माओवादीहरूको सशस्त्र आन्दोलन पछिका दिनहरूमा आध्यात्मिक बिचारको प्रचार व्यापक रूपमा गरिंदै आएको छ । माओबादी आन्दोलनको द्वौरान जुनप्रकारको गलत कृयाकलापहरू भए त्यो देखेर जनताहरू निकास चाहिरहेका छन् ।
देशमा गणतन्त्रको आगमन सँगै धर्म परिवर्तनको चलखेल पनि हुँदै आएको छ ।
देशभित्र निरास जनताहरूको आड भरोसामा कतिपय असमाजिक तत्वहरू समेत छिमेकबाट घुसेर आध्यात्मिक दोसल्ला भित्र भ्रमको खेति गरिरहका छन् । समाजमा जसरी नकारात्मक कृयाकलापले जरा गाडेको छ, आध्यात्मिक ज्ञानले शान्ति स्थापना हुन्छ की भनेर व्यक्ति संघसंस्थाहरू यसको नजिक पुगेका पनि छन् ।
आज समाजमा सबैभन्दा ठुलो समस्या भने नशा नै हो । मदिरा, धुमपान, लागु औषधबाट आहाल भएको अबस्थामा अध्यात्मले ठूलो महत्व राख्दछ ।
यही बिचार भौतिकवादीहरूले लामू समयदेखि भन्दै र सम्झाउँदै आएका छन् ।
आध्यात्मकवादी बिचार भनेको ‘भौतिकवादको ठिक उल्टो बिचार हो’ भन्ने कुरा हामिले बुझेका छौँ । तर अहिले उनि दुबै बिचारकले यो एउटा बिषयलाई जोडदार रूपमा उठाएको देखिन्छ । त्यो हो स्वच्छ र स्वस्थ समाज ।
आध्यत्मिक– शब्द पुरानो फ्रांसिसी स्पिडचुअल (१२शताब्दी)बाट लिएको हो । जो लैटिन स्पिरिचुअलिसबाट लिएको भनिन्छ । जो स्पिरिट वा आत्माबाट आउँछ । परमात्मा र आत्मासँग सम्वन्ध राख्नु, मन सँग सम्वन्ध राख्न सक्ने । आध्यात्मिक भनेको भौतिकबाद भन्दा धेरै टाडा अनुभव गर्न सक्नु हो ।
आर्को शब्दमा सर्व हितका लागि कार्य गर्नु । आध्यात्मिक बिचार हो ।
आखिर भौतिकवाद भनेको केहो ? भौतिकवादी सिद्धान्त बस्तुमूलक छ ।उनिहरू भन्छन् बस्तुबाट बिचार जन्मिन्छ । अथवा बस्तुबाट बस्तुको निर्माण हुन्छ ।
कृषिमा क्रान्ति किसानहरूको हातमा कृषि औजार आएपछि भयो । नयाँ–नयाँ विकासहरू भौतिक विज्ञानले गरेको छ । भौतिक विज्ञानले संसारमा धेरै उथपुथल ल्यायको छ । आखिर भौतिकवाद भनेको द्वन्दवाद हो । अथवाद्वन्दात्मक भौतिकवाद यस दर्शनले इश्वरी य काल्पनिक बिचारधारालाई मान्दैन् । तर अहिलेका आध्यात्मिकवादीहरूले विज्ञानलाई पनि होइन भन्न सक्दैनन् । बरू शान्ति ऊँ को मार्गबाट समाजमा सबै समस्या हल हुन्छ भनेर तर्क गर्दछन् ।
शान्ति भनेको अहिंशा, अहिंशा सबैको चाहना हो । तर अहिंशा किन समाजभित्र लागु हुन सकिराखेको छैन ? समस्या यही हो ।
उही व्यक्ती मधेश जाँदा मधेशी, पहाड जाँदा, पहाडी र हिमालय पुग्दा उस्तै । आफ्नो त कुनै आडान नै छैन । अनि त्यो व्यक्तीसँग समाजले के सिक्ने ? कम्तिमा हामिले बिचार र व्यबहारबाट आफुलाई चिनाऊँ । कुनै नेता मन्दीरमा पुग्छ मन्दीरको गुण गाउँछ, उहि नेता मज्जिदमा जान्छ मुश्लिमको पक्ष लिन्छ यसरी उनिहरू बिचको मतभेदलाई अँझ गहिरो बनाइ दिन्छन् ।
अब हाम्रो समाजलाई नियालौँ –आखिर हाम्रो समाजको संमचना कस्तो छ ?
नेपाली समाज भनेको लगभग सिकारीहरूको समाज हो । जसले गर्भै देखि मासु खांदै आएका छन् । यो एकप्रकारको हिंसक प्रवृती हो । मासुको पनि जात बनाएका छन्,कसैले बाख्रो, कसैले कुखुरा, कसैले पाडा, कसैले सुङ्गुर र कसैले गाई आदिको मासु खांदै आएका छन् । त्यो पनि आफैमा झनै नकारात्माक कृयाकलाप हो ।
गाई राष्ट्रिय जनावर भनेपछि खुलेआम गाइ काटेर खाएको अपवाद बाहेक देखिदैन । तर राङ्गा र बोकाहरू कुखुराहरू सुङ्गुरहरूको बजारभरी जहाँ कहीं पनि दोकान छ । कुखुराका फारमबाट मानिसले आफ्नो रोजगार चलाएको छ, बोका ,राङ्गा र सुङ्गुर ,बुङ्गुरको पेसाबाट उनिहरूले आफ्नो जीवन चलाएका छन् ।
सबै भन्दा खतरनाक व्यक्तिको लागि, समाजको लागि, देशको लागि, लागु औषध, मदिरा र सुर्ति जन्य बस्तुहरू सँग हाम्रो समाज अझै पनि लड्न सकिरहेको छैन भने मासु माछा त देशभरीको फेशन नै भएको छ ।
समाजमा बहुसङ्ख्यक मानिसले बिभिन्न जातका पसुहरूको मासु रमाएर खान्छन् । आजको वैज्ञानिक युगमा पशुको बलि दिनुहुँदैन यो गलत कृयाकलाप हो भनेर भौतिकवादीहरूले भन्दै आएका छन् । तर धर्मको नाममा बलीप्रथा चलेकै छ ।
यस्तो अबस्थामा शान्ति समाजको स्थापना गर्ने परिकल्पना गर्नु भनेको पनि एउटा क्रान्तिकारी बाटो हो । जो आध्यात्मिक विध्यालयहरूले गर्दै आएका छन् ।
तर के यो आउने पुस्ताहरू भनौँ हाम्रा नातिहरूको पालासम्म होला ? अहिले पनि हाम्रा छोरा छोरिहरूले मासु रूचाइरहेकाछन् । अहिंशा कै लागि बन्दुक उठाएकाहरू विगतको इतिहास हाम्रो अगाडी छ । भारतमा अंग्रेजहरूलाई गांधीको लाठिले मात्र खेद्न सकेको होइन । त्यहाँ थुप्रै हतियारबन्द लडाई भएको पढेका छौँ । अहिंशाका लागि उनिहरूले हिंशा गरेका थिए ।
हिंसा भयो, इश्वरिय शक्तीले अत्याचारीको नाश गर्न सकेन । मानव समाजले अन्यायको बिरूद्धमा हतियार उठाउने गर्छ, त्यो पाप थिएन, होइन । यो चराचर जगतमा सबैको लागि अहिंशा र शान्ति सुव्यबस्थाको आबश्यकता छ ।
शारीरिक ब्यायम बिहानी पख गरिने हिंडडुल आदीले शरीरलाई स्वस्थ र मानसिक रूपमा पनि सकारात्माक प्रभाव पारेको हुन्छ । गाई भैंशी पाल्न छाड्यौँ, भारी बोक्ने काम, रूख चढ्ने काम छाड्यौँ । विदेशबाट आएको बिषाक्त अन्न, दही दुध र अन्य खाद्यानले हामीलाई रोगि बनाएको छ । मासु माछालाई सके त नखाने हो तर खाएर हामी रोग निम्त्याइरहेका छौं । पशु पाल्न बिस्तारै छाडिसकेका छौँ ।
भौतिक विज्ञानले चमत्कारमा भर पर्दैन बरू कुनै घटना घट्यो भने त्यो कसरी घट्यो भनेर छानविन गर्छ । भौतिकबाद मानवको उज्यालो दर्शन हो ।
समाजले सदियौँदेखि शान्ति चाहेकै छ । त्यसैको लागि प्रमात्मालाई गुहारिरहेको छ । बिडम्वना शान्ति सुव्यबस्थाको अंश पनि हात लागेको छैन् ।
समाज लथालिङ्ग भएको बेलामा शान्ति कसलाई चाहिंदैन ? मठ मन्दीर नेपालभरी छन, बुदिष्टहरू गुम्बाहरू, गिरिजाघरहरू अनि गुरूद्धारा, मज्जिद, चर्चहरू फैलिएका छन् । शान्तिका पाठ पढाउँछन् तर शान्ति कता हो कता ?
अहिले त आध्यात्मिकबादको प्रचार प्रायजसो घरघरमै छन् । त्यसको एउटा कारण शान्तिको चाहना हो । अराजकता सिर्जना गर्न एनजीओ र एनजिओहरूले सकेसम्मको जोड लगाएका छन् । तथापि अध्यात्मतिर जनध्यान छ ।
उनिहरूले भौतिकबादीहरूलाई हिंशक देखाउन खोजिरहका छन् ? कम्युनिष्टको समाप्ती नै शान्तीको जन्म हो त ? यी सबै वाइहात तर्क हुन् ।
अहिले जुनप्रकारले विदेशबाट आध्यात्मिक पाठ पढाउँनेहरूको देशभित्र जसरी जमघट हुँदैआएको छ यसले देशलाई ठुलो भूमरी जाक्ने सम्भावना पनि छ । परम्परा, संस्कृति, भाषा, भान्छा, जाति भेषभुषा आदिमा लगातार प्रहार हुँदै आएको छ । शान्ति आउला न आउला, देश नै सिक्किमिकरण त हुनेहोइन ? प्रश्न उठिसक्यो ।
शान्तिको मूलमन्त्र युवाहरूलाई रोजगार र हिंशात्मक गतिबिधिमा रोक, मदिरा सुर्ति जन्य बस्तुको अन्त हो । बलीप्रथामा रोक्, युवाहरू बाल बालिकाहरूलाई देशभक्ती पाठ्यपुस्तक, राष्ट्रिय पोसाक, अनिवार्य हुनुपर्छ । व्यापारी र दलाली राजनीतिक गतिबिधी बन्द हुनुपर्छ । अनिमात्र अखण्ड देश र शान्ति आउनेछ ।