अमेरिकन पार्लियामेन्टलाई १९६० मा संवोधन गर्दै राजा महेन्द्र ।
यी त्यस्ता राजा थिए, जसले भारतको चक्रव्यूहबाट नेपाललाई स्वराजमा रूपान्तरण गरेका थिए । जम्माजम्मी १२ वर्षको शासनकालमा उनले जे जति राष्ट्रका पूर्वाधार तैयार गरेका थिए, ७० वर्षपछि पनि नेपाल तिनै पूर्वाधारमा उभिइरहेको छ, हिडिरहेको छ । राजनीति त परिवर्तन भयो, राष्ट्रको हालत परिवर्तन हुनसकेन । व्यवस्था बदलियो, अवस्था बदलिएन ।
विश्लेषक भन्छन्– खासमा यी व्यक्ति नभएको भए आज नेपाल भारतको एक प्रान्तको रूपमा हुनेथियो । राजा महेन्द्र जसले माध्यमिक विद्यालय, बिश्वविद्यालय, राजमार्गहरू, बिमानस्थलहरू, १५६ वटा उद्योगहरू खोले त्यो पनि ११ वर्ष भित्रमा !
भारतले बिरोध गरे पनि राष्ट्रसंघको सदस्यता लिएका राजा महेन्द्र उनको समयमा विश्वसमाचार बने, नेपालको व्यक्तित्वलाई निकै माथि पु¥याए ।
राजा महेन्द्रलाइ भेट्न बेलायतकी महारानी, फ्रान्स, अमेरिका, रूसका राष्ट्रपति देखि चिनका माओत्से तुङ समेत आकर्षित हुन्थे । त्यतिबेला राजा महेन्द्र आन्तरिक राजनीति र बाह्य कूटनीतिका चतुर खेलाडीका रूपमा स्थापित थिए ।
चिन, भारत, अमेरिका, रूस, बेलायत र फ्रान्स जस्ता देशहरूसँग शक्ति सन्तुलन गरेर ती राष्ट्रहरूबाट नेपालका लागि निकै ठूलो लाभ लिएका थिए । भारतका सैनिक क्याम्प हटाउने राजाले नेपाली पाठ्यपुस्तकको विकास र भारतीय मुद्रा बिस्थापित गर्न नेपाल राष्ट्र बैंक स्थापित गरे । भूमिसुधार, मुलुकी ऐन, अनेक सुधारहरूका कारण राजा महेन्द्र नेपाल र नेपालीका मनमनमा अमर रहेक छन् ।
राजा महेन्द्रजस्ता अर्को कुनै व्यक्ति नेपालमा देखिदैन ।
राजा नमान, राजतन्त्र हटाउ तर राजा महेन्द्र अमर छन् ।