Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मेला, पर्व र समस्या

०१ मंगलबार , आश्विन २०८१२ महिना अगाडि

मेला, पर्व र समस्या

सुरेशकुमार पाण्डे - - - -
समाजमा खजेम मेला पर्व आउँछन्, यसमा सबैका आ आफ्नै तर्क हुन्छन् । नयाँ–नयाँ बखेडा खडा गर्ने चलन छ । धर्मको रूपमा बङ्गाएर लिने चलन छ ।
यस्तो किन हुन्छ भने हाम्रा सन्तानहरू बिभिन्न देशमा पुगेर फर्किएका हुन्छन् । फर्किंदा त्यो देशको परमपराका केही अंश पनि साथमा लिएर आउँछन्  । त्यही आयातित् परम्परालाई उनिहरूले जानि नजानी नेपाली माटोमा उमार्ने प्रयास गर्दछन् । 
जनै पूर्णिमा, तिज, दशै, तिहार लगायतका पर्वहरूमा अचेल प्रष्टै फरक–फरक व्यवहार देखिन्छ । त्यो मात्र होइन जन्मदिन मनाउने क्रममा वा मानिसलाई घाट लिएर जाने क्रममा पनि धेरैजसो आयातित व्यवहारले घर जमाउँदै गएको छ । तीजजस्ता पर्वमा अस्लिल नृत्य त्यसैको पश्चिमेली प्रभाव हो ।
एउटाको बाउ आमा मर्छ सय जना मलामिहरूका सयौँ आ–आफ्नै तर्क हुन्छन् । जुन व्यक्ति सोकमा हुन्छ उसैलाई यो गर ऊ गर भनेर गाइड गर्न थाल्छन् । कसैले उसको मर्म बुझ्दैन । संवेदना हराउँदै जान थालेको छ । साँच्चैभन्दा मानिस मरेपछि उस्को आस्रितलाई त्यो जुनसुकै व्यक्तिलाई थुप्रो भ्रम सिर्जना गरेर ऋणमा पारेका हुन्छन् । स्वर्ग नर्कको नाममा भ्रम दिने प्रयत्न गर्नु आचरण बनिसकेको छ ।
त्यस्तै प्रकारले मेला पर्वहरूको बारेमा पनि आ–आफ्ना दन्ते कथाहरूले समाजमा भ्रम सिर्जना गर्दछन् । हरेक पर्व वा जात्रालाई अश्लिलता गाँजेको देखिन्छ, त्यो दुःखद् बिषय हो । छाडा संस्कृति बढेको छ । यसले समाजलाई कस्तो खालको असर पर्ला भन्ने बारेमा या त उनिहरू अनभिज्ञ छन् या कुनै बाहिरिया शक्तिको गोटी बनेका छन् । जसले समाजलाई छिन्नभिन्न बनाएर देश टुक्राउने प्रयत्नमा छ ।
जसरी भएपनि भाइरल हुने, धन् कमाउने प्रयासले सिङ्गो देशलाई बद्नाम गर्दै लगेको छ । देशको ठुला–ठुला धर्मस्थल पशुपतिनाथको कोटीहोममा विदेशीहरूको घुशपैठले पनि नेपाली परमपरामा धेरै असर परेको देखिन्छ । “रामनाम सत्य हो’ मानिसलाई घाट लिएर जाँदा यस्तो नारा केही वर्ष यता लगाउन थालेका छन् । पहिले एकोहोरो शङ्ख बजाउने चलन थियो । पुरानो चलन मासिदै गएको छ ।
जन्मदिन मनाउँदा केक काट्ने चलन पनि आयतित् नै हो । त्यो परम्परा नेपालको गाउँ घरमा थिएन् । जन्मदिनमा दियो बाल्ने र टीका लगाएर आशीर्वाद दिने चलनलाई उल्टाएर केक काट्ने र मोमबत्ती निभाउने गर्न थालियो । 
किन हाम्रो समाजले आफ्नो संस्कृती छाड्दै विदेशी संस्कृत अपनाउँदै जान थालेको छ ? यसबारेमा कसले हो आवाज उठाउने ? पुरानो पुस्ता मरेर जाने र नयाँ पुस्ताले विदेशी परम्परा अबलम्वन गर्ने हो भने नेपाली समाज कता जाला ? के यो चिन्ताजनक बिषय होइन ? समाजशास्त्रीहरू किन मौन बसेका छन् ?
हामीलाई थाहा छ नेपालमा दहेज प्रथा थिएन, बरू सति प्रथा थियो, देउकी प्रथा पनि थियो । बाल बिवाह जस्तो अपराध पनि थियो । जुन सुधारोन्मुख हुँदैछ । तर दाइजो प्रथा भनेको आयातित हो । जो अहिले घरघरमा भेटिन्छ ।
दाइजो प्रथाका कारण उनिहरू पटक पटक जीवनभरी मर्नेगर्छन् । किन की दाइजो प्रथा भनेको केटीवालाले केटालाई किन्नुजस्तै नै हो । कसैले दुलाह किन्न सकेन उस्को बिवाहा हुँदैन । कसैले दैजो लगेन ऊ जीवनभरि अपहेलित हुन्छ । त्यो मात्र होइन दैजो न ल्याएको भनेर जिउँदै जलाएको उधारणहरू भेटिन्छन् ।
एकातिर ठुलो संख्या आफुलाई प्रगतिसिल बिचारका पक्षधर भन्छन् आर्को तिर उनैले दहेजका कुरा गर्छन् जो हाम्रो समाजको चलन भइसक्यो । बरू हाम्रो समाजमा ‘छोरी र छोरा बराबर सम्पति चरचर’का नाराहरू घन्किएका हुन्छन् । वेला बखतमा समान अधिकारका कुराहरू त अवश्य हुन्छन् तर व्यवहारमा आयातित परम्परा अपनाउँछन् । समाजमा संस्कृति बचाएर सभ्य शिक्षा आवश्यक छ ।
एकातिर प्रगतिशिल भन्नेहरूले छोरीलाई रित्तै पठाउँछन् ।आर्को तिर छोराको बोली लगाएर विक्रि गर्छन् । यो हाम्रो समाजको दोहोर नीति बनेको छ जो हाम्रो होइन तर अचेल यस्तो हुँदै आएको देखिन्छ । तीजमा, रूख डान्स, लुंगी डान्स अनि के हुन के हुन प्रकारका अश्लिल नाच र गीतहरू बजारभरी छताछुल्लै भेटिन्छन् । सोशल मिडियामा यस्तै गीत र नाच वाइरल हुँदै आएका छन् ।
प्रश्न छ, समाज र संस्कृति कतातिर जाँदैछ । के हुँदैछ ?
दशै तिहारमा पिङ्ग हालेर पिङ्ग खेल्ने चलन थियो । चेलीबेटीहरू डाँडामा चौतारीमा भेट भएर दुःख सुख्खका गीत गाउँँदथे । राम्रो नृत्य हुन्थ्यो । जसलाई महिला पुरूषहरूले बाल बालिकाहरूले हेर्ने र त्यसबाट शिक्षा लिने गर्थे । त्यही प्रकारले जनैपूर्णिमा यो भान्जा जुवाँईहरूले डोरो बाँध्ने भानिज वा जुवाईहरू नभए बाहुनले बाँध्ने चलन थियो । त्यसो हाम्रो समाजले किन गर्छ भनेर पत्ता लगाउने प्रयत्न चलेकै वेलामा यसलाई रक्षाबन्धन्को रूपमा प्ररिवर्तित् गरियो । अहिले रक्षाबन्धन राखी बाँध्ने परम्परा सुरू भएको छ । आफ्नोपन मेटिदै गएको छ ।
केही वर्षदेखि दंशैमा रामलीला सुरू भयो । यो भारतिय परम्परा नै हो । नेपालमा रामलिला भएको भएपनि अपवादको रूपमा तराईमा छिटपुट देखिन्थ्यो । अचेल पहाडहरूमा पनि रामलीलाको चस्का परेको भेटिन्छ ।
दशैंमा ठुलाबडाहरूले टिका लगाएर आशीर्वाद दिने चलन छ । तिहारमा भाई दाजुलाई दिदी बहिनीहरूले टिका लगाइदिने चलन सदियौँ पुरानो हो । भैयादुज भारतको कयौँ राज्यहरूमा पनि छ । तर रक्षा बन्धन् भारतमा व्यापक छ । रक्षा बन्धनको बारेमा भारतमा थुप्रै चलचित्रहरू पनि बनेका छन् । होली पर्व हाम्रो देशमा फागुनमा फागु गीत गाउने, प्रेमी र प्रेमिकाहरूले फागु खेल्ने गरिन्थ्यो । अहिले भारतकैजस्तो होलीका जलाउने परम्परा सुरू भएको छ ।
यस्ता कयौँ परम्पराहरू नेपाली समाजमा नेपाली मौलिकता परमपरा धुमिल हुँदै गएको देखिन्छ । नेपालको रहनसहन, भेषभुषा, संस्कृति सबैमा अतिक्रमण हुँदै आएको छ । हुँदाहुदै नेपाली पोषाक दौरा र सुरूवाल टोपी आस्कोट लगाउने चलन पनि बिस्तारै छुट्दै गएको देखिन्छ । हुनुपर्ने के हो भने स्कुलहरूमा राष्ट्रिय पोषाक अनिवार्य गराउनु पर्ने तर अहिले त संसदमा पनि अनिवार्य ठान्दैनन् । विदेशी ऋण लिई लिई राष्ट्रिय परिचय पत्रले त झनै त्यो सिस्टम नै सक्यो । भारतमा जस्तै आधार कार्ड नेपालको राष्ट्रिय परिचय पत्र सुरू गर्यो । यो पनि विदेशीकै दवाबमा गरेको देखिन्छ । यद्यपि यसलाई अहिले अन्तरिम रोक लागेको छ ।
हाम्रो देश विश्वमा एक मात्र स्वतन्त्र देश जो कहिले कुनै देशको गुलाम भएको छैन । आफ्नो स्वाभिमानको रक्षाका लागि थुप्रै शहीद भएको इतिहास भेटिन्छ । तर अहिलेको अवस्था अत्यन्तै तरल बनेको छ । जो देशभित्रको मौलिकता माथिको आक्रमणले प्रष्ट पारेको हामीले देखेका छौँ । खास गरेर गणतन्त्र पछि झनै साम्राज्यवादी शक्तिले कुनै न कुनै रूपमा आक्रमण गर्दै आएका छन् । यो देशको स्वाभिमान माथिको आक्रमण हो भनेर बुझ्नुपर्छ । नेतृत्वले बुझ्न सकेन ।
जबसम्म देशका नागरिकहरूले आयातित् धर्म परम्परालाई आफ्नो स्वाभिमानको बिरूद्ध ठान्दैनन् त्यसको बिरोधमा आवाज उठाउँदैनन् । त्यो वेलासम्म देश असुरक्षित रहिरहने छ । आज बिस्तारवादी, साम्राज्यवादीहरूको चलखेल व्यापक रूपमा हुँदैछ । उनैको इसारामा सरकारले निजिकरणलाई बढावा दिंदै लगेको छ । विदेशीले नेपालमा उद्योगधन्दा खोल्न, चल्न नदिने, आफ्नो बजार बनाउने रणनीति नेपालले बुझ्न सकेन । पूर्वाधार निर्माणका नाममा भ्रष्टाचार भइरहेका छन् । हरेक क्षेत्र दुरावस्थाले गलित छ । हरेक दिन दुर्घटनाहरू भइरहेकै छन् । सरकार कुम्भकर्णको निद्रामा सुतेको छ । यस्तो अबस्थामा जनताको एकता संचेतनाले मात्र सुरक्षा दिन सक्ने छ । जनता कहिलेसम्म उदासीन रहने हो, मुख्य प्रश्न यही छ ।