सुरेशकुमार पाण्डे - - - -
अचेल सोह्रश्राद्ध चलिरहेको छ । यो अवधिमा समाजले आ–आफ्ना दिवगन्त भएका पूर्वजहरूलाई सम्झिन्छन् । हिन्दु समाजमा यो चलन छ । तर सबैले आ–आफ्ना पूर्जहरूलाई सम्झिन्छन् र सम्झिनु पनि पर्दछ । फरक त परमम्राको मात्र हो । कतिले कुन तिथिमा, कसैले कुन, कसैले भुल्न सक्दैनन् । यो वेलामा भन्नैपर्ने मुख्या कुराकेहो भने श्राद्धलाई कुसंस्कार तर्फ होइन बरू पूर्वजहरूको सम्मान् तर्फ डोराउँदै लैजानुपर्छ । श्राद्धको अर्थ हो सत्यमा धारण गर्नु । अहिले सत्य कुहिराको काग बन्दै गएको अबस्थामा सत्यलाई जोगाउने मनुश्यको कर्तव्य पनि हुन्छ ।
संसारको प्रत्येक बस्तुको विकास सत्य तिर हुन्छ । यो विकासको संसारमै प्रवाह दिशा सत्य तर्फ छ र असत्य तिर छैन् । अहिलेको अबस्था बिपरित दिशतिर केन्द्रीत भएको देखिन्छ । खास गरेर हाम्रा युवाहरूलाई आफ्ना पूर्वजहरूको नाम समेत थाहा हुँदैन परम्परा त अलि टाडाको बिषय हो । मानिस चेतना भएको प्राणी हो ।
मानिसले सधैभरी द्वन्दात्मक तरिकाबाट धर्ती आकासमा खोज गर्दै आफुलाई आवश्यकता पर्ने बस्तुको पूर्ति गर्दै आएको छ । चाहे त्यो खाद्यान होस् वा हात हतियार, प्रविधि । खोजमूलक बस्तु निर्माण भनेको विज्ञान नै हो । आजकल सबै उत्पादन र मुनाफामा केन्द्रीत् भएका छन् । पुँजिवाद यही हो । जेहोस आज मानिसको प्रत्येक कार्यको आधारभूत कारण उसको अन्त.करणमा उठेको उमंग, आकंक्षा, प्रेरणा नै हो । एउटा माटोबाट कयौँ बस्तु बनायो, ढुङ्गाबाट र फलामबाट कयौँ बस्तु हतियार निर्माण गर्यो । मानिसले आदिम समाजमा माटो, ढुङ्गा, र काठबाट सबै आबस्यकता अनुसारका हात हतियार र चाहिने बस्तुहरू बनायो । खोज गर्दै गयो पछि उस्ले फलाम, सुन चाँदी, तामाहरूको समान बनायो । यसरी मानिसले बस्तुबाट विज्ञानिक दिशा निर्धारित गर्दै आएको हामीले पाउछौँ ।
यसरी शनैः शनैः बस्तुबाट ज्ञानको विकास भयो ।
हाम्रा पूर्वजहरू सँग हाम्रो त्यो एउटा सिपको ज्ञान कला सँगै यसतै अन्त करणमा घनिभूत भाव,सम्वेदना लगावको मिश्रणको नाम नै श्रद्धा हो ।श्रद्धा सम्मान् मात्र नभएर सिपलाई अगाल्नु पनि हो ।
बुद्धी र सक्रियता भिन्न–भिन्न दिशाहरूमा प्रयुक्त हुँदा आकास पाताल जस्तै फरक हुनसक्छ । हाम्रो समाजमा जुन देखावÞटी र औपचारिक्ता गर्ने बानि बसेको छ, त्यो ठिक सङ्केत होइन् । मानिसको जन्म सँगै मृत्युको अनिवार्यतालाई स्वीकार नगरेपनि मृत्यु अवश्य हुन्छ । हामीले जतिसुकै कोसिस् गरेपनि अहिले सम्म देखेको एउटा सत्य कुरा के छ भने यो धर्तिमा जन्मिएका तमाम जीवहरू मर्छन्, त्यही प्रकारले ढिलो चांडो निर्जिवहरूपनि नष्ट हुन्छन् नै ।जस्तै फलाममा लाग्ने रोग आफैले लिएर आएको हुन्छ । त्यो हो खिया, केही चिज छाडेर सबैजसो जिचहरू आफैभित्रबाट नष्ट हुने गर्छन् । जीव जन्तु, पशु पंक्षी पनि आयु अनुसार मर्छन् ।
हामी मानव समुदायले आ आफ्ना पूर्वजहरूलाई सम्झिने, सम्मान् गर्ने र उनिहरूको योगदानलाई सङ्कलन र अनुसरण गर्ने परमपरा राम्रो हो । त्यसबारेमा हामिले सत्य तथ्य तर्फ खोजबिन नगर्नु भनेको पित्रिहरूको अबमूल्यन र अपमान गरेको पनि हो ।हाम्रा पूर्वजहरूले गरेका राम्रा कृयाकलापको सिको गर्नु उनिहरूको सम्मान् हुन्छ ।तर उनिहरूमा रहेका गलत बिचार जस्तै उधारणका लागि जुवा खेल्नु ,मदिरा सेवन गर्ने मर्दका दशौटी भनेर स्विकार गर्ने बानिलाई आफुले पनि अगाल्न खोज्नु पनि जानि नजानी उनिहरूकै अपमान हुन्छ ।
यसको अर्थ हो पितृहरूले गरेका राम्रा कृयाकलापहरूको संरक्षण व्यवहारमा गर्नु र नराम्रा कृयाकलापलाई त्याग्नु भनेको पितृको सम्मान गरेको हुन्छ । कतिपयले श्रद्धा गर्नु भनेको धर्म गर्नु ठान्दछन् । पुरोहितलाई दिएको दान पितृले पाउँछन् भन्ने हिसाबले बुझेका हुन्छन् । यो समाजमा अनावस्याक परम्परा बनेको छ ।
हाम्रो समाजले जिउँदालाई भन्दा मूर्दालाई प्राथमिकता दिनुको अर्को अर्थ हो । उनीहरू भूत बनेर आफुलाई दुःख दिनसक्छन् । किन की जीवित छँदा उनिहरूको राम्रो सुसार गर्न सकिएन, बचन लगाइयो, औषधी उपचार गरिएन, उनीहरूलाई समयमा खान लगाउन दिइएन । अपमान सूचक शब्द प्रयोग गरियो ।
मानौँ व्यक्ति एउटा वृक्ष हो जस्तो श्रद्धा र विश्वास हुन्छ अथवा त्यसैको मिश्रण हुन्छ । श्रद्धाले त सिमित क्षेत्रबाट पनि माथि उठाइदिन्छ । अरूप्रति सहयोग गर्ने भावना जगाइदिन्छ । यो संस्कारको सामाजिक र धार्मिक जिम्मेदारी पनि छ ।
हामीलाई थाहा छ मानिस मरेपछि त्यो आगोमा पोलेर खरानी पारिन्छ । उनिहरूको आत्मा कहाँ छ कुन लोकमा छ भन्नेकुरा कल्पनामा आधारित बिषय हो । धर्मग्रन्थहरू पनि मानिसहरूले बनाएका हुन् । हामी मध्य कसैले पनि स्वर्ग र नर्क देखेको भए यही धर्तिमै देखेका छौँ । मरेपछि स्वर्ग जान्छ, बढी दानपुन्य गरेपछि त्यो पितृलाई मिल्छ भन्नु पनि सही बिषय होइन ।
त्यसो हो भने गरीवको सहयोग गर्नु धर्म हो, बेरोजगारलाई कामदिनु धर्म हो । असहायलाई सहयोग गरेर उनिहरूको उपचार गर्नु धर्म हो । त्यो काम किन गर्दैनौँ ? के कपाल दारी काटेर पुरोहितलाई दानदिएर धर्म हुन्छ त ? त्यो एउटा भ्रम हो । बरू आजको अबस्थामा असायहरूको सहयोग गरेपछि हाम्रो समाजबाट कम्तिमा पनि मानव धर्मको जोगेर्णा हुनसक्छ । समाजभित्र धेरै अनाथहरू छन् अनाथ बालबालिका मात्र होइन वृद्धाहरू पनि आफ्नैले बनाएका अनाथालयमा जीवन यापन गरिरहेकछन् । यसो भन्दा असान्दर्भिक नहोला,उनिहरू आ आफ्नो काल पर्खेर बसेका छन् । यस्ता बा आमाको सहयोग गरौँ त्यसैमा पुन्य हुनेछ ।
समाजमा धन कमाउनकै लागि स्वर्ग र नर्कका कथा सुनाउने, जनतामा भ्रम छर्नेहरूलाई सहयोग नगरौँ भन्न खोजिएको मात्र हो । धर्मनै गर्ने हो भने असमर्थ बाल बालिकाको सहयोग गरौँ । बुढा बुढी, रोतीहरूको उपचारमा सहयोग गरौं ।
आजको समाजमा एकातिर रूढीवादी बिचारले घर जमाएको छ भने आर्को तिर प्रगतिशीलको बहानामा पश्चिमतिरको छाडा बिचारको ओइरो लागेको छ । यस्तो दुबै थरिका बिचारले हाम्रो समाजलाई गलत दिशा तर्फ ढकेल्दै लगेको आभाष हुन्छ । सत्यलाई अंगिकार गर्न सकेनौं भने दुर्घट्नालाई निम्ताउने छौं ।
संस्कार रितीरिवाज हाम्रो समाजको शोभा हो । त्यो मात्र होइन समाजलाई डोराउने र सहि मार्ग दर्शन् गराउंने माध्याम पनि हो । त्यसकारण गलत बिचारलाई परमपराको नाउमा समाजमा लाघ्नु गलत हुनेछ । बरू समाजलाई सहि दिशा तर्फ डोराउन यी सबै खाले परम्पराहरूलाई प्रयोग गर्नु आजको आवश्यकता हुन्छ । देश र जनताको हितमा श्रद्धा, संस्कारहरूलाई परिमार्जित गर्दै अगाडी बढ्नु समयको माग हो भनेर भन्नसकिन्छ । अचेल देखावÞटी गर्ने प्रचलन बन्दै आएको छ ।जीवित छँदा बा आमाहरू अर्घेला बनाइन्छ । उनीहरूको मर्म बुझ्न सकिदैन्,रेखदेख सुसार गरिदैंन् । मिठो बोल्न पनि छाडेकाहरू जब उनिहरू मरेर जान्छन् त्यसपछि उनीहरूको नाममा खुब देखावÞटी गर्न थाल्छन् । बाचुञ्जेल अनाथ आश्रममा राखेर उनिहरूको आकंक्षाको अपहेलना गर्ने र उनिहरूको अधिकार कुण्ठित गर्न कुनैकसर छाडेका हुँदैनन् । उनैले मरेपछि काजकृया धुमधामसँग गर्छन् । त्यो एकप्रकारको ढोङ नै हो । देखावटी गर्ने र आफ्नो कर्तव्यबाट पन्क्षिने गर्दछन् ।
बुढा–बुढी मरेपछि काजक्रिया गरेर दुःख बोकेर काम छैन । साँचै मायाँ गर्नेहरूले जीउँदै छँदा सुसार गर्छन् र मरेपछि उनिहरूको नाम जीवित राख्न प्रयास गर्छन् । त्यही वास्तवमा पूर्वजलाई गरिएको श्रद्धा सम्मान् हो भनेर बुझ्नुपर्छ ।