Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सेनामा जातीय गण, गुल्म

२५ मंगलबार , भाद्र २०८१२ महिना अगाडि

सेनामा जातीय गण, गुल्म

अनुसन्धानकर्ता पूर्वजर्नेल प्रेमसिंह बस्न्त्यात् निरन्तर अनुसन्धानमा लागेका छन् । नेपाली सैनिक इतिहासका बिषयमा उनी एकमात्र ज्ञाता हुन् ।
प्रेम सिंह लेख्छन्– नेपाली सेनामा जातीय गण – गुल्मका कुरा !
गुल्मलाई कम्पनी, गणलाई बाटलियन र पल्टनलाई रेजिमेन्ट भनिन्छ । यसमा सङ्ख्या फरक हुन्छन् । नेपालमा प्रधानमन्त्री जंगबहादुर राणाको काल अगाडि जातीय गुल्म– गण– पल्टन थिएन, मलाई जानकारी भएन । उनको समकालीन भारतमा रहेका ब्रिटिश राजमा भए अनुसार नेपालमा पनि जातिय फौज बनेका हुन सक्छन् । अर्को कुरा उसबेला ब्रिटिश गोर्खामा नेपाली गुरूङ, मगर, राइ , लिम्बुलाई मात्र लग्न थालेको कारणले पनि नेपालमा जातीय फौज स्थापना भएको हुनसक्छ ।   
जंगबहादुरकै समयमा गुरूङको काली बहादुर, मगरको पुरानो गोरख, राइ लिम्बुको भैरबनाथ, तामाङहरूको २ पल्टन जङीनाथ र जंगीधोज समेत देखिन्छन् ।  
तामाङ जातिका जंगीनाथ र जङीधोज तथा किरातीहरूको भैरबनाथ ३ पल्टन सन १८५५ को मार्च ६ को दिनमा तिब्बत् सँगको अन्तिममा युद्ध लड््न काठमाडौं  बाट रवाना भएका थिए ।
बडा महाराज पृथ्वी नारायण शाहको पालामा जातीय सेना थिएनन् । सैनिक ईतिहासमा पनि लेखेको – बोलेको सुनिन्छ, त्यो सहि छैन ।