Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सोमनाथ ज्योतिर्लिङ्ग बैतडीको शिवनाथ

२५ मंगलबार , भाद्र २०८१२ महिना अगाडि

सोमनाथ ज्योतिर्लिङ्ग बैतडीको शिवनाथ

हरि मञ्जुश्रीको अनुसन्धान– - -  -
सोमनाथ ज्योतिर्लिङ्ग बैतडीको शिवनाथ मन्दिर
सौराष्ट्रको सोमनाथ ज्योतिर्लिङ्ग भनेको बैतडीको शिवनाथ मन्दिर —
बाह्रवटा ज्योतिर्लिङ्गमध्येको एक ज्योतिर्लिङ्ग सौराष्ट्रको सोमनाथलाई मानिन्छ । ‘सौराष्ट्रे सोमनाथं च ...’ बाटै द्वादश ज्योतिर्लिङ्गको स्तोत्र शुरू हुन्छ । इन्डियाले गुजरातमा पर्ने कठियावाड सौराष्ट्रमा सोमनाथको मन्दिर बनाएर त्यसैलाई ज्योतिर्लिङ्गका रूपमा प्रचार गरी आय आर्जन गरिरहेको छ ।
महाभारतमा पाण्डवहरू सोमनाथ ज्योतिर्लिङ्गको दर्शन गरेर भ्रातृहत्याको पापमोचन गर्न उत्तरतिर लागेको प्रसङ्ग छ । हस्तिनापुर या इन्द्रप्रस्थबाट उत्तरतिर लाग्दा इन्डियाले भन्ने गरेको सोमनाथको मन्दिरमा पुग्न सकिँदैन । यसबाट कठियावाडको सोमनाथको मन्दिर ज्योतिर्लिङ्ग होइन भन्ने थाहा हुन्छ । त्यसो भए कहाँ छ त वास्तविक सोमनाथ ज्योतिर्लिङ्गको मन्दिर ? यसको उत्तर स्कन्दपुराणको मानसखण्डले दिएको छ । त्यसका आधारमा बैतडी जिल्लाको स्यूूँनाथ नै सोमनाथ हो र स्वराड नै सौराष्ट्र हो भन्ने देखिन्छ ।
लोकजीवनमा संस्कृत शब्द ‘सौराष्ट्र’ लाई स्वराड र सोमनाथलाई स्यूँनाथ भनिएको विश्वसनीय नै लाग्छ । स्यूँनाथलाई शिवनाथ बनाइएको छ र बैतडीमा अचेल शिवनाथ गाउँपालिका नै छ । त्यहाँ सोमनाथको मन्दिर छ । त्यस मन्दिरलाई अचेल शिवनाथ मन्दिर भन्न थालिएको छ । त्यही नै वास्तविक ज्योतिर्लिङ्ग रहेछ भन्ने कुरा मानसखण्डबाट थाहा हुन्छ । बैतडीको ‘तल्लो स्वराड’ भनिने दक्षिण–पश्चिम भेगमा गिरेगाडा, रोडीदेवल, आम्चौरा, पञ्चेश्वर, कुलाउ, महाकाली, शर्माली, उदयदेव, विशालपुर, शिवनाथ, मेलौली, महारूद्र र सलेना क्षेत्र पर्दछन् । स्वराडमा शिवमन्दिर बाहेक माता भगवती मन्दिर, कैलपाल मन्दिर, उदयदेव मन्दिर, देहीगाडा भगवती मन्दिर, खोलाकेदार मन्दिर लगायतका धार्मिक र ऐतिहासिक स्थलहरू पनि छन् । पाण्डवहरू हस्तिनापुरबाट उत्तर लाग्दा भेटिने सोमनाथको मन्दिर मानसखण्डमा उल्लेख भएको स्वराडको सोमनाथ मन्दिर (शिवमन्दिर या शिवनाथ मन्दिर) नै हो । तर हामीले इन्डियाको प्रचारलाई विश्वास गरेर आफूसँग भएको धार्मिक सम्पदालाई बेवास्ता गरेका छौँ । अब त्यस्तो गल्ती नगरौँ । नेपालमै भएको वास्तविक ज्योतिर्लिङ्गको दर्शन गरौँ, पुण्य कमाऔँ, आफूले दुःख गरेर कमाएको पैसा इन्डियामा नबुझाऔँ, इन्डियामा गएर नलुटिऔँ र नठगिऔँ, आन्तरिक पर्यटनलाई प्रवर्धन पनि गरौँ ।