पहाडमा तुइन बाँकी छन्, भएका तुइन, झोलुङ्गेपुल चुँडिएका छन्, बगाएका छन् । खोला नतरी स्कूल पुगिन्न, खोला तर्नु ज्यानको जोखिम छ । जनप्रतिनिधि, राज्यलाई यी बालबालिकातिर हेर्ने फुर्सद छैन । शिक्षा बिना देश अन्धकार हुन्छ भन्ने चेत राजनीतिमा छैन । विदेशीसँग माग्ने, त्यसमा पनि तर मार्ने ? भ्रष्ट चरित्रले लोकतन्त्र बदनाम भयो ।