Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

समयले एक्ल्याएका प्रचण्ड, एक्लो वीर

१० सोमबार , भाद्र २०८१२१ दिन अगाडि

समयले एक्ल्याएका प्रचण्ड, एक्लो वीर

जनयुद्धकाल र त्यसपछिको १८ वर्ष अर्थात् २८ वर्ष जंगलदेखि विश्वसमाचारसम्म, चुनावदेखि संसदसम्म, सडकदेखि सरकारसम्म किङ्पिन बनेका प्रचण्ड आज एक्लो हुनपुगेका छन् । अस्तित्व बचाउने कसरी ? यक्षप्रश्नमा उभिन पुगेका छन् ।
समय कति बलवान रहेछ । सुध्रिने कि सक्किने ? यो समयको प्रश्न हो ।
प्रचण्ड डाइनामिक लिडर हुन् । प्रचण्डजस्ता नेता अरू छैनन् । तर प्रचण्डले आफ्ना परिवारवाद चलाएको आरोपमा नराम्ररी सडकम पछारिन पुगेका छन् । प्रचण्डले काठमाडौं र रौतहट दुबै क्षेत्रबाट चुनाव हारेका माधवकुमार नेपाललाई समेत प्रधानमन्त्री बनाइदिए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई पनि प्रधानमन्त्री बनाइदिए । ओली, देउवा, डा.बाबुराम र आफू स्वयम् ३ पल्ट प्रधानमन्त्री बने । प्रचण्डले चाहेको भए सर्वहारावादबाट देशको कायापलट गर्न गराउन सक्थे । आफू र आफन्त, आफ्ना नेताको कायापलट भयो । जसको कारण आज अनेकन आरोप खपेर एक्लिन परेको छ । प्रचण्डले अब के गर्लान् ?