भारत प्रष्ट नभएकाले र नेपाललाई विवादमा पार्नकैं लागि लुम्बिनी पारी भारतीय क्षेत्रमा बुद्ध नगर, बुद्ध एयरपोर्ट बनाइसक्यो । भारत असली, अर्को लुम्बिनी भन्छ । फिल्मकार कविर वेदीले माफी मागे । तत्कालीन भारतीय विदेश सचिव सुजाथा सिंहले फर्कने क्रममा एयरपोर्टमा भनिन्– ‘बुद्धको जन्मस्थान लुम्बिनी हो, लुम्बनी नेपालमा पर्छ । यो विषयमा बिबाद गर्नुको तुक छैन ।’ नरेन्द्र मोदीले नेपालको संसदमै संवोधन गर्दै यसै भनेका थिए तर जर्मन पुगेर बुद्ध भारतका हुन् भने । भारतीय लेखक फरिद जकारियादेखि कलाकार कविर वेदीसम्मले बुद्धबारे भ्रम फैलाउने काम गरिरहेकै छन् । यति हुँदा पनि नेपालका बुद्धमार्गी किन सरकारको मुख ताकेर बसेका छन् ? बुद्धमार्गी भन्न सक्दैनन्– बुद्ध नेपालका हुन् भनेर । बुद्ध, सगरमाथा, पशुपतिनाथका विषयमा किन बिबाद ? नेपालले आफ्नो महिमा, गरिमा कहिले बुझेन । जेमा पनि राजनीतिक स्वार्थ ।