मार्क ट्वेन भन्थे– एउटा राम्रो प्रशंसा सुनेपछि म दुई महिना बाँच्नसक्छु । अकबरे खुर्सानीजस्तो जनघृणा देखेर, जनआलोचना सुनेर राजनीतिका नाममा सेटिङतन्त्र चलाउने नेपालको नेतृत्व बर्ग राजनीतिमा कसरी हाँसिरहन, बाँचिरहन सकेका होलान् ? कल्पबृक्ष मानिएका नेताहरू विषवृक्ष साबित भइसकेपछि पनि सुख, समृद्धि, शान्ति दिन्छु भन्दैछन्, हामी पत्याउँदैछौं । काशी काश्मिर अजब नेपाल भनेको यही हो । नेता जनघृणा पचाइरहेछन् ।