Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भीमदत्तको खोजी हुनथाल्यो

२५ मंगलबार , भाद्र २०८१२ महिना अगाडि

भीमदत्तको खोजी हुनथाल्यो

राजनीति अपराधिकरण हुँदै गएपछि र शासकहरू भ्रष्ट र अनैतिक प्रमाणित हुनथालेपछि नागरिकहरू भीमदत्तजस्ता योद्धाको खोजी गर्न थालेका छन् ।
काठमडाौंका मेयर बालेन्द्र साह, धरानका हर्क साम्पाङ्, धनगडीका गोपी हमालजस्ता  नेता चाहिन्छ भनेर नागरिकहरू उनीहरूलाई रोलमोडलका रूपमा स्वीकार गर्न थालेका छन् । ठूला साना पार्टीका कुनै पनि नेतालाई स्वीकार गर्न चाहेको नदेखिदा विश्लेषकहरू भीमदत्तजस्ताको खोजी भएको अर्थ निकाल्दैछन् ।
नेपाललाई बंगलादेश बनाइदिने, हिंसा बढाउनेजस्ता चर्चा भइरहेको यो परिस्थितिमा युवाहरू स्वराज खोज्न सडकमा निस्केका छन् । केही सचेत भन्छन्– माटो बाँचे, नेपाली जाति बाँच्ने हो । नेपाली माटोले भीमदत्तको जस्तो त्याग र बलिदान मागेको छ । नेपाली माटो अर्को भीमदत्त जन्मने प्रशव बेदनाका साथ त्यो समयको प्रतिक्षा गरिरहेको छ । देशमाथि देशभित्रका सर्प र बिदेशी गोमनले डसेको धेरै भयो, देशलाई स्वाधीनता दिन भीमदत्त भएर कोही त जन्म ?