Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

वीपीलाई कांग्रेसले बुझ्ने कहिले ?

०८ मंगलबार , आश्विन २०८११० दिन अगाडि

 वीपीलाई कांग्रेसले बुझ्ने कहिले ?

वीपी कोइराला ०३३ साल पुस १६ गते ‘मृत्यु दिए पनि स्वीकार छ’ भनेर स्वदेश फर्किए । वीपीले त्यति कठोर निर्णय किन लिए होलान्न्, कांग्रेसीले अझै बुझेजस्तो लाग्दैन । मनमा द्विविधा भए माटो हातमा लिएर मनन गर्नु, मनले जे निर्णय गर्छ त्यही गर्नु भन्ने वीपीको निर्देशन थियो, त्यसलाई पनि कांग्रेसले बिर्सेको छ । वीपीको यो मार्गदर्शन वर्तमानमा अन्यौलग्रस्त बनेको कांग्रेस, बुढो र युवापुस्ताका लागि मूलमन्त्र हुनसक्ने थियो । ०३६ सालमा जनमत संग्रह सम्पन्न भयो । सुधारिएको पञ्चायतको पक्षमा परिणाम आयो । ‘जनताको निर्णय म मान्छु’ भनेर वक्तव्य निकाल्ने वीपीलाई कांग्रेसले कहिले मनन गरेन । वीपीलाई कांग्रेसले बुझ्ने कहिले ?