“इन्द्रजात्राको मौलिकता जोगाऔं, नेपालको वैभव र गौरवतापूर्ण इतिहास बचाऔं” भन्ने बारे तलेजु भवानीका मुख्य पूजारी उद्ववमान कर्माचार्य ज्यूको प्रमुख आतिथ्यमा राष्ट्रवादी राजनीतिक जनजागरण अभियानको सम्पर्क कार्यालयमा “२०४७ को संविधान, हामी सबैको अभियान” संग जोडिनु भएका संघ संस्थाहरूको भेलामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
३५ वर्ष अघि देखि देशमा नेता, नीति, कार्यक्रम नभएकोले सकारात्मक परिणाम नआएको हो । त्यसैले धर्म, संस्कृति जोगाउन राष्ट्रका संरक्षक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको इन्द्रजात्रामा स्वागत गरौं, बसन्तपुर कुमारी घरमा ।
धर्म निरपेक्षतामा धर्म छैन भन्ने राष्ट्रपति रामचन्द्र पौडेललाई प्रवेश निषेध गरौं । यस महान कार्यमा धर्म संस्कृतिको रक्षा गर्नु पर्छ भन्नेहरू सबैले कतिवद्ध र प्रतिवद्ध भएर लागौं भन्ने आव्हानका साथ स्वर्गका राजा इन्द्रलाई समेत पारिजात फुल चोर्न आयो भनेर पाता कसेर राख्न सक्ने हामी उपत्यकावासीहरूले इन्द्रजात्रा, पचली भैरवको खड्ग सात्ने जात्रा, वौद्धमार्गीहरूले १२ वर्षमा एक पटक मनाउने सम्यक महादान, भोटो जात्रा, कष्ण जन्माष्टमी आदी पर्वहरूमा साक्षात विष्णु भगवानका अवतारको रुपमा रहेको राजाको दर्शन गर्नका लागि यस्ता पर्वहरू हाम्रा पूर्खाहरूले चलाएर नासोको रुपमा हामीलाई बुझाएर गएका थिए । राजाको दर्शन एक पटक मात्र गर्न पाए पनि वर्ष भरीको पाप कटिन्छ भन्ने मूल्य र मान्यता बोकेका हामी उपत्यकावासीहरूको आस्था र निष्ठा माथी २०६३ वैशाख ११ गते पुनः स्थापित मृत संसदको २०६३ जेष्ठ ४ गतेको एकतर्फी घोषणाले नेपालको अस्तित्व माथी प्रहार हुँदै आएको घाम जस्तै छर्लङ्ग छ ।
जिवीत देवी कुमारीको हातबाट टीका लगाए पछि अर्को वर्ष इन्द्रजात्रा सम्मको लागि शासन गर्न नविकरण गर्ने प्रथामा २०६५ जेष्ठ १५ गतेबाट अंकुश लागेको कारण राजा र तलेजु भवानीको विच भलाकुसारी गरी शासन गर्ने शैलीमा प्रहार भएकोले देशको राजनीतिमा अस्थिरता उठल पुठल र भविष्यमा फेरी राजनीतिक समस्या चुलिंदै जाने र नेपाली जनताले तनावमा बस्नु पर्ने र दुखदायी परिणाम भोग्नु पर्ने भएकाले यसपालीको इन्द्रजात्रामा जनदवाव श्रृजना गरी राजाको अधिकार छिन्ने धर्म निरपेक्षतावादी कथित राष्ट्रपति रामचन्द्र पौडेललाई इन्द्रजात्रामा प्रवेश नगराउने रणनीति अन्तर्गत धार्मिक सांस्कृतिक क्षेत्रमा राजनीतिक हस्तक्षेपलाई परास्त गर्न धर्म संस्कृति पे्रमीहरू नेपालीहरूका विच बहस शुरु भएको छ ।
प्रमुख अतिथी उद्ववमान कर्माचार्यले सत्ययुगको पाला देखि तन्त्र साधना गरी गद्दीसिन नेपाल राष्ट्रका संरक्षक राजाले तलेजु भवानीलाई आराधना गरेर जोगाउँदै आएको मुलुकमा अलौकीक शक्तिकै कारण नेपाल कसैसंग पराजित नभएको हो भन्दै श्रीलंका र भारत विच रहेको सर्यु नदी जहाँ तुल्जापुर छ, नान्य देव र हरिसिंह देवले स्मरण मात्रै गर्दा पनि शक्ति आर्जन हुने तलेजु भवानीलाई त्यहिबाट कान्तिपुरमा ल्याएको हो । तलेजु भवानीको प्रिय राष्ट्र नेपाल थियो । हामीले धर्म छोड्नु हुँदैन भन्दै तन्त्र साधना गरी यो देशको रक्षा गर्दै आएकी तलेजु भवानीका पुजा आराधना मल्ल काल देखि शाहवंशीय कालसम्म हुँदै आएकोले हालका राजा ज्ञानेन्द्र सरकारबाट पनि निरन्तरता दिनु पर्छ भन्नु भयो ।
अभियानका प्रथम संयोजक मीन राज गुरुङ्गले केपी ओली, आरजु राणा, शेर बहादुर देउवा अमेरिका गएर नेपाललाई अमेरिकाको पोल्टामा राख्ने खतरनाक सन्धि हुँदैछ, हामी सबै सजक र होशियार भएर बस्नु पर्ने अवस्था छ । शाहवंशीय राजाहरूको पूर्खा लमजुङ भएकोले झगडा गरेर बसेका दाजु भाइलाई चेपे नदीमा आमाले दुध बहाइ दिएर शासन गरेका राजाहरू लमजुङ, गोर्खा हुँदै कान्तिपुरसम्म विस्तार भएकोले देश बचाउन पश्चिमाञ्चलका कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका अभियन्ताहरूको साझा राजा भएकोले निकासको लागि भेलाको आयोजना गर्ने योजना राखेको छु भन्दै प्रशिक्षण कार्यक्रमलाई संचालन गर्नु भएको थियो ।
वीपी कांग्रेसका विकास पाण्डे, महिला नेतृ उमा श्रेष्ठ “हिमा”, विष्णु सिंह डंगोल, ई. सुरेश वज्राचार्य आदीले समय सान्दर्भिकता बारे चर्चा गर्दै इन्द्रजात्राको मौलिकता बारे प्रकाश पार्नु भएको थियो ।
सहभागी ज्योती बानियाँले धर्म संस्कृति र देश जोगाउन धर्नारत माया पाण्डेलाई साथ दिनेहरू माथि र त्यो कार्यक्रमलाई असफल पार्ने षडयन्त्र भैरहेको छ भन्नु भयो ।
राजनीतिक प्रशिक्षणको औचित्यमा प्रकाश पार्दै उपप्रमुख शंकर मघैयाले संचालन गर्नु भएको अर्को कार्यक्रममा भाग लिंदै प्रमुख अतिथी ब्रविम बस्नेत (ब्रम्हा, विष्णु, महेश्वर) आफुले विगतमा गरेका क्रियाकलाप र अनुभवको आधार नेपालमा ४ प्रकारका मानिसहरूको बोलवाला छ भन्दै त्यसैको आधारमा ३ वटा पुस्तकहरू प्रकाशन गरिसकेको र पछिल्लो समयमा ‘मनोविज्ञान’ नामक पुस्तक प्रकाशन गरिसकेको जानकारी गर्दै नेपालीको मनोविज्ञान के छ भन्दा नेपाली समाजको ठूलो हिस्सा सत्ताको पुजारी बन्ने आफ्नो अवसरको लागि कुनै पनिे कुराको जोखिम नमोल्ने, बलेको आगो ताप्ने यिनीहरूको मनोविज्ञान बुझेर यस्ता प्रवृत्तिका समूहलाई जहिले पनि गरिबी तर्पm ढकेल्ने काम भैरहेको छ, यो किन भएको छ भन्दा आत्मनिर्भर र स्वविवेक गर्न नदिने प्रवृत्ति पाली राखेको छ । दोश्रो समूहमा जुन सुकै दुखद परिणाम भोग्नु परेतापनि सहि रहने, अर्को समूह भनेको प्रतिक्रिया विहिन भएर पर्ख र हेर भन्ने, अनि अर्को समूह भनेको सत्य, सही र राष्ट्र र जनताको पक्षमा जोखिम मोल्ने क्षमता भएकाहरू हुन यी समूहको कारण नै आशावादी हुन सकेका हुन । यी चारै विभाजित हुनुमा पढे लेखेका शिक्षित ठान्ने, आपूmलाई वुद्धिजिवी ठान्नेहरूको कारण देशले काँचुली फेर्न नसकेको हो भन्नु भयो ।
विशिष्ट अतिथी नेपाल बचाउ अभियानका अध्यक्ष इश्वरी प्रसाद भट्टराईले विभिन्न समूहमा विभाजित रहेकाहरूलाई एकै थलोमा राखेर देशको हित के मा छ र कस्ले देशलाई सहि मार्गमा दो¥याउन सक्छ भनेर साझा कार्यक्रमहरू राख्ने अवधारणा अघि सारि राखेका छौं भन्नु भयो देशमा ठूला–ठूला परिवर्तन भए पनि तात्विक रुपमा पंचायत काल भन्दा राम्रो गरी देशले विकास गर्न सकेन देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ भन्नु भयो ।
नेता उत्पादन गर्ने उदेश्यले माइतीघरमा चलिरहेको शान्तिपूर्ण सत्याग्रहबाट २०४७ को संविधान, हामी सबैको अभियानबाट उत्पादित अभियन्ता माधव प्रसाद लामिछानेले नेपालको राजनीति जहाँबाट विग्रीयो त्यहिबाट सुधार गर्नुपर्छ त्यो भनेको राजा र दलहरू विचका ५ बुँदे सहमति तोडेकोले हो । नेपाललाई सम्हाल्ने हो भने दलहरूले विगतका राजनीतिक घटनाक्रमको पुनर्विचार गर्नु पर्ने मौका छ होइन भने नेपालमा ठूलो विद्रोह निम्तिने छ भन्नु भयो ।
विशिष्ट अतिथी जय देशभक्त पार्टीका अध्यक्ष गजेन्द्र बहादुर अर्यालले नागरिक सर्वोच्चता आजको आवश्यकता भएकोले देश बचाउन नागरिकहरूको संगठीत आवाजलाई मजवुत पार्नु पर्छ भन्नु भयो ।
अभियन्ता शारदा शाही ठकुरीले कर्णाली जस्तो दुर्गम क्षेत्रमा पनि देश र राजाको पक्षमा जनमत तयार भैसकेको छ, परिवर्तन हाम्रो सामु छ भन्नु भयो ।
प्रशिक्षण कार्यक्रममा कपिलमान खड्गी, पारुहाङ्ग कुथुमी राई, इन्द्र बहादुर पुmँयाल, मीनराज गुरूङ्गले संघीयता र गणतन्त्र र धर्मनिरपेक्षता अब नेपालमा ढल्ने निश्चित भैसक्यो भन्नु भयो ।
जनमत संग्रहको परिणाम पछि ३७÷३८ साल तिर आप्रवासी समस्या समाधानको लागि वर्क परमिट प्रणालीको राष्ट्रिय महत्वको विषय उठाउँदा नेपालमा श्रीलंकामा जस्तो साम्प्रदायिक दंगा हुनेछ भनि धम्काउने क्षत्रीयताको कुरा उठाउनेहरूले अहिले आएर दिशाहीन राजनीतिको कारण कुहिरोको काग झैं अन्यौलपूर्ण वर्तमान नेपालमा नेपालका भूमि पुत्रहरूको आयोजनामा जय नेपाल आमाको नाराका साथ सप्तरी जिल्ला छिन्नमस्ता निवासी विपि यादवको संयोजकत्वमा हिन्दूत्व जागरण गर्न सकेमा र १२६ जात जातीको संगम स्थल नेपालमा सबै जातको प्रतिनिधीत्वमूलक राज्य हुुनुपर्छ भन्ने माग सहित अबको एकमात्र राष्ट्रिय मुद्दा भनेको समृद्ध नेपाल बन्नु पर्छ भन्ने बारे वृहत बहस विभिन्न मुद्दाहरूलाई लिएर अभियान चलाउदै आउनु भएका अभियन्ताहरू विच चलेको छ । चुनौति र अवसरका विच तेस्रो जन आन्दोलनका साझा एजेण्डा के हुन सक्छ ? भन्ने बारे तय गरौं भन्ने सवालमा गंभीर छलफलको शुरुवात राजधानीको बागबजार स्थित हार्दिक होटलमा आरम्भ भएको छ ।
प्रा.डा. श्याम नारायण लाभ, सोम शर्मा, अभियन्ता माया पाण्डे, पारुहाङ्ग कुथुमी राई, मीनराज गुरुङ्ग, विष्णु सिंह डंगोल, शंकर मघैया, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता स्वागत नेपाल, तराईको प्रतिनिधीत्व हुने गरी तराइका वौद्धिक एवं परिवक्व राजनीतिक विश्लेषकहरूले राष्ट्रिय वहसको शुरुवात गरेको छ । छलफलमा साझा एजेण्डा तय गरी ५ विकास क्षेत्रमा ठूल ठूला कार्यक्रम गर्ने योजना तय गरेको छ ।