Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

जालोमा फसेकाबाट आश नगरौं

शाश्वत शर्मा

०८ मंगलबार , आश्विन २०८१२ महिना अगाडि

जालोमा फसेकाबाट आश नगरौं

पश्चिमा सहजकर्ताको बलमा गठन भएको यो कांग्रेस एमालेको गठबन्धन सरकारका प्रम ओली असोज ३ गते ५० लाख खर्च गरेर दरवारमार्गमा गरेको कन्सर्टबाट पनि भाग्नुपरेको छ । संविधान दिवसको रौनक देखाउन आयोजना गरिएको सो कन्सर्टमा छोटो भाषण गरेर ओली भागेका हुन् । यसअघि टुँडिखेलमै देउवा र ओलीविरूद्ध हुटिङ भएको थियो । हुन त राष्ट्रसंघमा सहभागी हुन अमेरिका पुगेका ओलीलाई बालेनका समर्थकले उता पनि कालोझण्डा देखाएका छन् ।
नेताहरूले पिटाइ खाने, घृणा बेहोर्नुपर्ने क्रम बढेको छ । बालेन, रवि लामिछाने, हर्क साम्पाङहरूले जतिसुकै ओलीको विरोध गरे पनि यो भूराजनीतिक प्रभाव होइन भन्नेहरू धेरै छन् । बहुमतको सरकारको यो हविगत, यसको मूल कारण यो पद्धतिले मुलुक हाँक्न र जनताको अपेक्षा संवोधन गर्न सकेन, असफल भएर हो । कुनियत राखेर राजनीतिलाई अपराधिकरण र भ्रष्टाचारको अखण्डा बनाएकाले नेताहरू धमाधम भाग्नुपरिरहेको छ । विश्वमै प्रमुख र दोस्रो दल मिलेर सरकार बनाउँदैनन्, नेपालमा स्थिरताको नाममा बन्यो, संविधान संशोधनको सगुफा छाडिएको छ । अन्तरिम संविधानविरूद्ध खिलराजको नेतृत्वमा सरकार गठन गर्नु, संसदमा चुनाव हारेका व्यक्तिले गणतन्त्र कार्यान्वयनको प्रस्ताव राख्नु, सभाध्यक्षले अदृश्य थेग्नै नसक्ने दबाबका वीच गणतन्त्र कार्यान्वयन भयो भनेर घोषणा गर्नुले पनि यो पद्धति अप्राकृतिक र अवैधानिक रूपमा आएको प्रष्ट हुन्छ । जुन देशमा ९४ प्रतिशत ॐकार परिवारको बाहुल्यता छ, त्यो देशलाई धर्मनिरपेक्षताको आवरणमा ईसाइकरणको मूलढोका खोल्ने पनि यिनै हुन् । यसरी भ्रष्टाचार र कुनियत, नीतिविहीन रूपमा चलेको सरकारले देश र जनताको आशा र अपेक्षा होइन, आफ्नै स्वार्थ पूर्ति गरिरहेको छ, सबे दलहरू स्वार्थकेन्द्रीत रहेका छन् । यिनले राष्ट्रहित गर्छन् भनेर सोच्नु नै गल्ती हुनपुगेको देखिन्छ ।
हो, संविधानविरोधी ऐन नियम विपरीत पनि काम गर्छन् यिनीहरू । बोलेकै भरमा दुर्गा प्रसाईलाई साइवर काुनन लगाएर पक्राउ गर्ने आदेश दियो अदालतले । यिनैले निर्माण गरेको संविधानमा वाक स्वतन्त्रताको ग्यारेण्टी गरिएको छ । यिनका विदेशी हाकिमले जे आदेश दिन्छन्, यिनले त्यही गर्छन् । शान्तिपूर्ण गरिने बिरोध, नारावाजी गर्ने युवालाई पनि दमन गर्ने गरिन्छ । संविधानलाई आफूखुशी अर्थ लगाउँदा यी नेताहरू बदनाम भइरहेका छन् । दिल्लीका १२बुँदेवालाहरू जेमन्त गरिरहेका छन् । यसकारण पनि यी छाडा साँढे चरित्रका नेताहरूबाट अब नेपाल र नेपालीका लागि केही पनि हुँदैन । यिनीहरू विदेशी जालोमा फसिसकेका छन् । विदेशीले जे चाहन्छ, यिनको काँधमा बन्दुक राखेर पड्काइदिन्छन् । आदेश दिन्छन्, अनि यिनले आदेशको पालना गर्छन् । जो परजीवी छन्, रिमोटबाट चल्छन्, तिनको काम आदेशको पालना गर्नु नै हो । अब यिनले जे जस्तो काम गर्छन्, निर्णय गर्छन्, त्यो विदेशीको चाहना र स्वार्थअनुकूल नै गर्नेछन् । यिनको जे जस्तो चरित्र देखिएको छ, देशमा जनादेशको अपमान गर्दै, नेपाल र नेपालीको विरूद्धमा काम गरिरहेका छन् । यसको मुख्य कारण नै यिनका माइवाप विदेशी हुनु हो, यिनीहरू विदेशी खेताला बन्नु नै हो ।
त्यसकारण अब दशैं, तिहार, छठ, माघे संक्रान्ती आदि अनेक पर्वहरू आउनेछन्, ती पर्वहरूमा रम्नुभन्दा पनि यी पर्वहरू नभनी यी १२ बुँदे वालाहरूलाई बिस्थापन गर्न एकजूट हुनुपर्ने बाध्यता छ । जब नेपाली एकजूट हुनेछन्, सडकमा बिद्रोहको आगो ओकल्न तैयार हुनेछन्, तबमात्र नेपाल र नेपालीको कल्याण होला । होइन, पर्व पर्व भनेर भद्रो हेर्दै समय कटाउने हो भने यसबाट सबैभन्दा बढी लाभ यिनै भ्रष्ट, अनैकि तत्वहरूलाई हुनेछ । नेपालीका अगाडि भ्रष्टाचारविरूद्ध बिद्रोह गरेर स्वराज र अस्तित्व जोगाउने कि यसैगरी भ्रष्ट तत्वहरूको शोषण सहेर मर्ने भन्ने बिकल्प बाँकी छ । त्यसै पनि नेपाली वीर जाति हो । वीरताले नै यो देशको निर्माण भएको हो । पुर्षाले जुन कष्ट र त्याग गरेर यो राष्ट्रको निर्माण गरे, कहिल्यै विदेशीको उपनिवेश हुन दिएनन् । यस्तो गौरवशाली राष्ट्र आज भ्रष्टाचारको दलदल बनेको छ, भ्रष्टचारीहरूको दलबलले दमन बढाउँदै लगेका छन् । राष्ट्रको अस्तित्व नै संकटमा पर्न पुगेको छ । आन्तरिक र बाह्य दुबै रूप र स्वरूपमा देश संकटमा छ । यो संकटबाट पार पाउन यी भ्रष्ट र अनैतिक नेतृत्वबाट सम्भव छैन । यसकारण जनबिद्रोह अवश्यम्भावी जरूरी छ ।