहेका सद्दाम हुसेनलाई त्यही झुटा आरोपमा १३ दिसम्वर २००३ मा गिरफ्तार गर्यो र तिन वर्ष सम्म मुद्धा चलायो र ३० दिसम्वर २००६ मा फाँसी दियो ।
अहिले पनि उसले लगाएको आरोप सिद्ध हुनसकिन । त्यसता दादागिरी गरेर विस्वमा विनासकारि गतिबिधी गर्दै आएको अमेरिकी साम्राज्यावादसँग नेपालको सरकारले एमसीसी सम्झौता गर्छ । उनैलाई देशमा भित्राएको छ । उनैको इसारामा धर्म परिवर्तनहरू हुँदै आएकाछन । यो सबै एउटा नियोजित शड्यन्त्र हो । हाम्रा साशकहरूले सम्रण गर्नुपर्छ त्यो खलङ्गाको नालापानि युद्धलाई र त्यसको परिणामलाई जसले बिसाल देशलाई टुक्रायो । सुगौली सन्धिबाट गुमाएको भुभागले आजपनि हाम्रा साशकहरूलाई धिकार्दै छ । त्यो घाउ निको नहुँदै आर्को पटक त्यहि दुष्टलाई एमसीसी जस्तो राष्ट्रघातबाट अंग्रेजहरूलाई भित्राउँने काम गरेका छन् ।
हिंजोका दिनहरूमा जनतालाई भ्रमदिन सन् १९५० लगायतका असमान संधिको खारेजी गरेर पञ्चशीलको आधारमा संधि गर्ने नारा घन्काउने यिनै नेताहरू हुन । यिनीहरू कहिले गोरू काटेर खान्छन् कहिले भैंसीको पुजा गर्छन् । यस्ता दुइजिभ्रे नेताहरूले हाम्रो स्वर्ग तुल्य देशलाई नर्कमा ढकेल्न कुनै कसर छाडेका छैनन् । हाम्रो देशका जनता मात्र होइनन् कथित बुद्धिजिवी भनौदाहरू समेत अनभिज्ञ बन्दैछन् । अहिले पनि देशभित्र धार्मिक तथा जातिय नाराहरू यिनै जिम्मेदार नेताहरूले खुलेआम लगाउँछन् र उनैका पछि देशका नागरिकहरू लागेर तालि पिट्छन् । यो चालाले देशलाई ठुलो भमरिमा पार्नेछ ।
आर्को कुरा जुन रूपमा नेपाली समाजमा हीन्दु र इसाईहरूको बिचमा लडाउने प्रयात्न अमेरिकाले गर्दै आएको छ । त्यही रूपमा भोली भारतले नेपालमा बसोबास गरेका मुस्लिम समुदायलाई पाकिस्तानी करार गरेर पाकलाई संरक्षाण दिने आरोपमा नेपालमाथि आकारमण पनि नगर्ला भन्न सकिदैन । जस्तो कि अमेरिकाले ओसामा विन लादेनलाई पाकिस्तान भित्र घुसेर मारेको थियो । भारतले श्रीलङ्कामा पठाएका तामिलहरूको आन्दोलनलाई कुचल्न स्वायम आफ्ना सैनिक पठाएको थियो । यसता यावत घटनाहरूको इतिहाश हाम्रो सामु छ । नेपाल एउटा स्वतन्त्र धर्मनिरपक्ष देश हो । बहु जात, बहु धर्मावलम्बिहरूको बसोबास भएको देश नेपाल, यहाँ धार्मिक र जातीय राजनीति गर्नु बर्जित हुनुपर्छ ।