Advertisement Banner
Advertisement Banner

२९ बुधबार, माघ २०८२10th February 2026, 12:33:31 am

प्रविधि — मानवताको लागि अभिसाफ हो।

२१ सोमबार , आश्विन २०८१एक बर्ष अगाडि

प्रविधि — मानवताको लागि अभिसाफ हो।

अलेक्जेन्डर दुगिन -  -  -  -

प्रविधिको विकास — विशेष गरी पश्चिमका उन्मत्तहरू मानिसहरुद्वारा — आफैंमा नै एउटा उपलब्धि  हो। किनकि पश्चिमको आक्रामक मानसिकताले यसलाई तुरुन्तै युद्धका उपकरणहरूमा प्रयोग गर्छ। सैनिक प्रविधिको विकास — यो प्रविधि विकासको एउटा मात्र दिशा छैन।  प्रविधि भनेको प्रमुखत: सैनिक प्रविधि हो। प्रविधिको शान्तिपूर्ण उपयोग भनेको सहायक दिशा हो। प्रविधिको विकास यस्तो हतियार प्राप्त गर्ने चाहनाबाट प्रेरित छ। जुन सबैभन्दा प्रभावकारी, अपराजेय र डरलाग्दो हुनेछ।

युद्ध — मृत्युको क्षेत्र हो, र प्रविधि पनि त्यस्तै हो — यसको उद्देश्य मार्ने, सत्ताको विस्तार गर्ने, शक्तिशाली बन्ने र प्रभुत्व कायम राख्ने हो।

प्रविधिको प्रकृति आफैंमा अपशकुन र निश्चित सीमासम्म घातक छ। प्रविधि मानिसको विरुद्ध लक्षित छ। यसले युद्धलाई अमानवीय बनाउँछ। त्यसले मानवताको मापनबाट वञ्चित गर्छ। अहिले याे प्रष्ट भएको छ कि प्रविधिको अमानवियताले सिधै मानवताको उन्मूलनतर्फ लैजाँदै छ — उत्तरमानववाद, एकाङ्कीता र एआई। प्रत्येक नयाँ प्राविधिक आविष्कार अमानवीयताको अर्को चरण हो। यसले मानवतालाई केही विकसित गर्दैन। बरु महत्वपूर्ण केही कुराकाे क्षयिकरण गर्दछ। प्रविधि भनेको क्षयीकरणकाे संकलन हो।

जो मानिसहरू प्रविधिको पूर्ण रूपमा राम्रो ज्ञान राख्छन्, तिनीहरू नै नैतिक र आध्यात्मिक रूपमा संस्कृतिको सबैभन्दा खराब उदाहरण हुन्। उनीहरूले यसको मूल्य आफ्नो आत्मा दिएर तिर्छन्।

तर यसलाई सामना गर्न, प्राविधिक-पागलहरूका साथमा आफूलाई बराबर राख्नुपर्छ। यसबाट यो देखिन्छ कि शैतानलाई पराजित गर्न, स्वयं शैतान बन्नु पर्छ। यो एक अत्यन्त विवादास्पद र छलपूर्ण तर्क हो।

प्रविधि आफैँमा दुष्ट हो। र यो राम्रो हातहरूमा भए पनि दुष्ट रहन्छ। मात्र यति फरक छ कि प्राणघातक उपकरण समात्ने हातहरू लामो समयसम्म राम्रो रहन सक्दैनन्।

यो सबैभन्दा जटिल आध्यात्मिक समस्या हो। यसलाई नजरअन्दाज गर्न सकिँदैन। समाधान पनि देखिँदैन। तर, यसलाई उठाउनु  अति नै आवश्यक छ।

अनुवादक: मोहनप्रसाद ज्ञवाली