Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

उदार तानाशाहको पक्षमा छु म

०४ शुक्रबार , आश्विन २०८११४ दिन अगाडि

उदार तानाशाहको पक्षमा छु म

प्रेमसागर पौडेल - - - -
सरकार किन राष्ट्रघाती गर्न र गराउन उद्दत भइरहन्छ ? अन्य अराष्ट्रिय काम गर्न मरिहत्ते गरिरहेको छ ? किन नेपालको हक र हितमा उभिन सक्दैन ।
एमसीसीले पश्चिमाका दलालहरू नाङ्गेझार भए का थिए भने नागरिकता संशोधन विधेयकमा ठूला दलहरूदेखि राष्ट्रपतिसम्मको मुखुण्डो उघारिएकै हो । लिपुलेक, लिम्पियाधुरा, कालापानीका सम्बन्धमा प्रचण्ड, आरजु राणासम्मले दिल्लीमा नबोल्ने भनेर गरेको कमिटमेण्ट राष्ट्रघात हो । मिसन ८४ भन्दै सडकमा आँधी ल्याउँछु भन्ने प्रचण्डको उद्घोष उनको अस्तित्व रक्षाको प्रश्न मात्रै हो । प्रचण्डले ओलीले धोका दिएको आरोप लगाउनु र ओलीले प्रचण्डमाथि धावा बोल्नु कर्मकाण्ड हो ।
देश अस्थिरताको सिकार भइसक्यो । नेपाली सेना र हामी जनता मिलेर देश बचाउने अवस्था आएको महशुस हुँदैछ । राजनीतिक दलहरू र तिनका नेतृत्वको बोली र ब्यवहार देश तथा जनता विरोधी देखियो । लोकतन्त्र नाममात्रमा सिमित भयो । बेथिति र अराजकताबाट पार पाउन उदार तानाशाह जरूरी भयो ।