Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

विज्ञान कता ? बैज्ञानिक कता ?

१० सोमबार , भाद्र २०८१३ महिना अगाडि

विज्ञान कता ? बैज्ञानिक कता ?

सुरेशकुमार पाण्डे - - - -
आज दुनियाँले आकासमा डेरा लगाएको छ । आकासमा भएका दुर्लब चिजहरूको खोज गरिरहेका छन् । ठुला–ठुला एटम बम प्रमाणु बमहरू निर्माण गरेर आफुलाई शक्तिशाली बनाएकाछन् । टेक्नोलोजिमा एकले आर्कोलाई पच्छार्दै अगाडी बढेकाछन् । कयौँले रोबटको फौज बनाउउँदैछन् । आ–आफ्नो देशको विकासका लागि मरिहत्य गर्दैछन् । साँच्चैभन्दा कुनैपनि देशको सर्बाङ्या विकासका लागि वा त्यो देशको मुहार फेर्न विज्ञान तथा प्रविधिको विकासबाट मात्र सम्भव हुन्छ । विज्ञान तथा प्रविधिको विकास बिना देशको आर्थिक सम्बृद्धिको कल्पना गर्नु मुर्खता नै हो । 
प्रतिभा नभएको होइन बरू प्रतिभालाई खोजविन गर्ने क्षामता नभएको हो । प्रतिभाको जोगेर्ना गर्ने जस्ता कार्यहरू राज्यले गर्न नसकेको वा गर्नै नचाहेको भान हुन्छ । देशको विकासका लागि आमूल परिवर्तन भनेर हजारौँ युवाहरूको बली चढाइयो । उनिहरूलाई बन्दुक चलाउन र देशको संरचना भताभुङ्ग पार्न लगाइयो । एकजना युवालाई पनि विज्ञानिक बनाएर विश्वलाई देखाउन सकिएन ।
बुद्धिजिवीलाई बिभिन्न राजनीति दलहरूले झोले बनाइदिए । वैज्ञानिकहरू कसलाई भन्ने त्यो अहिले पनि टुङ्गो लाग्न सकेको छैन् । वैज्ञानिक भनेको आविस्कारक हुन् तर यहाँ आविस्कार भैसकेको चिजलाई निर्माण गर्यो, वैज्ञानिक सर्कटमा पढाइ गरेर डिग्रि प्राप्त गर्यो भने बनिबनाई बस्तुलाई तैयार पार्यो भने पनि वैज्ञानिक भएको दाबी गरिन्छ । कुनैवेला छाता थिएन हाम्रा किसानहरूले बर्षातबाट जोगिन सेउको आविस्कार गरे तर उनिहरू अनपढ थिए, कसले गरेको सेउको आविस्कार उसको नाम छैन् । जसले मानो पाथीको आविस्कार गरे उनि शाशक थिए उन्को नाम अहिले पनि जिवित छ । यसरी आबिस्कार गर्नेहरू उच्च पदमा भएकाको मात्र लेखो हुन्छ । कयौँले हला जुवा अनि फाला बनाए, सेलाएर गए ।
पहिले धनुबाण बनाए त्यो पनि आविस्कारक नै हो । कपडा सिलाउने, भाँडा बनाउनेहरू पनि त वैज्ञानिक हुन । हाम्रो देशमा पनि अब्बल दर्जाका वैज्ञानिक भेटिन्छन् । अरनिको बलबाहु सन् १२४५–१३०६ प्रसिद्ध प्यागोडा शैलीका कलाकार तथा नेपालका राष्ट्रिय बिभूति हुन् । पाटनमा जन्मेका यिनले राजा अभय मल्लको पालामा चीनमा पुगेर आफ्नो बस्तु कला देखाएका थिए । 
हाम्रो देशभित्र त्यसता तमाम प्रतिभाहरू थिए र छन् । जसले आफ्नो बाटो आफै बनाए । जिउँने कला आफै जन्माए । राज्यले यो देशभित्रको देश खोज्न नसकेको अबस्था छ । मानिस भित्रको वैज्ञानिक प्रतिभालाई खोज्ने, संम्भार्ने र सङ्कलन गरेर त्यो देशको विकासमा लगाउन नसकेको अबस्था छ ।
आखिर किन यस्तो हुँदै छ ? हाम्रो सोंच नै बुजुर्वा घेराबाट बाहिर आउँन सकिरहेको छैन । आज पनि हामि चमत्कारको कल्पना गरिरहेका छौँ । समाजले जुवाडे, जंड्या, झांक्री, बोक्सी र पोरोहित बनाउन नयाँ–नयाँ बाटो खनिरहन्छ । आफुले आफैलाई भगवान बनाएर ऐयासी गर्ने र आम सर्वसाधारणलाई शोशण गर्नेहरू प्रसस्तै भेटिन्छन् । तर एकजनालाई पनि देशको माटो र ढुङ्गा को निरक्षण गर्न सिकाउँदैन । जे आफुले सिक्यो त्यही सिकाउने हो भनेको उखानमा अब्बल छन् । मन्दिर बनाउन सिकाउँछन्, ध्वजा बान्न सिकाउँछन् तर ध्वजा किन बाँधियो यसबारे थोरै पनि बुझ्ने प्रयत्न गर्दैनन् । धर्म र जातको आधारमा राजनीति गर्छन् र निर्दोषको बली दिन्छन् । यस्तो बिचारले समुदायहरूबाट के उमिद गर्ने ?
साँच्चै भन्ने हो भने नेपालमा वैज्ञानिकहरू अन्य कयौँ देशमा भन्दा पनि पुरानो इतिहास भेटिन्छ । त्यसलाई विकाश गर्ने समरक्षण गर्ने बिषयमा राज्यले ध्यान नपुराएकोले उनिहरूको योगदान विश्वमा पुग्न सकिन । साथै देशभित्र जन्मिएका वैज्ञानिकहरूलाई प्रोत्साहान दिन सकिएन । अरनिको पनि एउटा उधारण हुन् । उनि गैलिलियो भन्दा पनि पुराना करिब सात सय वर्ष पहिल्यैका वैज्ञानिक थिए । गेहेन्द्र शमशेरले नेपाली मोडेलको बन्दुक बनाए, धान कुट्ने मिल, पानी तान्ने पम्प बनाए, नेपालमा सबैभन्दा पहिले पानीबाट विधुतको उत्पादन गराएका थिए । ओपचारिक रूपमा पहिलो पुस्ताका वैज्ञानिकहरूमा डा.शंकरप्रसाद प्रधान, डा.परासरनारायण सुवाल, डा.बलराम जोशी, डा.ध्रुबमानसिंह अमात्य, डा.दिव्यदेव भट्लाई मान्नसकिन्छ । तानसेनका करूवा, नेपाली थाङ्का, काठमाण्डौ, पाटन र भक्तपुरमा रहेका सुनका जलाप लगाउने प्रविधि, काष्ठ कला र मूर्तीकला वैज्ञानिक कार्य हो ।
तनहुँको हाल बन्दीपुरमा बस्ने बन्देकामीले तोप बनाएका थिए, तन्हूका राजा हरकुमार दत्त सैन राजाको पालामा उनलाई घर जग्गा बक्शिसमा दिएको थियो । यसरी नेपालमा पनि धेरै पुराना वैज्ञानिकहरू थिए । आजकल के छ ?
महाबिर पुनले किसानहरूको लागि कृषि औजारको कम्पनि खोल्न भन्दै आफ्नो जिवनी लेखेर आफै बेच्दै हिंडेकाछन् ।यस्तै सहासिला व्यक्तिहरू मैदानमा आउँने र सरकारले उनिहरूलाई प्रोत्साहन दिनेहो भने देशमा वैज्ञानिकहरूको कमि हुनेछैन् । नेपालीहरू निडर हुन्छन्, लडाकु हुन्छन्, पौरखी आफ्नो पसिनाले सिंचेर बञ्जर जमिनमा पनि अन्न फलाउँने हाम्रा होनहार युवाहरू आज आर्काको देशमा रगत पसिना बगाउँन बाध्य भएका छन् । राज्यले ध्यान पु¥याएको खोई ? ध्यान दिए नेपालमा अब्बल बैज्ञानिको खडेरी परेको छैन, ध्यान दिनु जरूरी छ ।
नेपालमा बनेका बस्तुहरू दुनियाँभरी पुग्ने थिए । देशभित्र कांचो पदार्थको कमि छैन । तर हाम्रा राजनीति क्षेत्रका नेताहरूको देशबिकास गर्ने नियत नै छैन् ।उनिहरूले त आलो पालो देशको दोहन गर्ने जनतालाई बलिका बोका बनाएर देशमा बलि चढाउने ।आफुले नसकेपछि रोजगारको नाममा विदेशमा  पठाएर उतै मराइदिने ।यी अघोषित मानव तस्करहरू हुन् । यिनिहरूलाई नत देशको चिन्ता छ न नागरिकको सरोकार छ । हिंजोका दिनहरूमा राणाहरूले जहानिया निरङ्कूश तानाशाहि व्यबस्था लाधे ।उनिहरूलाई जनताले फाले तर जनताको हातमा सार्वभौमसत्ता आउँन सकिन र उनैका बन्धु भाईहरूले फेरी निरङ्कूश व्यवस्था लाधे । जनताले उनिहरूको व्यबस्था पनि ढाले र गणतन्त्र नामक यो बहुदलिय व्यबस्था ल्याए । जनताले सुःखको अनुभूति गर्न पाएनन् । बरू अहिले देशमा एउटा राजा होइन राणाकालिन व्यबस्थाका उनै भुरे टाकुरे, बाइसे चौबिसे राजहरू फर्किएको आभाश भएकोछ । आज जनताले नौवÞटा संसद आठौटा सरकार र जम्बो मन्त्रीहरू पाल्नुपरेको छ । यीनै ऐजरू लागेर यो देशलाई चक्रक्कै सुकाउन थालेकाछन् ।
कसैले देशको हितका कुरा गर्छ भने त्यसलाई सङ्का गरिन्छ र राजनीति कुचक्रमा पारेर उस्को नितिगत हत्या गरिन्छ । कसैले भ्रष्टाचारको बिरूद्धमा आवाज उठायो भने उसैलाई भ्रष्टाचारी साबित गर्न न्वारानसम्मको बल प्रयोग गरिन्छ । यहाँ वैज्ञानिक कसरी जोगिन्छन् ? काम गर्न र जिउँन समेत दिइदैन् ।
इतिहास हेरौं हाम्रो देशभित्र वैज्ञानिकहरूको कमी थिएन । उनिहरूलाई राज्यको सहयोग र समर्थन मिल्न सकेन त्यसैले गर्दा देश परनिर्भर छ । विदेशीहरूको मण्डि बनेको छ । बिडम्वना आज दुनियाँका वैज्ञानिकहरूले नयाँ–नयाँ खोज र आविस्कार गर्ने होड नै भएकोवेला हामीले देशभित्रका विज्ञानिकलाई लालटिन बालेर खोज्नुपर्ने भएकोछ । देशभित्र स्वतन्त्र बुद्धिजिवी र भौतिकवादीहरूलाई खोज्नु पर्ने भएको छ ।