Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

तीज पर्व र महिला मुक्ति आन्दोलन

२५ मंगलबार , भाद्र २०८१२ महिना अगाडि

तीज पर्व र महिला मुक्ति आन्दोलन

सुरेशकुमार पाण्डे - - - - 
तिज पर्वमा महिलाहरूले वर्षभरी आफुले भोगेका पिडाहरूलाई गीत र नृत्यको रूपमा एकअर्का सङ्ग साटफेर गर्दै आएको सदियौँ देखिको परम्परा हो । तीज पर्व मनाउँने वर्त बस्ने एउटा धार्मिक परमपराको पाटो त छँदै छ । यस्ता मेला पर्वहरूको उत्थान र मनाउने कारणको खोज गर्नुपर्दछ ।
तीज पर्वलाई मुख्य रूपमा दुई कोणबाट बुझ्ने बुझाउँने र ब्याख्या गर्ने परमपरा बसेको देखिन्छ ।
पहिलो पुँजिबादी कोण जसले तडकभडकको रूपमा अगाडी सारेको छ । गहना, पोषाक, अङ्ग प्रर्दशन गर्दै आएका छन् । जसमा होटेलहरूमा मनोरञ्जनको नाममा छाडा गीत नृत्य र मदिरा सेवन गरेर ऐयासीमा मनाउने गरेका दृश्यहरू देख्न सकिन्छ । कयौं अन्य निम्नवर्गले पनि उनीहरूकै देखासिकी गर्दै आएका छन् ।
आर्कोतिर प्रगतिशील धार जसले यसको बिरूद्धमा तीजलाई महिला मुक्तिको रूपमा अगाडी सारेका हुन्छन् । उनीहरू श्रमजिवि महिलाहरूको मुक्ति कसरी हुन्छ ? नारी हक, अधिकार र सुरक्षाको लागि संघर्ष गर्दै आएको देखिन्छ ।
त्यो हिसाबले तीजलाई बर्गीय धरतलमा ठ्याक्कै उभ्याइदिएको छ ।
हुन त सुन्दरी प्रतियोगिताको प्रगतिशीलले खुबै बिरोध गरेका थिए, आजकल प्रगतिशीलकै छोरीहरू सुन्दरी प्रतियोगितामा अब्बल हुनथालेका छन् ।
आखिर महिलाहरू सुरक्षित कहाँ छन् र ? नेपाल भारतमा महिलाहरूको दुर्दशा प्रत्यक्ष देखेकै छौँ । महिलाले शारीरिक मानसिक पीडा खेप्दै आएका छन् ।
केहिदिन पहिले ९ अगस्त सन् २०२४को दिन भारतको कोलकात्तामा  डाक्टर मोमिता देवनाथ आरजीकर मेडिकल कालेजकी स्नातकोत्तर प्रशिक्षार्थी डाक्टर, कालेज परिसरमा मृत फेलापरिन । डिप्टीकै समयमा बलात्कार पछि अमानवीय तरिकाबाट भएको हत्याबाट आक्रोशित डाक्टरहरूको भारतव्यापी हड्ताल लामो समयसम्म चलिरह्यो  । यो घटनाले संसारमै तहल्का मच्चाइदियो ।
यस्ता कयौँ अनगिन्ति घटनाहरू भएका छन् । त्यसको जनस्तरबाट बिरोध हुन्छ संङ्घर्ष हुन्छ तर घटना रोकिदैन । यहाँ सम्म कि अपराधीहरूलाई कठोर सजाए हुन्छ तरपनि असमाजिक तत्वहरूले लगातार घटनाहरू घटाइरहेका छन् ।
आखिर यस्तो हिंश्रक गतिबिधि हुनुमा कस्को दोष छ ? कतै महिलाहरू स्वयम पनि भागिदार त छैनन् ? यसबारेमा अध्ययन र चिन्तन् गर्नुपर्ने देखिन्छ ।
एकातिर हक हितका आवाज उठ्छन्, आर्कोतिर महिलाहरू नै छाडा व्यबहारमा गर्छन् । तडक भडक र अश्लिल हर्कत गर्छन् । जो हिंश्रक श्रोत हो । 
यतिबेला महिलाहरूको शारीरिक मानसिक हिंशाले आकास छोएको छ ।  पुरूषप्रधान समाजमा महिलाहरू आमाको कोखमा पनि असुरक्षित छन् ।
समाजमा जसलाई पनि बंश बृद्धिका लागि छोरा चाहिएको छ । अनि छोरी कोखमा छ भने सयौँ पटक सोंच्छन् । यसलाई राखौँ की फ्याँकौँ ?
कयौँ धर्मको नाममा पनि महिलालाई दाश बनाउने प्रयत्न भएको छ । त्यो धार्मिक परम्पराको बिरोध गर्दा उसलाई धर्म बिरोधी भनेर यही समाजले नास्तिक भन्छ । कयौँ महिला समाजका सिकार भएका छन् ।
प्रसिद्ध लेखिका तसलिमा नरसिनलाई इस्लाम धर्मको बिरोध गरेको भनेर देश निकाला गरियो । उन्ले एउटा लज्जा पुस्तकमा इश्लाम धर्म अनुसार चार बिवाह गर्नुलाई पाप घोषित गरेकी थिइन् । उनलाई आफ्नो देश (बंग्लादेश) छोड्नु पर्यो । 
हाम्रै समाजमा सतिप्रथा, देउकी पर्था, र बोक्सी पर्थामा थुप्रै महिलाहरूको ज्यान गएको इतिहास छ । छोराको छैँठी धुमधाम गर्ने चलन छ तर छोरीको गरिंदैन  ।
प्राय छोरीको आबश्यकता ठान्दैनन् । यद्यपि छोरी बिना यो श्रृष्टी चल्दैन् । जुन छोरा उनीहरूले अन्माएका छन् त्यही छोरालाई पनि कसैकी छोरी नभै हुँदैन । यो सबैलाई थाहा छ हाम्रो आमा कसैकी छोरी हुनुहुन्छ र आमा भएपछि हामी भयौँ । तर पनि महिलाहरूको अबस्था पशुतुल्य देखिन्छ ।
महिलाहरू सामान विक्रिका लागि ब्राण्डित बनाइयो । सहर बजारमा बेश्यालय खोलियो । महिलाहरूलाई देह व्यापारमा धकेलियो । उनीहरूले देह व्यापारबाट कमाएको पनि पुरूषहरूले खोसेका हुन्छन् । यहाँ भन्दा सर्मनाक कार्य के होला ? 
यसरी भोक बिलासको साधनको रूपमा वा जड सम्पतीको रूपमा महिलाहरूलाई बुझ्ने परम्परा बन्यो । उनीहरूलाई पुरूषको आश्रितमा बस्न बाध्य बनाइयो । यावत बिषयले महिलाहरूमाथि अमानवीय व्यबहार गर्ने आधार तैयार पारेका छन् । महिलाहरूलाई सम्पतीबाट वँचित गर्नुनै उनीहरूमा गरिएको अपमान हो ।
नेपालमा एउटी १३ वर्षिय निर्मला पन्तको २०७५ साउन १० गते मा घटना घट्यो । त्यसपछि दर्जनौं बलात्कार र हत्याका घटना भए तर कसैमाथि कुनै कारवाही भएको छैन । कार्वाही हुन नसक्नुले यसता अपराधीहरूको हिम्मत बढ्ने गर्दछ । हाम्रो छिमेकी मुलुक भारतमा घटेका यस्तै घट्नामा दोषिहरूलाई सार्वजनिक गरेर फाँसीमा झुण्डाएको उधारण पनि छ । यस्तै घट्नाले त्यहाँको कानुन समेत संशोधन गराएर दोषिहरूलाई फाँशी दिएको थियो । तर त्यही ठाउँमा नेपाली महिँलामाथि भएको घटनालाई हाइकोर्टले दिएको मृत्यु दण्डलाई सुप्रिमकोर्टले रोक लगाएर पक्षपात गरेको पनि छर्लङ्ग छ । यसले के बुझाउँछ भने शक्तिसाली बर्गले नियम कानुन सबैलाई आफ्नो मुठ्ठिमा राख्न सक्छन् ।
यहाँ केही घटनालाई उधारणको रूपमा राख्दा असान्द्रभिक नहोला ।भन्ने मनसायले भारतमा घटेका यी दुइटा एकैनासका घटना राखिएको छ । जो एउटा भारतिय चेली माथिको हो भने आर्को नेपाली चेली माथि घटेको घटना हो ।
पहिलो घटना दिल्लीमा एउटी निर्भय हत्याकाण्ड सन् २०१२ दिसम्बर १६ मा दिल्लीको एउटा गुडिरहेको बसमा गैङ्गरेप भयो । पैरा मेडिकल छात्रा आफ्नै साथि सँग राती सिनेमा हेरेर घर फर्किने कर्ममा बसभित्र बसको ड्राइबर सहित ६ जनाले लगातार दुष्क्रर्म गरे । बिरोध गर्दा गुप्तांगमा फलामको रोड हालेर अर्धमरो पारेर फालेका थिए । «ाइबर रामसिहँले पछि ट्राइलको दौरान आत्महत्या गर्यो । बाँकी चारजनालाई २० मार्च २०२० मा फाँशीमा झुण्डाएर मारियो ।
यस्तै खालको घटना हरियाणको रोहतकमा घट्यो । १ फर्वरी सन् २०१५को उनी घरबाट हराइन् र ४फर्वरिमा नाङ्गो अबस्थामा उनको शब भेटियो । उनलाई पनि सात जनाले बलात्कार गरेको र अमानविय हत्या भएको थियो ।
मूलप्रवाह लगायातका भारतस्थित संगठनहरूको जोडदार प्रदर्शन र लामो शङ्घर्ष पछि त्यहाँको अदालतको फाष्ट ट्रैक कोर्टकी महिला जज सिमा सिंहलले उनीहरूलाई फाँशीको सजाय सुनाइन् । तर पैसाको बलमा केस सुप्रिम कोटमा पुग्यो जहाँको कोर्टले मृत्युदण्डलाई अन्तरिम रोक लगाएको थियो ।
के बुझिन्छ भने पैसाबम भरमा अपराधीले राजनीति शक्तिको साथ पाएपछि उम्किन सक्छन् । उस्तै घटनामा अपराधीहरू सुलिमा चडे भने आर्को उस्तै घटनामा जोगाईए । यसले के पुष्टी गर्छ भने कुनैपनि घटना अचेल बर्गिय बनेको हुन्छ ।
हाम्रो देशका महिला वा पुरूषहरू आर्काको देशमा त असुरक्षित छौँ नै आफ्नै देशभित्र पनि न्याय पाउन सकिरहेका छैनौँ । यस्तो अपमानजनक अबस्थामा हामी फेरी पनि संबेदनशील बन्न सक्दैनौँ । मनोरन्जनको नाउँमा छाडा हुन्छौं । अश्लिल गीत र नृत्यमा रमाउँछौँ । त्यसैले विकासको सट्टा बिनास हुँदैआएको प्रष्टैछ ।
महिलाहरूमा चेत नखुल्दा तीज पर्वको नाममा छाडा गीत नृत्य र अङ्ग प्रदर्शन गरेर झन आफ्नै उपहास आफै गरिरहेका हुन्छन् । यो दुःखद कुरो हो ।