Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

भारतले लिपुलेक पचाउने भयो

१८ मंगलबार , भाद्र २०८११४ दिन अगाडि

भारतले लिपुलेक पचाउने भयो

डा. निहार नायक नेपाल–इन्डिया सम्बन्धका जानकार मानिन्छन् ।
परराष्ट्रमन्त्री डा.आरजु राणको दिल्ली भ्रमणका सन्दर्भमा उनको सटिक टिप्पणी सार्वजनिक भएको छ । उनका अनुसार भारतले नेपाल–भारत सीमा विवादका सन्दर्भमा विदेशमन्त्री जय शंकरकै भाषा दोहो¥याएर आफ्नो अडान कायमै राखेको छ । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई भारतीय भूगोल भनेको छ । यसरी भारतले आफ्नो अडान कायम राख्दा परराष्ट्रमन्त्री डा.आरजु देउवाले प्रतिवादसमेत गर्न नसकेको उनको भनाइ छ ।
डा. नायकले गरेको सङ्केत अनुसार दुबै देशवीचका सीमाका सम्बन्धमा के कुरा भएको थियो, के कुरा भयो, परराष्ट्र मन्त्रीले यसबारे मुख खोलेकी छैनन् ।
डा.आरजु राणा परराष्ट्रमन्त्री मात्र होइनन्, उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मपत्नी र स्याडो सभापतिसमेत मानिन्छिन् । र, प्रचण्ड सरकार फालेर कांग्रेस–एमाले सरकार निर्माण गर्ने निर्णायक पनि उनी नै हुन् ।
प्रम ओलीले महिला प्रधानमन्त्रीका विषयमा सोच्दैछु भन्दा ओलीलाई धन्यवाद दिने र आफ्ना लागि होइन, एमाले पार्टीभित्रकै महिला सोचेको होला भनेर जवाफ दिने मन्त्री राणाको पहिलो गाँसमै ढुंगा परेको छ । उनले आफ्नो देशको अस्तित्व, भूभाग, आफ्नो जन्मभूमिका बारेमा मौनता साधेर भारतलाई सघाएकी छिन् ।
मोदी हवाई रूट दिन तयार भए, कालापानी असैनिक क्षेत्र बन्ने भयो, सुस्ताको जमिन फिर्ता गर्न मोदी सहमत भए, लिपुलेक नेपालकै हो भनिन् भन्ने हल्ला चलाइयो । यथार्थमा परराष्ट्रमन्त्री भिजेको परालखुट्टे भएर फर्केकी हुन् । सत्य के हो, परराष्ट्रमन्त्री डा.आरजु देउवाले बोल्नुपर्छ, कांग्रेसले स्पष्ट पार्नुपर्छ ।