प्रेम सागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज - - - -
बेइजिङमा आयोजित चीन–अफ्रिका सहयोग मञ्चले अफ्रिकालाई चीनको प्राथमिकता रहेको सन्देश दिएको छ । अफ्रिकालाई आफ्नो पक्षमा बनाउनका लागि अमेरिकाले लगानी र सम्बन्ध विस्तार गर्ने प्रयास गरिरहेको छ । सम्मेलनमा चीनले अफ्रिकीहरूसँग आफ्नो सम्पर्क बलियो बनाएको स्पष्ट पारेको छ । यस मञ्चबाट नेपालले के सिक्ने भन्ने विषयमा नेपालमा छलफल भएको छैन । अमेरिकासँगको सम्बन्ध विस्तारका कारण नेपालमा चिनलाई प्राथमिकता दिइँदैन । प्रतिफलको सन्दर्भमा पनि चीनको लगानी महत्वपूर्ण छैन । तसर्थ, अफ्रिकीहरूसँगको चीनको सहकार्य नेपालका लागि कागका लागि पाकेको बेल जस्तै हो । यद्यपि, यस मञ्चबाट नेपालले सिक्ने विषय छन् ।
लगानीको सन्दर्भमा नेपाल चिनका लागि आकर्षक स्थान हुनसक्छ । चिनमा श्रमिकको लागत बढ्दै जाँदा नेपालमा सस्तो श्रमिक भएकाले चिनियाँ कम्पनीहरू नेपाल आउन सक्छन् । यस विषयमा नेपालको चासो छैन । अफ्रिकाको आधुनिकीकरण र विकासका लागि सहकार्य गर्न चीन सधैँ तयार रहेको छ । नेपालमा चीनको चासो किन घट्यो, यो पत्ता लगाउनुपर्छ ।
अमेरिका र जी ७ साझेदारहरूले अफ्रिकी देशहरूमा पूर्वाधार निर्माण गर्ने योजनाका साथ अगाडि बढिरहेका छन् । जब अफ्रिकीहरूले चीनसँगको सम्बन्ध राख्छन्, ऋण जालसहित गलत प्रतिनिधित्व प्रयोग गरिन्छ । यो टिप्पणी नेपालमा पनि छ । तर, पश्चिमको यो गलत टिप्पणी नेपालले बोकेको छ । नेपालको राष्ट्रिय हितको मुद्दा स्पष्ट नभएसम्म यो समस्या आउँछ । यस सम्मेलनबाट यस्तो देखिन्छ कि नेपालले चिनलाई आफ्नो राष्ट्रिय हितबारे स्पष्ट पार्नुपर्छ ।
सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अफ्रिकालाई गरिने सबै सहयोगलाई स्वागत गरिएको बताए । तर उनले यस प्रक्रियामा प्रभावशाली व्यवहार देखाउन नहुने चेतावनी पनि दिए । चिन मात्र होइन, अमेरिकाले पनि नेपालमा यो टिप्पणी किन प्रयोग गर्न सक्दैन ? यस विषयमा नेपाल स्पष्ट हुनुपर्छ । अर्कातिर, चीनले अफ्रिकी प्रतिनिधिहरूलाई रेड कार्पेट स्वागत र सांस्कृतिक ट्याब्लोहरू प्रस्तुत गर्दै सम्मान गरेर आतिथ्यको उच्च उदाहरण प्रस्तुत गरÞ्यो । चिनबाट आएका अफ्रिकी प्रतिनिधिहरूजस्तै सम्मान नेपालले किन पाउँदैन भन्ने कारण पनि नेपालले खोज्नुपर्छ ।
आफ्नो सम्बोधनमा राष्ट्रपति सीले सबै अफ्रिकी देशहरूसँगको द्विपक्षीय सम्बन्धलाई रणनीतिक स्तरमा स्तरोन्नति गर्ने प्रस्ताव गरे । उनले चीन–अफ्रिका समुदायको निर्माणमा पनि जोड दिए । यस सम्मेलनले चीन र अफ्रिकालाई निष्पक्षता र तर्कसंगतता, खुलापन र विन–विन सहयोग, जन–केन्द्रितता, विविधता र समावेशीकरण, पारिस्थितिक–मैत्री कार्य, र शान्ति र सुरक्षाको क्षेत्रमा काम गर्न आधार बनाएको छ । किन नेपालले अहिलेसम्म चीनसँग यस्तो आधार निर्माण गर्न सकेको छैन ।
सम्मेलनमा चिनियाँ र अफ्रिकी प्रतिनिधिहरूले ग्लोबल साउथमा सहयोगको मुद्दा उठाए । आफ्नो भाषणमा राष्ट्रपति सीले चिनले अफ्रिकी देशहरूसँग मिलेर सम्पूर्ण दक्षिणमा आधुनिकीकरणको लहर ल्याउने घोषणा गरे । यसरी, चीनले आफूलाई सम्पूर्ण दक्षिणको पक्षपात र अमेरिकाको भरपर्दो विकल्पको रूपमा स्थापित गर्न खोजिरहेको देखिन्छ । नेपाली नेतृत्वले नेपालमा चीनको प्रयासलाई स्वार्थसँग जोडेका छन् । नेपाल–चीन सम्बन्धमा देखिएको यो कठिन मार्ग हो ।
अफ्रिकीहरूले चीनलाई विश्वास गर्ने एउटा प्रमुख कारण चीनको समतावादी विचार हो । चीनले अफ्रिकी देशहरूको सार्वभौमसत्ताको सम्मान गर्छ । आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गर्दैन । अहिले पश्चिमले अफ्रिकामा समलैंगिकता, व्यक्तिवाद र भौतिकवाद जस्ता विचारधाराहरू थोप्न खोजिरहेको छ । पश्चिमले अफ्रिकामा आफूले गर्न चाहेको व्यवहारलाई लागु गरेको छ । यस विषयमा नेपालले अफ्रिकाबाट सिक्नुपर्छ ।
सन् २०२१ मा, चीनले ‘नयाँ युगमा चीन अफ्रिका सहयोग’ शीर्षकको श्वेतपत्र जारी गर्यो । यसमा चीन र अफ्रिकावीचको सहकार्यका सिद्धान्तहरूको उल्लेख गरिएको छ । यसले निष्कपट मित्रता र समान व्यवहार, न्याय र राष्ट्रिय सरोकारको सम्मिश्रण, जनताको विकास र खुलापन, समावेशीकरण र समन्वयमा जोड दियो । थप रूपमा, चीनले सहायतामा कुनै पनि मानव अधिकार वा राजनीतिक सर्तहरू नराख्न र लगानीमा आफ्नो भूराजनीतिक चासो नचाहेको कुरामा जोड दियो । यो अफ्रिकाका बारेमा चीनको खुला मानसिकता हो । अर्कोतर्फ, चीनले लोकतन्त्र र मानव अधिकार निर्यात गर्ने प्रयास गर्दा नेपालले समस्याहरूको सामना गरेको छ । चीनको संवेदनशीलताका बारेमा नेपालले अफ्रिकाबाट सिक्नुपर्छ ।