Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

सत्ताका भोकाहरूको कुनियत छरपस्ट

०६ आइतबार , आश्विन २०८११२ दिन अगाडि

सत्ताका भोकाहरूको कुनियत छरपस्ट

०७९ को निर्वाचनबाट उदाएका ३ पार्टीहरु– रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टीहरु हुन् । केही नयाँ युवा पनि देखिए । तर बदनाम र बिबादमा छन् रास्वपाका रवि लामिछाने, जनमतका सीके राउत र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ ौधरी । रविका २१, जनमतका ६ र उन्मुक्तिका ३ सदस्य छन् । तैपनि यिनीहरु सत्तासीन हुन आतुर छन् । रविले त गृहमन्त्री नै पड्काए । अहिले सहकारी ठगको बिल्ला बोकेर संसदमा छन् ।
समाज बदलन नेता उदाहरणीय हुनुपर्छ । संसदमा यी र यस्तै बदनाम चरित्र छन्, जसले सत्ता हाँकेका छन् । पुराना नेताहरु धुमिल छन्, नयाँ नेताहरु पनि फोहरी बनिसके ।
यिनीहरुको घर झगडा पनि छताछुलल बनेको छ ।
सीके राउतले श्रीमतीलाई छोडपत्र दिए, श्रीमती सोनी सिन्धुरानी भन्छिन्– ममाथि सधैं अन्याय भयो । अदालतको फैसला आउन बाँकी छ । 
नागरिक उन्मुक्तिभित्र ज्यानमारा मुद्दा लागेका रेशम चौधरीलाई ठूला दलले माफी दिलाइदिए । पार्टी अध्यक्ष छिन् रञ्जिता । रेशम र रञ्जिता श्रीमान श्रीमतीवीच दूरी बढेको छ । निर्वाचन आयोगले रेशमलाई पार्टी अध्यक्ष बन्न नसक्ने बताएपछि यो बिबाद चर्केको हो ।
रास्वपाका अध्यक्ष रवि लामिछाने सहकारी ठगको आरोपमा छन् । संसदीय समितिले दोषी देखायो कि क्लिनचिट दियो, बिबाद ठूलै छ । मिडिया ट्रायलमा रवि ४ वटी श्रीमतीको पति भनेर बिबाद उठाइएको छ ।
र, कांग्रेसका उपसभापति धनराज श्रीमतीसँग नक्कली डिभोर्स गरेर सहकारी ठगेको बिबादमा छन् । ज्योति गुरुङ पत्नी कि पूर्वपत्नी, बहस जारी छ । डिभोर्स भइसकेपछि ज्योतिले ठगेको सहकारीको केही रकम तिरेपछि धनराजको छवि कालाम्मे भएको हो ।