Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

समय फेरियो, हामीमा बादर प्रवृत्ति नै

देवी काफ्ले

१५ मंगलबार , आश्विन २०८१२ महिना अगाडि

समय फेरियो, हामीमा बादर प्रवृत्ति नै

बाँदरले न आफ्नो घर बनाउँछ, न अर्काको घर बन्न दिन्छ । नेपाली बाँदरबाट मान्छे त बने, मान्छेमा हुनुपर्ने सभ्यता कहिले पनि सिकेनौं ।
एक विद्वानले भनेका छन्– समय फेरियो, हामी नेपाली बाँदरबाट मान्छे बन्न सकेनौं । जो मान्छे बनेको धक्कु लगाउँछ, त्यो ढोङमात्र हो । किनकि विदेशमा अनुशासित हुन्छन्, जब नेपाली नेपालमा हुन्छन्, तिनको काम खुट्टा तान्नु, स्वार्थी बन्नु नै हो । यस्तााले देश बनाउने, समाज सुधार्ने, सभ्य हुने, संस्कारमा बन्ने भन्नु गलत हो ।
समय, वातावरण, युग परिवर्तनसँगै मानिसका ब्यवहार, आनीबानी, विचार पनि परिवर्तित छन् । मानिस सधैं एउटै अवस्थामा रहन चाहँदैन । एकपछी अर्को परिवर्तन खोज्छ मानिस तर जति नै परिवर्तन भए पनि, गरे पनि विचार परिवर्तन गर्न र सोच परिवर्तन गर्न साह्रै कठीन हुँदोरहेछ । मानिसमा जुन प्रकारको प्रभाव परेको हुन्छ, त्यो परिवर्तन हुन गर्न मुस्किल हुनेरहेछ ।
ढुंगे युगबाट परिवर्तन खोज्दै, सम्बृद्धि खोज्दै बैज्ञानिक युगमा फड्को मारीसक्दा पनि कतिपय कुरामा मानिस परिवर्तित हुन सकेको छैन अझै पनि । मान्छेको एउटा अमिट स्वभाव आफू सबैभन्दा उच्च, सबैभन्दा माथि देखिनुपर्ने । आफ्नै विचार लागु हुनुपर्ने र आफूले जे ग¥यो, जे बोल्यो त्यो मात्र सही अरू सबै गलत भन्ने धारणाले मान्छे अनैतिक बन्दोरहेछ ।
शताब्दीका कुरा गर्छौं । यो शताब्दी भनेको बिज्ञान र प्रबिधिको हो भन्छौं । समानताका कुरा गर्छौं । मौलिक अधिकारका कुरा गरेर कहिल्यै थाक्दैनौं तर बाहिर अधिकारका, कानूनका ब्याख्या गर्नेले नै अरूको अधिकारको खिल्ली उडाउँदै हिड्छौं । अचम्मको छ हाम्रो समाज, मान्छेको बानीबेहोरा ।
हरेक किसिमका विभेदहरूको बिरूद्ध निकै चर्केर माइक उछिट्टिनेगरी नाराबाजी हुन्छ अनि विभेदकारी ब्यवहार उनैले गर्छन् । यहाँ आफू मात्र सर्वश्रेष्ठ प्राणी हो, अरू त जनावर, अबुझ सरह मान्नेहरूको घुइँचो छ । आफू जानोस् नजानोस् ज्ञान बाँड्न तम्सिन्छन् अरूलाई, जे गर्न हुँदैन भन्छन् आफू त्यही गर्छन् । मान्छेको स्वभाव देखेर अचम्म लाग्छ अचेल । आफूले हासिल नगरेको बिषयको ज्ञाता नै भैदिन्छन् । समाजमा घटेका घटनाहरूको चुरो कुरोमा नपुगी न्यायाधीश बन्दिन्छन् । कसैलाई कसुरवार नभए पनि कसुर ठहर्याउँछन् । उसैलाई मर्नु न बाँच्नुको दोसाँधमा पु¥याइदिन्छन् । नभेटी, नदेखीकनै कसैको चरीत्र निर्माण गरिदिन्छन् । आफू सम्बद्ध बाहेक अरूको विचारसँग सहमत देख्यो भने सात पुस्तालाई पुग्ने गाली दिन्छन्, उछित्तो काढ्छन् । यहाँ समाजको र देशको नेतृत्व गर्नेहरूलाई जे गरे पनि छुट हुन्छ । नेतृत्व जहिले पनि जनमतको अपमान गर्छन्, नेतृत्वमा पु¥याउनेहरू दबेका दबियै हुन्छन् । मान्छे जतिसुकै सभ्य भयो भने पनि पद्धतिले, पद्धति हाँक्ने मान्छेले सभ्य हुन जानेनन् ।
आखिर यति धेरै नेगेटिभिटी कसरी आउँछ मान्छेमा ?
एउटी गायिका र एउटा नायकको प्रेम, धोकाको घटनाले आज पनि मान्छेहरू ईजारको तुना कसेझैं कस्सीएर लागेका छन्, केटीलाई डाउन गराउन । उमेर नपुगेकी केटीले सही निर्णय लिन सकिन वा कसैको प्रेममा बांधिएपछी उसले आफ्नो सर्वस्व ठानेको मान्छेले जे भन्यो मानिछ । प्रेमीले उसको ईज्जतसंग खेल्यो बिहे गर्न अस्विकार गर्यो  ।
मुद्धा मामिला भयो निसाफ गर्ने न्यायालयले हो निसाफ गर्यो सकियो ।तर आज पनि त्यो केटीलाई चरित्रहिनताको ट्याग जबरजस्ती टांसिएको छ ।यी बिना डिग्रीका न्यायाधीशहरूले बिभिन्न उपनाम दिएर बद्नाम गराउंदैछन् ।
यी सन्जाले र कुरौटे न्यायाधिशहरूले  कुरा कहिले बुझ्लान् कि–एउटा उमेर खाएको ३३÷३४ बर्षे लक्काजवान, समाजलाई सही मार्गनिर्देश गर्ने असल कलाकारको जीम्मेवारी केही थियो कि थिएन ? फिल्ममा हिरोले गरेका सुपर कामहरूको युवा तथा बालबालिकामाथि कस्तो असर पर्छ थाहा कैले पाउँछन् ? हिरोले पोजेटिभ रोल फिल्ममा मात्रै गर्ने हो कि समाजमा पनि ? फिल्ममा भिलेनले गरेको बलात्कारका घटना हेरेपछी के बालिका, के बृद्धा सामने भेट्दा घृणाको दृष्टिले हेर्छन् तर हाम्रो समाज किन र कसरी यति धेरै बिकसित भयो कि बलात्कार गर्नेलाई पूजा र पिडितलाई जथाभावी गाली बर्साउन पछी पर्दैन ।सजायं पनि कति हुन्छ ? अपराध अनुसारको हुनुपर्ने होइन र ? युगौंयुग, पुस्तौंपुस्तासम्म सजाय दिइरहने कस्तो समाजको निर्माण भयो ? अनुशासनमा छोरा नबस्नु भनेर कुनै शास्त्रमा लेखेको भए पनि अलग कुरा । नैतिकशिक्षा पठन सामग्री हट्यो अपराध बढ्यो । अझै पनि युगका र शताब्दीका कुरा गर्ने हो भने हाम्रो सामाजिक सचेतनाको स्तर ढुंगेयुगको भन्दा पनि खराब लाग्छ । ढुंगे युगमा त नारीलाई सम्मान थियो । आज यो समाज एउटी उदाउँदी तारालाई जबरजस्ती मरणासन्न अवस्थामा पु¥याउँदै छ ।
यस्ता रोग हरेक क्षेत्रमा देखिएका छन् । नेपालका राजनैतिककर्मीहरूका करतुत त बेलाबेलामा सन्जालमा छरपष्ट भएकै छन् । यहाँ औतारी कार्यकर्ताहरू आफ्नो नेताले उनीहरूकै दिदीबहिनी बलात्कार ग¥यो भने पनि ताली ठोकेर बधाई दिन्छन् न की पिडकमाथि औंला उठाउंँछन् । चरित्रहिन पुरूषलाई आदर्श मानेर हिड्छन् ।
मैले भन्न खोजेको यहाँ–जुन नैतिकशिक्षा हामी छोरीलाई दिन्छौं नी त्यो नैतिकशिक्षा छोरालाई पनि दिनुपर्यो । १७ बर्षे र ३३÷३४ बर्षे मान्छेको जीम्मेवारी, निर्णय गर्ने क्षमता बराबर हुन्छ त ? केटाले अनुशासनमा बस्नु पर्दैन ? कि तेरा फसल बचा भाई मेरा घोडा फ्रि है भनेर युवकहरू छाडा छोड्ने केटीहरू मात्रै अन्याय सहेर बस्नुपर्ने ?
समाज समृद्ध, सुशासित, अनुशासित हुनको लागि जति महिला अनुशासित हुनुपर्छ त्यति नै पुरूष पनि हुनुपर्छ । समाजका पुरूषवर्ग देख्दा महिलाले सुरक्षित महसुस गर्न पाए भने आदर्श समाज बन्छ । समाजले महिलालाई हेर्ने दृष्टिकोण अलि फराकिलो र आत्मिय नबनाएसम्म र नैतिकशिक्षा घरबाटै नपढाएसम्म सुधारोन्मुख देखिदैन ।
खै बिषादी,केमिकलयुक्त खानपानले पनि हो कि मानिसले धेरै बिष वमन गर्न थालेको ? समयमै सचेत बनौं ।
हामी मान्छे बन्न सिकौं ।